पुछारको बैंगलुरुले हैदरावादलाई हरायो, विराट र रजत बने नायक

१३ बैशाख ८१, शुक्रबार

१४ वैशाख,  एजेन्सी ।

जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुँदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । जारी आईपीएलमा कोलकोता अहिलेसम्म ७ खेलमा ५ मा जित र २ मा हार बेहोरेर १० अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

अहिलेसम्म खेलेका ८ खेलमा २ खेलमा जित र ६ खेलमा हार बेहोरेको पञ्जाव नवौँ स्थानमा छ । कोलकोता श्रेयस अय्यरको कप्तानीमा रहेको छ । पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहे पनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन् । उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जावको कप्तानी गरिरहेका छन् ।

यसैविच, गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए ।

ओपनर अभिषेक शर्मा र प्याट कुमिन्सले समान ३१ रन, नितेशकुमार रेड्डी, भुवनेश्वर कुमारले समान १३ रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बैंगलुरुका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामेरुन ग्रिनले समान २, विल ज्याक्स र याश दयालले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर बैंगलुरुले ब्याटिङ रोजेको थियो । विराट कोहली र रजत पाटिदारको अर्धशतकसँगै बैंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । विराटले र फा डु प्लिसिसले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । विराटले ४३ बलमा ४ चौका र १ छक्कासहित ५१ रन जोडेका थिए ।

डु प्लिसिसले १२ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाए । पाटिदारले २० बलमा ५ छक्का र २ चौकासहित ५० रन जोडेका थिए । क्यामरोन ग्रिनले ३७ रन जोडे । दिनेश कार्तिकले ११ र स्वप्निल सिंहले १२ रन बनाए । राजस्थानका जयदेवले ३, टि नटराजनले २ र प्याट कुमिन्सले १ विकेट लिए ।

जितपछि पनि ९ खेलमा ४ अंकका साथ बैंगलुरु अंकतालिकको पुछारमा छ । हैदरावाद १० अंकसहित तेस्रो स्थानमा छ । समान १० अंक जोडेका कोलकाता नाइट राइजर्स दोस्रो र लखनउ सुपर जाइन्ट्स चौथो स्थानमा छ । राजस्थान रोयल्स १४ अंकसहित शीर्षस्थानमा छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top