काठमाडौँको प्रदूषण लाहोर र दिल्लीको भन्दा खराब

१३ बैशाख ८१, शुक्रबार

१४ वैशाख, काठमाण्डौ।

संघीय राजधानी काठमाडौँ फेरि विश्वको नम्बर वान प्रदूषित सहरमा सूचीकृत भएको छ। एयर क्वालिटी इन्डेक्सले सार्वजनिक गरेको विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा काठमाडौँ उपत्यका पहिलो नम्बरमा छ। आज (शुक्रबार) काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २०५ छ।

विश्वकै प्रदूषित दोस्रो सहरको सूचीमा पाकिस्तानको लाहोर छ भने तेस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ। लाहोरको एक्यूआई आज १७९ छ भने दिल्लीको १७८ छ। यो क्रमिक रुपमा घट्ने क्रम भने जारी छ । यसअघि गएको चैत २७ गते पनि काठमाडौँ उपत्यकाका वायु प्रदूषणको दृष्टिले विश्वको नम्बर वान सहर बनेको थियो।

त्यतिबेला काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय पुगेको थियो। प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने अवस्थाको सूचकको रुपमा लिइन्छ। १०१ देखि १५० सम्मको एक्यूआईले श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्ने विज्ञहरुले बताएका छन्।

१५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर वायुको रुपमा लिइन्छ। त्यसैगरी २०१ देखि ३०० सम्मको एक्यूआईलाई अति अस्वस्थ, ३०१ देखि ४०० सम्मको एक्यूआईलाई खतरनाक र ४०१ देखि ४५० सम्मको एक्यूआईलाई अति खतरा वायू मानिन्छ। काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।

काठमाडौँ उपत्यकामा वायू प्रदूषण मानव जीवनका लागि ठूलो समस्या बन्दै गएको छ। यसैबीच नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक बदली देखि मौसम सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top