×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

लगानी सम्मेलनको लाभ,नेपालमा लक्जरी रिसोर्ट, विदेशीको पैसा

१७ बैशाख २०८१

१७ वैशाख ,विराटनगर।

काठमाडौंमा वैशाख १६ गते आईतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलन आज सकिएको छ । सम्मेलनमा १ सय ५० परियोजना सोकेसमा थिए । तेस्रो लगानी सम्मेलनले स्वदेशी उद्यमी व्यवसायीहरुले सहभागिताले नेपालमा लगानीको वातावरण खुला भएको महशुस भएको प्रतिक्रिया दिएका छन् । सम्मेलनका लागि सरकारले झण्डै डेढ दर्जन ठुला व्यावसायिक कम्पनीका प्रमुखहरूलाई समेत निम्तो पठाएको बताए पनि ’ढिलो जानकारी गराइँदा’ त्यसमा पहिलो तहका उल्लेख्य अनुहार भने देखिएनन्।

Advertisement
Advertisement

तर ५५ देशबाट १६ सयभन्दा धेरै लगानीकर्ता र तिनका प्रतिनिधिहरूको सहभागीता रहेको अधिकारीहरूले बताएका छन्। आईतवारबाट सरकारको आयोजनामा शुरु भएको लगानी सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागि भएका छन् । त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् ।

दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ÷नौ जना सम्मेलनमा सहभागी थिए ।तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको अर्थमन्त्री वर्षमान पुनले दाबी गरेका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा बोल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताए ।

उनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको उल्लेख गरे । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ थियो । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनले बताए ।

 

बैठकमा विकास साझेदारहरूसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधुर बनाइने प्रतिबद्धता जनाए । सम्मेलनको उदघाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिंगो देश एकढिक्का रहेको सन्देश विश्वर प्रवाह भएकामा खुसी व्यक्त गरे । नेपालको विकास प्रयासमा साथ दिन विकास साझेदारका तर्फबाट सम्मेलनमा भएको उपस्थिति र प्रतिबद्धताका लागि धन्यवाद दिए ।

उनले लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजनाहरुमा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखिएकामा खुसी व्यक्त गरे । मन्त्री पुनले विगतदेखि गरिँदै आएको प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत ९ वटा कानुनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको अनुभूति भएको उल्लेख गरे । यस्तै विकास साझेदारहरूले चासो राख्खै आएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढेको जानकारी उनले गराए ।

मन्त्री पुनले सरकार नीतिगत सुधार र नीतिगत स्थायित्व कायम गर्न तथा काम गर्ने सिलसिलामा आइपरेका समस्या समाधान गरी लगानी अनुकूल वातावरण तयार गर्न प्रतिबद्ध रहेको सन्देश लगानीकर्तालाई दिन विकास लगानीकर्तालाई आग्रह गरे । नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र पूर्वाधारका परियोजनाहरूमा प्रचुर सम्भावना रहेको उनले औंल्याए ।

झण्डै पाँच वर्षको अन्तरालमा आइतवारबाट सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीको महत्त्वपूर्ण गन्तव्यको रूपमा विकसित भइरहेको बताएका छन्। प्रचण्डले लगानीमैत्री माहोल बनाउन सरकारले हालै आठ वटा कानुन संशोधन गरेको र नेपाल लगानीकर्तालाई कैयौँ सहुलियत दिने गरेको बताए। मन्त्रीपरिषदको सिफारिसमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई आइतवार नै राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन्।

सम्मेलनको पहिलो दिननै विभिन्न सम्झौता भएका छन् । भारतको सतलज जलविद्युत निगमका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर शुसील शर्माले २०३० सम्म नेपालमा ५ हजार मेगावाटभन्दा धेरै जलविद्युत उत्पादन गर्ने बताएका छन् । जारी तेस्रो लगानी सम्मेलनमा उनले सतलजले हाल नेपालमा २ हजार २ सय मेगावाटका ३ जलविद्युत विकासको अवसर पाएको भन्दै सन् २०३० सम्म ५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने उल्लेख गरेका हुन् ।

सतलजले नेपालमा २००८ देखि लगानी सुरू गरेको हो । ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत विकासका लागि सम्झौता गरेर नेपालमा लगानी सुरू गरेको उल्लेख गर्दै उनले अहिले २२ सय मेगावाटका ३ जलविद्युत विकासको अवसर पाएको उल्लेख गरे । यी ३ परियोजनाहरु विकासको विभिन्न चरणमा छन् । शर्माले सतलजले अहिले नेपालको जलविद्युतमा ३ खर्ब ३० अर्ब रूपैयाँ लगानी गरिसकेको छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौता कार्यान्वयनमा आएपछि नेपाल र मलेसिया बीच व्यापार तथा लगानी प्रवर्द्धन हुने छ । समझदारीपत्रमा मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् ।

बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारीमा हस्ताक्षर भएको छ। डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाकोलागि दई पक्षिय सम्झौता भएको हो। डेटा सेन्टर स्थापनाकोलागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। टायर थ्री स्टान्र्डडमा निर्माण हुने के वान डाटा सेन्टर नेपालकै सबैभन्दा ठूलो र पहिलो सुपर क्लाउड डाटा सेन्टर हुनेछ ।

नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ। रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन् । मुगुको छायानाथ रारा नगरपालिका ९, मुर्माटपमा ७४ रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ ।

रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङस् प्रालिका शाहले बताएका छन् । समुद्र सतहदेखि ३,७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ ।८० रोपनी जमिनमा बन्ने उक्त होटलको लागत १ अर्ब १० करोड रुपैयाँ हुने बताएको छ ।

यस्तै शाखः ग्रुप र हङकङको बोअर ग्रुपबीच कपिलवस्तुमा वेलनेस होटल परियोजना सञ्चालन गर्ने सम्झौता भएको छ । लगानी सम्मेलनका क्रममा दुई पक्षबीच १० करोड चिनियाँ युआन (करिब २ अर्ब नेपाली रुपैयाँ) बराबरको लगानी सम्झौता भएको हो। शाखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी सम्झौता रकम जग्गाबाहेकको हो । होटल कपिलवस्तुको गोरूसिंगेमा स्थापना हुनेछ ।

यस्तै सोमबार नै नेपालमा चिनियाँ लगानी भित्र्याउन निजी क्षेत्रले सम्झौता गर्नेगरी अर्को सम्झौता भएको छ । नेपालको नेक्सजेन म्यानेजमेन्ट सोलुसन र चीनको एमएबीसी इन्भेस्टमेन्टबीच तथा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनीबीच छुट्टाछुट्टै समझदारी भएको हो। नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ।

स्वदेशी उद्यमी व्यवसायीहरुले अध्यादेशमार्फत ९ वटा कानूनमा संशोधन गरी कानूनी सुधारमा सरकारले प्रतिवद्धता जनाए पनि अझै धेरै नीतिगत अफ्ठ्याराहरु रहेको बताए । व्यवसायीहरुले विगतका लगानी सम्मेलन जस्तो प्रतिवद्धता मात्रै जनाउने तर राज्यले चासो नदिने गरेको भन्दै सम्मेलन सकिएसँगै प्रतिवद्धता भए अनुसार कार्यान्वयनको लागि तदारुकता देखाउन जरुरी रहेको बताए ।

व्यवसायीहरुले मुलुकमा लगानी भित्र्याउनको लागि ८ वटा कानून संशोधन गरेर मात्रै नपुग्ने भन्दै अझै अन्य कानूनहरु परिमार्जन गर्न जरुरी रहेको जनाएका छन् । उनीहरुले राजनीतिक दल र सरकारले विदेशी लगानी र स्वदेशी पुँजी निर्माणको लागि दीर्घकालिन कानून बनाउनु पर्नेमा जोड दिए । उनीहरुले तत्कालको लागि अध्यादेश ल्याएर मात्रै स्वदेशी र विदेशीहरुले लगानीको सुरक्षित वातावरण महशुस गर्ने भन्दै सरकार परिवर्तन भएपनि लगानी सुरक्षाको लागि स्थायी कानून छ भन्ने सन्देश दिनुपर्ने बताए ।

सरकारले एकद्वार प्रणालीमा सर्भिस दिने वातावरण उद्यमीहरुलाई दिए मात्रै नेपाली र विदेशी लागनीकर्ता उत्साहित भएर लगानी गर्ने जनाए ।लगानी भित्र्याउन सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनबाट के सरकारले सोचे जस्तो लगानी भित्रिएला ? विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उपस्थिति लगानी सम्मेलनमा उल्लेख्य र सोचे जस्तो भयो ?

Advertisement
Advertisement

यस सम्मेलनबाट सरकारले विश्वलाई नेपाल लगानी गर्न योग्य देश रहेको सन्देश दिएको तर सम्मेलन कत्तिको सफल भयो ? यसबारे यहाँको प्रतिक्रिया के छन् अवश्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top