इलाममा सुहाङले छलाङ मारे, ५६ सयको अग्रता, कसको कति ?

१७ वैशाख , विराटनगर ।
प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । ३९ हजार ४२५ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार ६६२ मतको फराकिलो अग्रता बनाएका छन् ।

Advertisement

नेम्वाङले १६ हजार २१९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५५७ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार ८ हजार ८२५ मत ल्याएका छन् भने रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार ६४५ मत ल्याएर चौथो स्थान कायम गरेका छन् ।

Advertisement

अहिलेसम्म फाकफोकथुम, चुलाचुली र माङसेबुङ माइ, देउमाइका १देखि ४ नमबरसम्मका वडाको मतगणना भइसकेको छ । अब २९ हजार ३ सय २६ मत गन्न बााकी रहेको छ।

अहिलेसम्म नेकपा समाजवादी केन्द्रले ३ सय १२ र राप्रपाले १ सय २० मत प्राप्त गरेका छन् । इलाम नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला पनि हो।

Advertisement

उनलाई पार्टीले चुनावी कमान्डर समेत बनाएर पठाएको थियो। तर, नेता खनाल कमान्डर बनेका उम्मेदवार राईको जमानत जफत हुने अवस्थामा छ। गणना सकिएको २४ वटा वडामध्ये १७ वटामा नेकपा एमालेले पहिलो मत पाएको छ ।

पहिचान पक्षधरका उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ वटा वडामा पहिलो मत पाए भने । नेपाली कांग्रेसका डम्बर खड्काले २ वटा वडामा मात्रै पहिलो मत पाएका छन् ।इलाम–२ मा ६ वटा स्थानीय तहका ४२ वडा पर्दछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top