मिलनको जमानत जफत भएपछि के भन्छन् रास्वपा नेता ?

१८ वैशाख ,काठमाण्डौ ।

इलाम–२ को उपनिर्वाचनमा जित हासिल गर्ने दाबी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले जमानत समेत जोगाउन सकेनन् । कुल सदर मतको १० प्रतिशत कटाउन नसकेपछि लिम्बूको जमानत जफत भएको छ । इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ ।

तर लिम्बूले ५ हजार ५० भोट मात्र ल्याए । यहाँ नेकपा एमालेका सुहाङ नेम्वाङ २७ हजार ७७२ मतसहित निर्वाचित भएका छन् । दोस्रो स्थानमा रहेका डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । मिसन ०८४ को अभियानमा रहेको बताउने रास्वपाका लागि इलामको नतिजा अनपेक्षित छ ।

Advertisement

पार्टीले सम्पूर्ण शक्ति लगाउदा समेत नतिजा आफ्नो पक्षमा नआएपछि यसले रास्वपालाई ठूलो धक्का दिएको छ । इलामको मतपरिणामलाई लिए राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रारम्भिक समीक्षा गरेका छन् । उनले उपनिर्वाचनमा आफ्नो पार्टीले अघिल्लो चुनावको भन्दा चार गुणा मत बढाए पनि अपेक्षाकृत मत भने आउन नसकेको बताएका छन् ।

Advertisement

ग्रामीण भूभागभन्दा बजारमा सापेक्षिक राम्रो मत आउनुले रास्वपाको अपिल बजारमा सीमित रहेको देखिएको उनले विश्लेषण गरेका हुन् । थपिएको नयाँ २ हजार मतदाताले स्थापित पुराना दललाई नपत्याएको पूर्वमन्त्रीसमेत रहेका खनालको बुझाई छ । यसले आगामी दिनमा वैकल्पिक र नयाँ दललाई फाइदा पुग्ने उनले बताएका छन् ।

‘स्थापित दलका पुराना पात्रभन्दा नयाँ पात्रले नै चुनाव जित्नुले नेपाली मतदाताले नयाँ पुस्तालाई खोजेको देखिन्छ,’ उनले सामाजिक सञ्जालमा आफ्नो प्रारम्भिक धारणा व्यक्त गरेका छन् ।यता पूर्वी पहाडमा पहिचानवादी धारको जबरजस्त उपस्थिति छ भन्ने कुरा पनि यो उपनिर्वाचनले स्थापित गरेको उनले बताएका छन् ।

इलाम–२ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ११ हजार ४५७ मत ल्याउन सफल भएका छन् । ‘अझै त्यसले पूर्ण जनअनुमोदन हुन नसके पनि भविष्यमा हुने प्रादेशिक चुनावमार्फत प्रदेशको सरकारमा उसको प्रभाव बढ्न सक्छ,’ खनालको विश्लेषण छ ।यस उपनिर्वाचनमा ठुला दलको भोट घटेको उनले बताए ।

२०७९ को चुनावमा दुई ठुला दलको ९० प्रतिशत भोट भए पनि यसपटक यो घटेर ७२ प्रतिशतमा झरेको उनले तथ्याङ्क प्रस्तुत गरेका छन् । ‘एमालेले जित्दै गर्दा पनि उसले २२ सय कम मत ल्याएको छ तर सबैभन्दा ठुलो क्षय नेपाली कांग्रेसलाई भएको देखिन्छ । कांग्रेसलाई अघिल्लो पटकभन्दा झण्डै ८ हजार मत कम आएको छ,’ उनले भनेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top