इङ्ल्याण्ड, अष्ट्रेलिया, अफ्रिका र अफगानको विश्वकप टिम घोषणा

१९ वैशाख ,  एजेन्सी ।

अमेरिकामा र वेस्टइन्डिजमा केही दिनपछि हुने आईसीसी टी–२० विश्वकपको मिति नजिकिदै जादा सहभागी राष्ट्रहरुले धमाधम टिम घोषणा गरिरहेका छन् । दक्षिण अफ्रिका, न्यूजिल्याण्ड र भारतपछि इङ्ग्ल्यान्ड, अष्ट्रेलिया र अफगानिस्तानले पनि विश्वकप खेल्ने टिम घोषणा गरेका छन् । यस पटकको विश्वकपमा नेपालले समेत सहभागिता जनाउने भएकाले विश्वकप प्रति नेपाली खेलप्रेमीहरुको चासो समेत बढेको छ ।

विश्वकपका लागि इङ्ग्ल्यान्डले घोषणा गरेको टिममा क्रिस जोर्डन र जोफ्रा आर्चरले पुनरागमन गरेका छन्। आर्चर एक वर्षपछि प्रतिस्पर्धात्मक क्रिकेटमा फर्कनेछन्। यस्तै, जोर्डनले आफ्नो अन्तिम टी–२० खेल सेप्टेम्बर २०२३ मा न्यूजिल्यान्डविरुद्ध खेलेका थिए। इङ्ल्यान्डको टोलीमा टम हार्टले स्थान बनाएका छन्। जेमी ओभरटन ढाडको चोटका कारण टोलीमा अटाउन सकेनन्।

Advertisement

इङ्ग्ल्यान्डले ब्याटिङमा बेन स्टोक्सको कमी महसुस गर्न सक्छ। यद्यपि, टोलीसँग जोस बटलर, फिल साल्ट र विल ज्याक विकल्पको रूपमा हुने छन्। इङ्ल्यान्डले विश्वकप अगाडि पाकिस्तानसँग टी–२० शृंखला पनि खेल्ने छ। शृंखला मे २२ देखि शुरू हुनेछ। इङ्ल्यान्डको टिममा जोस बटलर (कप्तान), फिल साल्ट, विल ज्याक्स, जोनी बेयरस्टो, बेन डकेट, ह्यारी ब्रुक, लियाम लिभिङस्टन, मोइन अली (उपकप्तान), साम करन, क्रिस जोर्डन, टम हार्टले, आदिल राशिद, मार्क वुड, जोफ्रा आर्चर र रीस टोप्ले रहेका छन् ।

यस्तै स्टिभ स्मिथलाई बाहिर राख्दै अस्ट्रेलियाले आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ। अस्ट्रेलियाले बुधबार बिहान मिचेल मार्शको कप्तानमा १५ सदस्यीय टोली घोषणा गरेको हो। स्मिथलाई सन् २०१४ पछि पहिलो पटक विश्वकप टोलीबाट बाहिर राखिएको हो। टोलीमा एश्टन एगर र क्यामरुन ग्रिनलाई भने समावेश गरिएको छ।

Advertisement

अस्ट्रेलियाको टिममा मिचेल मार्श (कप्तान), एश्टन एगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इंगलिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर र एडम जाम्पा रहेका छन् । यस्तै अफगानिस्तानले पनि टी–२० विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

अफगानिस्तानले २० वर्षीय बायाँ हाते स्पिन अलराउन्डर नांग्याल खरोतीलाई पनि विश्वकप टोलीमा समावेश गरेको छ। जुन ३ मा युगान्डाविरुद्ध खेल्दै अफगानिस्तानले विश्वकप शुरू गर्ने छ। यी दुई टोलीबीचको खेल गुयानामा हुनेछ। त्यसपछि टोलीले न्यूजिल्यान्डसँग जुन ७ मा सोही मैदानमा खेल खेल्नेछ।

अफगानिस्तानको टोलीमा राशिद खान (कप्तान), रहमानुल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, अजमतुल्लाह उमरजई, नजीबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नबी, गुलबदीन नायब, करिम जनत, नांगयाल खरोती, मुजीब योर रहमान, नूर अहमद, नवीन–उल–हक, फजलहक फारूकी, फरीद अहमद मलिक रहेका छन् । यस्तै रिजर्वमा सादिक अटल, हजरतुल्लाह जजई, सलिम सैफी रहेका छन् ।

यस्तै दक्षिण अफ्रिकाले मंगलबार आफ्नो टोलीको घोषणा गरेको छ । जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका अधिकांश खेलाडीलाई टोलीमा स्थान दिइएको छ । दक्षिण अफ्रिकी टोलीमा एडेन मारक्रम (कप्तान), ओट्निल बार्टम्यान, जेराल्ड कोट्जी, क्विन्टन डी काक, ब्योर्न फोर्चुन, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिल्लर, एनरिच नोर्जे, कागिसो राबडा, रयान रिकेल्टन, टाबरिज शम्सी र ट्रिस्टन स्टब्स रहेका छन् ।

रिजर्व खेलाडीका रुपमा टोलीमा नान्द्रे बर्गर र लुङ्गी एनगिडीलाई स्थान दिइएको छ । आगामी टी–२० विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंका रहेका छन् । दक्षिण अफ्रिकाले पहिलो खेल जुन ३ तारिखमा श्रीलंकासँग खेल्नेछ । टी २० विश्वकपमा अहिलेसम्म इङ्ल्यान्ड र वेस्टइन्डिजले २, २ पटक उपाधि जितेका छन् भने, भारत, अष्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एक एक पटक उपाधि जितेका छन् ।

नेपालले पनि विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले यसअघि २०१४ मा टी २० विश्वकप खेलेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top