NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Empresário compra da Arena e Grêmio avança para gestão total do estádio शुक्रबार पुस ११ , २०८२
Osvojite 20 000.000 RSD i 200 FS शुक्रबार पुस ११ , २०८२
Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar शुक्रबार पुस ११ , २०८२
Jogos E Apostas Online Em Um Só Lugar शुक्रबार पुस ११ , २०८२
10 Daftar Link Slot Gacor Nuke Gaming Cendanabet शुक्रबार पुस ११ , २०८२
Next
Prev

समाचार

इङ्ल्याण्ड, अष्ट्रेलिया, अफ्रिका र अफगानको विश्वकप टिम घोषणा

बुधबार बैशाख १९ , २०८१
Reading Time: 1 min read
A A
इङ्ल्याण्ड, अष्ट्रेलिया, अफ्रिका र अफगानको विश्वकप टिम घोषणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ वैशाख ,  एजेन्सी ।

अमेरिकामा र वेस्टइन्डिजमा केही दिनपछि हुने आईसीसी टी–२० विश्वकपको मिति नजिकिदै जादा सहभागी राष्ट्रहरुले धमाधम टिम घोषणा गरिरहेका छन् । दक्षिण अफ्रिका, न्यूजिल्याण्ड र भारतपछि इङ्ग्ल्यान्ड, अष्ट्रेलिया र अफगानिस्तानले पनि विश्वकप खेल्ने टिम घोषणा गरेका छन् । यस पटकको विश्वकपमा नेपालले समेत सहभागिता जनाउने भएकाले विश्वकप प्रति नेपाली खेलप्रेमीहरुको चासो समेत बढेको छ ।

विश्वकपका लागि इङ्ग्ल्यान्डले घोषणा गरेको टिममा क्रिस जोर्डन र जोफ्रा आर्चरले पुनरागमन गरेका छन्। आर्चर एक वर्षपछि प्रतिस्पर्धात्मक क्रिकेटमा फर्कनेछन्। यस्तै, जोर्डनले आफ्नो अन्तिम टी–२० खेल सेप्टेम्बर २०२३ मा न्यूजिल्यान्डविरुद्ध खेलेका थिए। इङ्ल्यान्डको टोलीमा टम हार्टले स्थान बनाएका छन्। जेमी ओभरटन ढाडको चोटका कारण टोलीमा अटाउन सकेनन्।

इङ्ग्ल्यान्डले ब्याटिङमा बेन स्टोक्सको कमी महसुस गर्न सक्छ। यद्यपि, टोलीसँग जोस बटलर, फिल साल्ट र विल ज्याक विकल्पको रूपमा हुने छन्। इङ्ल्यान्डले विश्वकप अगाडि पाकिस्तानसँग टी–२० शृंखला पनि खेल्ने छ। शृंखला मे २२ देखि शुरू हुनेछ। इङ्ल्यान्डको टिममा जोस बटलर (कप्तान), फिल साल्ट, विल ज्याक्स, जोनी बेयरस्टो, बेन डकेट, ह्यारी ब्रुक, लियाम लिभिङस्टन, मोइन अली (उपकप्तान), साम करन, क्रिस जोर्डन, टम हार्टले, आदिल राशिद, मार्क वुड, जोफ्रा आर्चर र रीस टोप्ले रहेका छन् ।

यस्तै स्टिभ स्मिथलाई बाहिर राख्दै अस्ट्रेलियाले आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ। अस्ट्रेलियाले बुधबार बिहान मिचेल मार्शको कप्तानमा १५ सदस्यीय टोली घोषणा गरेको हो। स्मिथलाई सन् २०१४ पछि पहिलो पटक विश्वकप टोलीबाट बाहिर राखिएको हो। टोलीमा एश्टन एगर र क्यामरुन ग्रिनलाई भने समावेश गरिएको छ।

अस्ट्रेलियाको टिममा मिचेल मार्श (कप्तान), एश्टन एगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इंगलिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर र एडम जाम्पा रहेका छन् । यस्तै अफगानिस्तानले पनि टी–२० विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

अफगानिस्तानले २० वर्षीय बायाँ हाते स्पिन अलराउन्डर नांग्याल खरोतीलाई पनि विश्वकप टोलीमा समावेश गरेको छ। जुन ३ मा युगान्डाविरुद्ध खेल्दै अफगानिस्तानले विश्वकप शुरू गर्ने छ। यी दुई टोलीबीचको खेल गुयानामा हुनेछ। त्यसपछि टोलीले न्यूजिल्यान्डसँग जुन ७ मा सोही मैदानमा खेल खेल्नेछ।

अफगानिस्तानको टोलीमा राशिद खान (कप्तान), रहमानुल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, अजमतुल्लाह उमरजई, नजीबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नबी, गुलबदीन नायब, करिम जनत, नांगयाल खरोती, मुजीब योर रहमान, नूर अहमद, नवीन–उल–हक, फजलहक फारूकी, फरीद अहमद मलिक रहेका छन् । यस्तै रिजर्वमा सादिक अटल, हजरतुल्लाह जजई, सलिम सैफी रहेका छन् ।

यस्तै दक्षिण अफ्रिकाले मंगलबार आफ्नो टोलीको घोषणा गरेको छ । जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका अधिकांश खेलाडीलाई टोलीमा स्थान दिइएको छ । दक्षिण अफ्रिकी टोलीमा एडेन मारक्रम (कप्तान), ओट्निल बार्टम्यान, जेराल्ड कोट्जी, क्विन्टन डी काक, ब्योर्न फोर्चुन, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिल्लर, एनरिच नोर्जे, कागिसो राबडा, रयान रिकेल्टन, टाबरिज शम्सी र ट्रिस्टन स्टब्स रहेका छन् ।

रिजर्व खेलाडीका रुपमा टोलीमा नान्द्रे बर्गर र लुङ्गी एनगिडीलाई स्थान दिइएको छ । आगामी टी–२० विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंका रहेका छन् । दक्षिण अफ्रिकाले पहिलो खेल जुन ३ तारिखमा श्रीलंकासँग खेल्नेछ । टी २० विश्वकपमा अहिलेसम्म इङ्ल्यान्ड र वेस्टइन्डिजले २, २ पटक उपाधि जितेका छन् भने, भारत, अष्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एक एक पटक उपाधि जितेका छन् ।

नेपालले पनि विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले यसअघि २०१४ मा टी २० विश्वकप खेलेको थियो ।

Tags: #टी–२० विश्वकप#विश्वकप टिम घोषणा

लोकप्रीय

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

विचार

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

थप समाचार

Arena Total Apostas

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२
MaxBet

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२
EstrelaBet

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
Esporte Net

Jogos E Apostas Online Em Um Só Lugar

शुक्रबार पुस ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.