प्रदेश बैठकमा निर्मला हत्या प्रकरणमा वहस, महिला अधिकारकर्मीहरु धर्नामा

विराटनगर ,भदौ ३१

Advertisement

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई सरकारले पक्राउ नगरेको भन्दै प्रदेश नं १ को प्रदेश सभा बैठकमा निर्मला हत्या काण्डले प्रवेश पाएको छ । प्रदेश सभाको आइतवार बसेको बैठकमा सांसदहरुले निर्मला हत्याकाण्डको छानविनमा केन्द्र सरकार असफल बन्दै गरेको भन्दै केन्द्रिय सरकारको आलोचना समेत गरेका छन् ।

Advertisement

प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै कांग्रेसका सांसद ज्योति सुब्बाले बालिका निर्मला पन्तको बालात्कार पछि हत्या भएको यतिका समयसम्म सरकार संलग्नको नजिक पुग्नु नसक्नुले सरकारप्रति नै धेरै आशंका उब्जाएको बताइन् । उनले निर्मालाका परिवारलाई न्याय दिलाउने बिषयमा प्रदेश सरकार मार्फत केन्द्र सरकारको ध्यानाकर्षण गराउन आग्रह समेत गरिन् ।

अर्की सांसद विन्दा कार्कीले बालिका निर्मला पन्तको घटनालाई राजनितिकरण गरिएकोले उनको परिवारलाई न्याय दिलाउन सरकार चुकेको बताइन् ।

Advertisement

यसैवीच बालिका निर्मला पन्तको बलात्कार पछि गरिएको हत्याको घटनाको सत्य तथ्य सार्बजनिक गर्न माग राख्र्दै महिला अधिकारको क्षेत्रमा कार्यरत महिला मानवअधिकार रक्षकहरुले एक नम्बर प्रदेश संसद भवन अगाडी धर्ना दिएका छन् । प्रदेश सभा भवनको निषेधित क्षेत्र अगाडीको भागमा बसेर सांसद जाने मुख्य सडकमा कालोपट्टी बाधेर उनीहरु धर्नामा बसेका थिए ।

महिला मानव अधिकार रक्षकहरुकोे ४ महिने अभियान अन्र्तगत हस्ताक्षर अभियान चलाएको छ । महिला मानवअधिकार रक्षकहरुको चलाएको हस्ताक्षर अभियानमा नेकपामा सांसदहरुलेपनि सहभागी भएर महिलामाथि हुने हिंसाको विरुद्धको कार्यक्रममा एक्यबद्धता जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top