एसियन च्याम्पियनसिप खेल्ने राष्ट्रिय टोलीको विदाई

३१ भदौ ७५, आइतबार
Share this
802shares

विराटनगर, भदौ ३१

Advertisement

भारतको आग्रामा आयोजना हुने ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको विराटनगरमा विदाई गरिएको छ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले खेलाडी टोलीको विदाई गरे ।

अविर, खादा तथा खेलकुद सामग्री सहित खेलाडी टोलीलाई विदाई गरिएको एन्फाका केन्द्रीय सदस्य तथा टोली व्यवस्थापक रुपेश अधिकारीले बताए । उनका अनुसार २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोली असोज ४ गते भारत प्रस्थान गर्ने छ ।

Advertisement

विदाई कार्यक्रममा मुख्य मन्त्री राईले नेपाली फुटबलले नयाँ उचाई र नयाँ गति लिने विश्वास व्यक्त गरे । यू–१८ राष्ट्रिय टोलीको प्रशिक्षण पहिलो पटक प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा गरिएकोमा अभार व्यक्त गर्दै राईले विदेशी भूमिमा उच्च मनोवल, पूर्ण आत्मविश्वासका साथमा खेल कला देखाउन नेपाली खेलाडीलाई हौसला प्रदान गरे । ‘विजय हाँसिल गर्न नचुक्नुस,’ विजयको अग्रिम शुभकामना दिंदै उनले खेलाडीलाई भने, ‘प्रथम, द्धितिय र तृतिय जे भए पनि विजय प्राप्त गरेपछि प्रदेश सरकारले सम्मान गर्ने छ ।’

Advertisement

प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको भन्दै मुख्यमन्त्री राईले खेलका माध्यमबाट अनुसाशित, सभ्य र स्वस्थ्य समाज निर्माण गर्न सकिने बताए । उनले एसियन च्याम्पियनसिपलाई खेलाडीले क्षमता र कौशल प्रदर्शन गर्दै उपाधि जित्ने मौकाका रुपमा सदुपयोग गर्नु पर्ने बताए ।

सामाजिक विकास मन्त्री घिमिरेले फुटबल राष्ट्रको गौरवसंग जोडिएको विषय भएकाले खेलाडीले पनि त्यही हिसावको प्रदर्शन गर्नु पर्नेमा जोड दिए । प्रदेशमा खेलकुदलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ । घिमिरेले खेलमा हारजित स्वभाविक हुने भएकाले खेलाडीले संधै जित्नका लागि खेल्नु पर्नेमा जोड दिए ।

एन्फा अध्यक्ष शेर्पाले नेपाली टोलीलाई जितका लागि अग्रिम शुभाकामना दिंदै नेपाली फुटबललाई व्यवसायिक बनाउने हिसावका धेरै काम भइरहेको जानकारी दिए । मेयर पराजुलीले नेपालबाट आउने खेलाडी अत्यन्त मेहनती र लगनशील छन् भन्ने सन्देश सबैमा पु¥याउने खालको खेल प्रदर्शन गर्न आग्रह गरे ।

एक महिनादेखि विराटनगरमा भइरहेको बन्द प्रशिक्षणबाट नेपाली खेलाडीको टिम तयार पारिएको हो । पहिलो पटक नेपाली फुटबल टोलीले यस प्रतियोगितामा सहभागिता जनाउन पाउने भएपछि एक महिनादेखि टोली बन्द प्रशिक्षणमा छ । भारतको आग्रामा आगामी असोज ४ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ । १० दिन सम्म चल्ने प्रतियोगिताका लागि नेपालका तर्फबाट दिनेश हेन्जनको कप्तानीमा २० जना खेलाडी चयन गरिएको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिताका लागि टोली पूर्ण रुपमा तयार रहेको जानकारी दिए ।

नेपाली टिममा रहेका २० जना मध्ये १३ जनाले यस अघि अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । सात जना नायाँ अनुहार छन् । नेपाली टिमका तर्फबाट गोलरक्षकको भूमिकामा विष्णुकुमार केसी, विशाल सुनार र सूर्य अधिकारी मध्ये एक जना रहने छन् । विकास खवास, नविन गुरुङ, राजन गुरुङ, असिम गुरुङ, रन्दिप पौड्याल र सजित राई डिफेन्सको भूमिकामा रहने छन् ।

नितिन थापा, मनिष थापा, जय गुरुङ, सेतेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र अनिल महर्जन मिडफिल्डर हुन् । स्ट्राइकरमा कप्तान दिनेश हेन्जन, बुद्ध वल तामाङ, रितिक खड्का, अनुप गुरुङ र टिका गुरुङ रहेका छन् । मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, प्रशिक्षकमा पासाङ तामाङ, गोलरक्षक प्रशिक्षकमा चक्रबहादुर तामाङ, टिम व्यवस्थापक रुपेश अधिकारी, अफिसियल दिपेन्द्र तिवारी, रेफ्री श्रवण लामा, फिजिओ प्रवेष भट्राई र पत्रकार किशोर बुढाथोकी टोलीमा छन् । प्रतियोगिता अन्र्तगत समूह ‘क’ मा रहेको नेपालले थाइल्याण्ड, इन्डोनेशिया र चीनसंग प्रतिष्पर्धा गर्ने छ । त्यसै गरी समूह ‘ख’ मा आयोजक राष्ट्र भारत, श्रीलंका, दक्षिण कोरिया र मलेशिया रहेका छन् । नेपालले असोज ७ गते थाइल्याण्डसंग पहिलो खेल खेल्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top