×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

ओलीको निशानामा बालेन, सुकुम्बासीलाई डोजर नदेखाउनु

२० बैशाख २०८१

२० वैशाख , काठमाण्डौ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनप्रपति लक्षित गर्दै जथाभावी डोजर लगाएर समस्या समाधान नहुने बताएका छन् । बिहीबार भूमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा समस्या समाधान गर्नुपर्ने भन्दै जहाँसुकै जाऊ, खाए खाऊ र मरे मर भन्ने गर्न नहुने बताए ।

उनले गरिब र सुकुम्वासी देख्नै नहुने कुनैपनि सरकारले गर्न नहुने बताए । ‘मैले परारको साल पनि भनेको थिएँ, सुकुम्वासीका प्लास्टिक हालेका छाप्रा छन् । भत्काउन जान्छ डोजर’, ओलीले प्रश्न गर्दै भने, ‘सुकुम्वासीका प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ?’ केही समयअघि काठमाडौँका सुकुम्वासी बस्तीमा मेयर बाले शाहले डोजर चलाएका थिए ।

Advertisement
Advertisement

०७९ मंसिरमा बालेन र ओलीबीच सुकुम्बासीकै विषयलाई लिएर घोचपेच समेत भएको थियो । बालेनलले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान नहुने र त्यहाँ कुनै शत्रु नभएको टिप्पणी गरेपछि सामाजिक संजालमार्फत मेयर बालेनले ओलीलाई जवाफ फर्काएका थिए ।

बालेनलले ओलीलाई लक्षित गर्दै पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका थिए । बालेनले २०४७ सालयता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको बताएका छन्। उनले लेखेका छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ।

सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे ।’ बालेनले सकुम्बासीहरुलाई ओलीले गुठी आन्दोलन जस्ता आफ्ना स्वार्थ विपरितका कुराहरूमा प्रयोग गरेको आरोप समेत लगाएका थिए । ‘बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश्, बालेनले लेखेका थिए्, तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ?

हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले विरोध गर्नु असामान्य होइन ।’ ०७९ मंसिरमा एकीकृत बागमती सभ्यता परियोजनाले थापाथलीस्थित बागमती किरानामा बसेको सुकुम्बासीहरुलाई हटाउन खोज्दा झडप भएको थियो ।

सो क्रममा महानगर प्रहरीका १८ प्रहरी घाइते भएका थिए । सो घटनातर्फ लक्षित गर्दै आज ओलीले सुकुम्वासीलाई डोजर देखाउने नभई सुकुम्वासीका समस्या समाधान गर्नुपर्ने बताए । गरिबको बस्ती भत्काउनुको साटो व्यवस्थापन गर्न सकिने भन्दै यत्रो देशमा रहेका यति जनता व्यवस्थापन गर्न सकिने पनि बताए ।

Advertisement
Advertisement

उनले काठमडाँै उपत्यकामा ४८ सय घरपरिवारलाई घर बनाएर व्यवस्थापन गर्न सकिने भन्दै आवासको समस्या समाधान गर्न सकिने बताए । ‘भत्काउने होइन, बनाउने अभियान चलाऔँ’, ओलीले भने, ‘सरकारमा हाम्रो पार्टी जनताको काम गर्न गएको हो ।’ उनले नक्कली सुकुम्वासीका नाममा डोजर चलाउने गरिएको पनि बताए । सुकुम्वासीका छोराछोरी पनि डाक्टर इन्जिनियर हुनसक्ने भन्दै बनिबुथो गरेर सुकुम्वासीका छोराछोरी पनि डाक्टर इन्जिनियर बन्न सक्ने बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top