मोरङमा श्रीमतीको शव फेला , श्रीमान् सम्पर्कविहीन

१९ बैशाख ८१, बिहीबार

२० वैशाख , विराटनगर ।

मोरङको सुन्दरहरैँचामा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान हत्या गरिएको अवस्थामा सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताएका छन् ।

‘घरको कोठाभित्र मनमायाको शव फेला परेको छ,’ बस्नेतले भने, ‘उनका श्रीमान ५० वर्षीय पदमबहादुर तामाङ सम्पर्कविहीन छन् ।’ उनका अनुसार श्रीमतीको हत्या गरेर पदमबहादुर फरार बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि सम्पर्कविहीन रहेका पदमबहादुरको प्रहरीले खोजी गरिरहेको छ ।

Advertisement

तर, हालसम्म फेला पार्न नसकिएको डीएसपी बस्नेतले बताए । डीएसपी बस्नेतका अनुसार हत्या गरिएको अवस्थामा आमाको शव देखेपछि छोरी रत्ना तामाङले प्रहरीलाई खबर गरेकी थिइन् । सुत्ने कोठाको खाटमाथि अर्धनग्न अवस्थामा शव फेला परेको जानकारी बस्नेतले दिए। उनका अनुसार कम्मरदेखि माथिको भागमा कपडा थिएन ।

Advertisement

प्रहरी घटनास्थलमा पुग्दा शव रहेको कोठाको ढोका खुला थियो । ‘हात र शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव फेला परेको हो । शव रहेको कोठा खुलै थियो,’ बस्नेतले भने, ‘घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेजस्तो देखिन्छ । घटना बुधबार रातिकै हो ।’

पदमबहादुरले ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भन्दै राति ८ बजेतिर छोरी रत्नालाई फोन गरेका थिए ।भोलिपल्ट बिहान हत्या भएको अवस्थामा आमाको शव भेटिएको र बुवा सम्पर्कविहीन बनेको भन्दै रत्नाले प्रहरीलाई फोन गरेकी हुन् । प्रहरीका अनुसार घरमा पदमबहादुर र मनमाया मात्रै बस्दै आएका थिए ।

छोरीको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीका लागि साउदीमा रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार पदमबहादुरले मदिरा सेवन गरेर यसअघि पनि बारम्बार पत्नी मनमायालाई कुटपिट गर्ने गरेको स्थानीयले बताएका छन् । मदिरा सेवन गरेर पदमबहादुरले कुटपिट गर्न थालेपछि मनमाया साँझ ६ बजेतिर छिमेकीको शरणमा पुगेकी थिइन् । केही समयपछि उनी घर फर्किएकी थिइन् । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top