NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त मङ्लबार कार्तिक १८ , २०८२
सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ मङ्लबार कार्तिक १८ , २०८२
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ? मङ्लबार कार्तिक १८ , २०८२
देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ? मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

देशभरको इन्टरनेट डाउन,कारण यस्तो

बिहिबार बैशाख २० , २०८१
Reading Time: 1 min read
A A
चिनियाँ दूतावासले विद्यालयमा इन्टरनेट सेवा जोड्न सहयोग गर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० वैशाख , विराटनगर ।
नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक, सुबिसु,भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको छ ।

नेटको कनेक्सन देखाएपनि काम नगर्ने समस्या रहेको छ । इन्टरनेट सेवामा समस्या आएको वल्र्ड लिंकले स्वीकार गरेको छ । आग्रहहरुका लागि क्षमायाचना सहित वल्र्ड लिंकले भनेको छ, प्रिय ग्राहक, हाम्रो अपस्ट्रीम प्रदायकले भुक्तान नगरेको कारणले हाम्रो अन्तर्राष्ट्रिय लिङ्कहरू विच्छेद गरेको छ भनेर सूचित गर्दछौ ।

हामीले विदेशी मुद्राको लागि नेपाल सरकारबाट अनुमति प्राप्त गर्न नसकेकाले नेपालमा आएएसपीहरूले त्यस्ता भुक्तानीहरू पठाउन सकेका छैनन् । हामी सेवा पुनः प्राप्ति गर्न सक्दो प्रयास गरिरहेका छौं। असुविधाको लागि अत्यन्तै क्षमाप्रार्थी छौं।

LS Auto

नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए ।

उनीहरुले सरकारले अनुमति नदिएका कारण करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका छन् । यसअघि इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको थियो।

इन्टरनेट ब्याण्डविथबापत १२ महिनाको करिब ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न बाँकी छ । सरकारले अवरोध गरेका कारण नेपालभर जतिबेला पनि इन्टरनेट अवरुद्ध हुन सक्ने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताएका थिए ।

महालेखा परीक्षकको प्रतिवेदनले दूरसञ्चार कम्पनीले तिर्न बाँकी बक्यौता राखेको थियो । यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजक्तवमा गठित समितिले छानबिन गरेको थियो ।

उक्त समितिले २०६९÷०७० देखि २०७८÷०७९ सम्म दश वर्षको अवधिमा विभिन्न इन्टरनेट सेवा प्रदायकले जरिवानासहित २ अर्ब ४६ करोड भन्दा बढी बक्यौता तिर्नुपर्ने निश्कर्ष निकालेको थियो ।

इन्टरनेट सेवा प्रदायकले भने रोयल्टी, ग्रामीण दुरसञ्चार कोष शुल्क र दूरसञ्चार सेवा शुल्क गैरदूरसञ्चार सेवामा नलाग्ने भन्दै आफूहरुले उक्त रकम तिर्न नपर्ने दाबी गरिरहेका छन् ।

इन्टरनेट सेवा प्रदायकहरुले भने गैरदूरसञ्चार सेवा भएको भन्दै रोयल्टी, ग्रामीण दूरसञ्चार कोष शुल्क र दूरसञ्चार सेवा शुल्क दिन नचाहेका हुन् । सञ्चार मन्त्रालयले भने कानुनी व्यवस्थाभन्दा बाहिर रहेर इन्टरनेट सेवा प्रदायकलाई बक्यौता छुट दिनसक्ने अवस्था नरहेको बताएको छ ।

सञ्चार मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले बक्यौता नतिरेसम्म विदेशी कम्पनीलाई ब्यान्डविथको रकम भुक्तानीका लागि सिफारिस नगर्ने बताएको छ ।

विदेशी मुद्रा सिफारिस बन्द हुँदा सेवा प्रदायकले टाटा, एयरटेल, सिफ्फीलगायतका कम्पनीलाई अन्तराष्ट्रिय ब्यान्डविथ खरिद बापतको भुक्तानी गर्न सकेका छैनन् ।

यी कम्पनीले नेपाली सेवा प्रदायकलाई पत्र लेख्दै तत्काल भुक्तानी गर्न र नभएको खण्डमा ब्यान्डविथमा रोक लगाउने चेतावनी पटक पटक दिएको थियो ।

विवादित बक्यौताको विषय थाती राखेर भुक्तानी सिफारिस दिन मन्त्रालय, प्राधिकरण र सेवा प्रदायकबीच छलफल भए पनि निष्कर्ष निस्किएको छैन । नेपालका इन्टरनेट सेवा प्रदायकले खासगरी भारतीय कम्पनीहरुबाट ब्यान्डविथ आयात गर्नेगरेका छन् ।

Tags: #देशभरको इन्टरनेट डाउन#भारतले काट्यो इन्टरनेट

लोकप्रीय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

विचार

थप समाचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त
अन्तर्राष्ट्रिय

ताजा समाचार

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.