२१ वैशाख ,एजेन्सी ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार वार्षिक टोली वरीयता अपडेट जारी गरेको छ । जुन सूचीमा टेस्ट क्रिकेटमा अस्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने बाँकी एकदिवसीय र टी २० मा दुवै ढाँचामा भारतले वर्चस्व कायम राखेको छ।यो सूचीको टी २० वरीयतामा भने नेपाल घटुवा भएको छ । ओमानमा यूएईसँगको पराजयबाट नेपाल सूचीको १७ औं स्थानमा झरेको छ । एकदिवसीय वरीयतामा पनि १७ औं स्थानमा रहेको छ ।
गत वर्ष ओभलमा भएको विश्व टेस्ट च्याम्पियनसिपको निर्णायक खेलमा भारतलाई २०९ रनले पराजित गरेपछि आईसीसी विश्व टेस्ट च्याम्पियनसिप विजेता अस्ट्रेलियाले भारतलाई उछिनेको छ ।यसले अष्ट्रेलियाको रेटिङलाई १२४ अंकमा सुधार गर्न मद्दत ग¥यो । यसले भारत र तेस्रो स्थानमा रहेको इङ्ल्यान्ड १९ अंकले पछि परेका छन् ।
टेस्ट वरीयताको शीर्ष स्थानमा यो मात्र परिवर्तन हो, जसमा दक्षिण अफ्रिका (१०३), न्युजिल्यान्ड (९६), पाकिस्तान (८९), श्रीलंका (८३), वेस्ट इन्डिज (८२) र बंगलादेश (५३) अपरिवर्तित छन्।भारतले टेष्ट टोलीको वरीयतामा शीर्ष स्थान गुमाएको भए पनि एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया भन्दा ६ रेटिङ अंकमा अग्रता बढाएको छ।। तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिका अष्ट्रेलियासँगको अन्तर मात्र चार रेटिङ अंकमा छ ।
जबकि पाकिस्तान र न्युजिल्यान्ड शीर्ष पाँचमा छन्। वरीयतामा इङ्ल्यान्ड छैठौं र क्रमश श्रीलंका, बंगलादेश , अफगास्तिान वेस्टइन्डिज शीर्ष १० मा रहेका छन् ।सातौं स्थानमा रहेको श्रीलंका अब छैटौं स्थानको इङ्ल्यान्ड भन्दा मात्र दुई रेटिङ अंकले पछि छ । यस्तै भारत टी २० वरीयताको शीर्षमा छ।यद्यपि अग्रता ११ अंकबाट घटेर सात अंकमा सीमित भएको छ भने दोस्रो स्थानमा रहेको अष्ट्रेलिया तेस्रो स्थानमा रहेको इङ्ल्यान्डको अगाडि उक्लिएको छ ।
दक्षिण अफ्रिका छैटौंबाट दुई स्थान माथि उक्लिएर चौथो स्थानमा उक्लिएको छ ।पाकिस्तान दुई स्थानबाट झरेर सातौं र स्कटल्यान्डले जिम्बावेलाई उछिनेर १२औं स्थानमा पुगेको छ । शीर्ष १० मा श्रीलंका आठौं, बंगलादेश नवौं र दशौं स्थानमा अफगानिस्तान रहेको छ । वरीयतामा नेपाल भन्दा पछि ओमान, अमेरिका र पपुवान्युगिनी रहेका छन् ।