वेस्ट इन्डिज ‘ए’ सँग अन्तिम खेल खेल्दै नेपाल ,जित निकाल्ला ?

२१ बैशाख ८१, शनिबार

२२ वैशाख , काठमाण्डौ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ । खेल कीर्तिपुर मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । पाँच खेलको श्रृङ्खला यसअघि नै वेस्ट इन्डिज ‘ए’ ले ३–१ ले जितिसकेको छ । अस्ति भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको थियो ।

पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भयो । गत बिहीबारको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सकेको थियो ।

Advertisement

यो जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृङ्खला सुनिश्चित गरेको हो । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेलेको हो । यो श्रृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । टोलीको हिजो बिदाइ गरिएको छ ।

वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ । विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ । नेपालले खेल्ने समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन्।

Advertisement

वेष्ट इण्डिजले भने समूह ‘सी’ बाट विश्वकप खेल्दैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top