×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

पश्चिमी वायु सक्रिय, गर्मी घट्छ ?

२२ बैशाख २०८१

२२ वैशाख , काठमाण्डौ ।

नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार हिजोअस्तिको भन्दा पश्चिमी वायु सक्रिय भएकाले देशभर मौसम बदली भएको छ । जसका कारण आज (शनिबार) देखि देशभर तापक्रम घट्ने र गर्मीमा राहत हुने बताइएको छ । ‘पश्चिमी वायुको सक्रियताले हिजो (शुक्रबार) रातिदेखि नै नेपालको पश्चिमी क्षेत्रबाट बादल आइरहेको छ, जसले गर्दा देशभ धेरथोर मौसम बदली भएको छ’, उनले भने, ‘जसले गर्दा अहिले देशभरजसो नै गर्मी केही कम भएको छ।’

Advertisement
Advertisement

पुडासैनीका अनुसार अब दिनभर चर्काे घाम लाग्ने क्रम कम भई तापक्रम घट्नेछ र केही शीतल महसुस हुनेछ । मौसमविद् पुडासैनीका अनुसार यो क्रम कम्तीमा ३ दिन जारी रहनेछ । मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ । मौसम बदली (बादल लाग्ने) देशभरजसो भए पनि पानी पर्ने सम्भावना भने केही ठाउँमा मात्र छ ।

‘आज दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ’, मौसमविद् पुडासैनीले भने। तर काठमाडौँ उपत्यकामा भने आज वर्षाको सम्भावना नदेखिएको उनले बताए ।

बादल लागेका कारण काठमाडौँ उपत्यकामा पनि हिजोअस्तिको तुलनामा आज केही शीतल महसुस भएको छ । मौसम महाशाखाका अनुसार राति पनि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

यस्तै लामो समयदेखि गर्मीको मारमा परिरहेका बेला आगामी साता भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि दुई वटा प्रणालीले आगामी सोमबारदेखि बुधबारसम्म वर्षाको सम्भावना देखाएको बताए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक छ ।

महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले पश्चिमी न्यून चापीय प्रणालीले बादलहरु नेपालसम्म ल्याउने, केही स्थानमा पानी पर्ने र अधिकतम तापक्रम केही घट्ने बताइन् । ‘अधिकतम तापक्रम घट्दा अहिलेको तुलनामा केही शीतल महसुस हुन्छ,’ उनले भनिन् । यस्तै यस वर्षको मनसुन अवधिमा दक्षिण एसियाली देशहरुमा सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपण पनि सार्वजनिक भएको छ ।

भारतको पुणेमा अप्रिल अन्तिम साता आयोजित दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ)को बैठकले सो प्रक्षेपण सार्वजनिक गरेको हो । एक महिना अघि युएईको दुबई, ओमान, बहराइन लगायतका देशहरुमा अत्यधिक वर्षा भएको थियो । युएईमा १९४९ पछिको सबैभन्दा धेरै वर्षा रेकर्ड भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा पनि अत्यधिक वर्षा हुँदा कम्तिमा एक सय जनाको मृत्यु भएको थियो । त्यो वर्षाले जनधनको क्षति गरेकाले नेपालमा त्यस्तै अवस्था आउन सक्ने भन्दै पूर्वतयारीका काम अहिलेदेखि नै थाल्नुपर्ने मौसमविदहरु बताउँछन् । नेपालमा पनि चरम अवस्था कुनै पनि बेला आउन सक्ने बताउँदै मौसमविद पौडेल भन्छन्, ‘प्रकृतिमा जुनसुकै बेला जे पनि हुनसक्छ ।

सम्भावित क्षतिबाट जोगिन पूर्व तयारी गर्नु सबैभन्दा ठूलो कुरा हो ।’ विगत १० वर्षको अवधिमा नेपालमा प्राकृतिक विपदबाट ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको गृह मन्त्रालयको रेकर्ड छ । यो तथ्यांक २०७० सालदेखि २०७९ सालसम्मको हो । सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ ।

Advertisement

गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो । मनसुन अवधिमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भएको थियो । तर ठाउँ–ठाउँमा ठूलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो पनि आएको थियो । गत वर्षको मनसुन अवधिमा प्राकृतिक विपदबाट ९२ जनाको मृत्यु, ३० जना बेपत्ता र १६८ जना घाइते भएका थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top