Nepal Times
Nepal Times
3
Shares

वेस्ट इन्डिज ‘ए’ सँग अन्तिम खेल खेल्दै नेपाल ,जित निकाल्ला ?

वेस्ट इन्डिज ‘ए’ सँग अन्तिम खेल खेल्दै नेपाल ,जित निकाल्ला ?

२२ वैशाख , काठमाण्डौ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ । खेल कीर्तिपुर मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । पाँच खेलको श्रृङ्खला यसअघि नै वेस्ट इन्डिज ‘ए’ ले ३–१ ले जितिसकेको छ । अस्ति भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको थियो ।

पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भयो । गत बिहीबारको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सकेको थियो ।

यो जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृङ्खला सुनिश्चित गरेको हो । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेलेको हो । यो श्रृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । टोलीको हिजो बिदाइ गरिएको छ ।

वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ । विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ । नेपालले खेल्ने समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन्।

वेष्ट इण्डिजले भने समूह ‘सी’ बाट विश्वकप खेल्दैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.