×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देश बचाउन कुवेतमा संसद विघटन , संविधान निलम्बन

२९ बैशाख २०८१

२९ वैशाख ,  एजेन्सी ।

कुवेतमा संसद विघटन भएको छ । कुवेती अमिरले संसद विघटन तथा संविधानका केही धाराहरू निलम्बन गरेका हुन् । अमिर शेख मिशल अल–अहमद अल–सबाहले गएराति टेलिभिजन सम्बोधनमार्फत् संसद् भङ्ग गर्दै संविधान निलम्बन गरेको घोषणा गरेका छन् । उनले लोकतान्त्रिक प्रक्रियाका सबै पक्षको अध्ययन गरी चार वर्षभन्दा धेरै अवधिका लागि संविधानका केही धारा निलम्बन गरेको सम्बोधनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement
Advertisement

अब राष्ट्रिय सभाको शक्ति अमिर र मन्त्रिपरिषद्ले ग्रहण गर्नेछ । खाडीको देश कुवेत पछिल्लो समय कठिन राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ । देश बचाउन कठोर निर्णय लिएको अमिर शेख मिशलले बताए । ’कुवेत, हालै केही कठिन समयबाट गुज्रिरहेको छ । देश बचाउन र यसको उच्चतम हितहरू सुरक्षित गर्न कठिन निर्णय गर्न हिचकिचाहट वा ढिलाइको लागि कुनै ठाउँ छोडिन्न,’ अमिरले भनेका छन् ।

उनले देश बचाउन कठोर निर्णय लिएको बताएका छन् । ’हामीले असह्य कठिनाइ र अवरोधहरूको सामना ग¥यौं। केहीले अमिरको शक्तिको मूल भागमा हस्तक्षेप गर्नसम्म पुगेका छन्,’ उनले सम्बोधनमा भनेका छन् । अमिरका लागि सुरक्षित रहेको युवराज छनोटमा समेत केहीले हस्तक्षेप गर्न चाहेको बताएका छन् ।

’विगतका वर्षहरूमा देशले अनुभव गरेको अस्वस्थ वातावरणले भ्रष्टाचार फैलाउन प्रोत्साहित गरेको छ । भ्रष्टाचार राज्यका अधिकांश क्षेत्रमा पुगेको छ,’ अमिरले भनेका छन् । हालै चुनाव भएयता निर्वाचित संसद र नियुक्त प्रधानमन्त्रीबीचको तनावले सरकार गठन ठप्प भएको छ । अप्रिल ४ तारिखमा भएको चुनावमा अघिल्लो संसदका ४६ सदस्यमध्ये ३९ जनाले आफ्नो सिट कायम राखेका थिए ।

कुवेतको संविधानअनुसार चुनाव भएको दुई हप्ताभित्र नयाँ सरकार गठन गर्नुपर्ने व्यवस्था छ । शेख मेशलले अप्रिल १५ तारिख अर्थात् वैशाख ३ मा शेख अहमद अब्दुल्लाह अल अहमद अल सबालाई प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top