×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शीर्ष स्थानको कोलकातालाई मुम्बईको चुनौती

२९ बैशाख २०८१

२९ वैशाख , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शीर्ष स्थानको कोलकाता नाइट राइडर्स र प्रतियोगिताको दौडबाट बाहिरिसकेको मुम्बई इन्डियन्स खेल्दैछन् । खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । कोलकाता ११ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

मुम्बई १२ खेलमा ८ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । मुम्बई यसअघि नै प्लेअफ दौडबाट बाहिरीसकेको छ । नवौँ स्थानको मुम्बईलाई आजको खेलमा हराउन सकेमा कोलकाता प्लेअफमा पुग्नेछ । यो सिजन कोलकाता र मुम्बईबिचको दोस्रो खेल हुनेछ । पछिल्लो खेलमा कोलकाता २४ रनले विजयी भएको थियो ।

Advertisement
Advertisement

आज कोलकाताको सिजनको १२ औँ खेल हुनेछ । टोलीले ११ खेलमध्ये ८ मा जित र ३ मा हार बेहोरेको छ । यद्यपी मुम्बई हेड टु हेडमा कोलकाताभन्दा अगाडि छ । यी दुईबिच ३३ आईपीएल खेल भएका छन्, जसमा मुम्बईले २३ र कोलकाताले १० खेल जितेका छन् । दुवै टोली इडेन गार्डेनमा १० पटक भिडेका छन् ।

यसमध्ये मुम्बईले ७ पटक जितेको छ भने केकेआरले ३ पटक मात्रै जितेको थियो । कोलकातामा आज पानी पर्ने सम्भावना छ । बिहान केही स्थानमा हावाहुरी र दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । दिनभर मौसम बदली रहनेछ । वर्षाको सम्भावना ८० प्रतिशत छ । तापमान २६ देखि ३२ डिग्री सेल्सियस बिच रहन सक्छ ।

Advertisement

आईपीएल क्रिकेटमा गएराति भएको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले हराएको छ । ओपनरद्वय शुभमन गिल र साई सुदर्शनले शतकीय पारी खेलेपछि गुजरातले सहज जित निकालेको हो । जितपछि गुजरात १२ खेलमा १० अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । चेन्नई समान १२ खेलमा १२ अङ्कका साथ चौथो स्थानमा छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top