नेपालको यू–१९ टोलीद्धारा अफगानस्तान २५ रनले पराजित

३० भदौ ७५, आइतबार

लखनउ,भदौ ३१
भारत भ्रमणमा रहेको नेपालको यू–१९ टिमले आज अफगानिस्तानको अन्डर १९ टिमलाई २५ रनले पराजित गरेको छ। भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) को आयोजनामा लखनउमा आयोजना भइरहेको नेपाल यू–१९, भारत यू–१९, अफगानिस्तान यू–१९ र भारत यू–१९ (बि) सहभागी भएको चौकोणीय एकदिवसीय सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा अफगानिस्तान यू–१९ लाई पराजित गर्दै पहिलो जित हासिल गरेको हो।

नेपालले दिएको १९० रनको लक्ष्य पछायाएको अफगानिस्तानको युवा टोली ४७.४ ओभरमा १६४ रन बनाएर अल आउट भएपछि नेपाल २५ रनले विजयी भएको छ। नेपाललाई जित दिलाउने क्रममा बलर सागर ढकालले ४ विकेट लिए भने कमलसिंह ऐरी र रशिद खानले २–२ विकेट लिए। त्यस्तै पवन सराफले एक विकेट लिएका थिए भने एक विकेट सन्दीप जोराले रनआउट गराएका थिए।अफगानिस्तानका लागि इजाज अहमद मेहरनले सर्वाधिक ५७ रन बनाए भने रियाज हसनले ३८ र अब्दुल रहमान रहमानीले ३७ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४९.३ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो । नेपालका लागि पवन सराफले सर्वाधिक ७८ रन नट आउट बनाएका थिए । पवनले ९६ बल खेल्दै १० चौका र एक छक्काको मद्धतले ७८ रन बनाए। नेपालका लागि सन्दीप जोराले २८, रशिद खानले २४, लोकेस बमले १६ तथा भिम सार्कीले १३ रन बनाए।अफगानिस्तानका बलर नविद मोहमद कबिरले ३ विकेट लिए भने अबिद मोहमदी र अरिफ खानले २–२ विकेट लिए।

Advertisement

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले गत बुधबार भारतको १९ वर्षमुनीको ‘बि’ सँग र शुक्रबार ‘ए’ पराजित भएको थियो । त्यस्तै अफगानिस्तान पनि भारतको यी दुवै टिमसँग पराजित भएको थिए।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top