सयको नोटमा नक्सा राख्ने निर्णयको विरोध गर्ने चिरञ्जीवी पदमुक्त

२९ बैशाख ८१, आइतबार

३० वैशाख , काठमाण्डौ।

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । सयको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै तीव्र आलोचना भएपछि उनले राजीनामा दिएका थिए ।

सो राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

राष्ट्रपतिका सल्लाहकार नेपालले भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय रहेको भनी टिकाटिप्पणी गरेका थिए । यो अभिब्यक्तिपछि नागरिक समाजका अगुवाहरूले पनि नेपाललाई पदबाट बर्खास्त गर्न माग गरेका थिए ।

यस्तै एक सयको नोटको पुनः मुद्रण गर्दा संविधानमा समावेश नक्सा राख्ने निर्णयप्रति राष्ट्रपतिका सल्लाहकार चिरन्जिवी नेपालले विरोध गरेको विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलील राष्ट्रपति माथि नै प्रश्न गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवि नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिनुभएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो ? भन्दै उनले प्रश्न गरेका थिए ।

Advertisement

उनले यस विषयमा राष्ट्रपति पौडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग गरेका छन् । ओलीले संसदको बैठकमा नेकपा एमालेको तर्फबाट सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top