NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ बुधबार पुस १६ , २०८२
चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर बुधबार पुस १६ , २०८२
समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध? बुधबार पुस १६ , २०८२
नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती बुधबार पुस १६ , २०८२
बंगलादेशमा १२औँ दिनमा तेस्रो हिन्दुको हत्या बुधबार पुस १६ , २०८२
Next
Prev

समाचार

११ बैंकले अझै घटाए ब्याज, ७ को यथावत ,बढि ब्याजदर दिने बैंक कुन?

सोमवार बैशाख ३१ , २०८१
Reading Time: 1 min read
A A
बैङ्कहरुले ल्याए नयाँ ब्याज दर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३१ वैशाख , काठमाण्डौ ।

११ वटा वाणिज्य बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर सम्बन्धी सूचनाअनुसार ती बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको ब्याजदर घटाएका हुन् । त्यस्तै संस्थागत मुद्दती निक्षेपमा १० वटा तथा साधारण बचत खातामा ८ वटा बैंकले ब्याजदर घटाएका छन् ।

प्रकाशित नयाँ ब्याजदर तालिका अनुसार बैंकहरुले साधारण बचत खाताका लागि न्यूनतम ब्याजदर ३ प्रतिशत देखि ३.६५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अघिल्लो महिना यस्तो न्यूनतम ब्याजदर ३ प्रतिशत देखि ३.७५ प्रतिशतसम्म रहेको थियो । त्यस्तै एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुले ५ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।

अघिल्लो वर्ष यस्तो ब्याजदर ५ प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म थियो । एकवर्षे संस्थागत मुद्दती निक्षेपमा बैंकहरुको ब्याजदर ४ प्रतिशतदेखि ६.३६ प्रतिशतसम्म रहेको छ । अघिल्लो महिना ४ प्रतिशतदेखि ६.७० प्रतिशतसम्म रहेको थियो । नयाँ तालिकाअनुसार अहिले बचत खातामा सबैभन्दा धेरै नेपाल बैंक र एनआईसी एसिया बैंकले ३.६५ प्रतिशत प्रस्ताव गरेका छन् ।

त्यस्तै व्यक्तिगत मुद्दती खातामा एनआईसी एसिया बैंकको ७.७ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा सोही बैंकको ६.३६ प्रतिशत ब्याज नै सर्वाधिक देखिएको छ । बचत खातामा सबैभन्दा कम ब्याजदर प्रभु बैंक, कृषि विकास बैंक र एभरेष्ट बैंकले ३ प्रतिशत तोकेका छन् । त्यस्तै व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र एनएमबी बैंकको ५ प्रतिशत छ ।

संस्थागत मुद्दतीतर्फ हिमालयन बैंकले सबैभन्दा कम ३.५ प्रतिशत मात्रै तोकेको छ । जेठ महिनाका लागि २० वाणिज्य बैंकमध्ये ७ वटा बैंकले यसपटक ब्याजदरमा कुनै पनि प्रकारका परिवर्तन गरेका छैनन् । यसरी अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरुमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र प्रभु बैंक रहेका छन् ।

बाँकी बैंकहरुले ब्याजदरमा परिवर्तन गरेका छन् । त्यसरी ब्याजदर परिवर्तन गर्ने बैंकहरुमध्ये आठ वटाले साधारण बचत खाताको ब्याजदर घटाएका छन् । यी बैंकहरुमा नबिल बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक छन् । त्यस्तै, नेपाल बैंकले बचत खाताको ब्याजदर बढाउँदा अन्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् ।

त्यस्तै, व्यक्तिगत मुद्दती निक्षेप अन्तर्गत एकवर्षे मुद्दती खाताका लागि ११ बैंकले ब्याजदर घटाएका छन् । यसरी ब्याजदर घटाउने बैंकहरुमा नबिल बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंक रहेका छन् ।

बाँकी सबै बैंकले यस्तो ब्याजदर स्थिर नै राखेका छन् । यसपटक कुनै पनि बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर वृद्धि गरेनन् । उता व्यक्तिगत मुद्दती खाताको ब्याजदर घटाउनेमध्ये राष्ट्रिय वाणिज्य बैंक बाहेक अरु सबै बैंकले संस्थागत मुद्दती निक्षेपमा समेत ब्याजदर घटाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले यस्तो ब्याजदर स्थिर राखेको छ ।

Tags: #११ बैंकले अझै घटाए ब्याज#७ बैंकको ब्याज यथावत#बढि ब्याजदर दिने बैंक कुन?

लोकप्रीय

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

बुधबार पुस १६ , २०८२
चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

बुधबार पुस १६ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध?

बुधबार पुस १६ , २०८२

विचार

थप समाचार

निर्वाचन

समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध?

बुधबार पुस १६ , २०८२
नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती
समाचार

नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती

बुधबार पुस १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२

हालका पोस्टहरू

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

बुधबार पुस १६ , २०८२
चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

बुधबार पुस १६ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध?

बुधबार पुस १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.