११ बैंकले अझै घटाए ब्याज, ७ को यथावत ,बढि ब्याजदर दिने बैंक कुन?

३० बैशाख ८१, सोमबार

३१ वैशाख , काठमाण्डौ ।

११ वटा वाणिज्य बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर सम्बन्धी सूचनाअनुसार ती बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको ब्याजदर घटाएका हुन् । त्यस्तै संस्थागत मुद्दती निक्षेपमा १० वटा तथा साधारण बचत खातामा ८ वटा बैंकले ब्याजदर घटाएका छन् ।

प्रकाशित नयाँ ब्याजदर तालिका अनुसार बैंकहरुले साधारण बचत खाताका लागि न्यूनतम ब्याजदर ३ प्रतिशत देखि ३.६५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अघिल्लो महिना यस्तो न्यूनतम ब्याजदर ३ प्रतिशत देखि ३.७५ प्रतिशतसम्म रहेको थियो । त्यस्तै एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुले ५ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।

Advertisement

अघिल्लो वर्ष यस्तो ब्याजदर ५ प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म थियो । एकवर्षे संस्थागत मुद्दती निक्षेपमा बैंकहरुको ब्याजदर ४ प्रतिशतदेखि ६.३६ प्रतिशतसम्म रहेको छ । अघिल्लो महिना ४ प्रतिशतदेखि ६.७० प्रतिशतसम्म रहेको थियो । नयाँ तालिकाअनुसार अहिले बचत खातामा सबैभन्दा धेरै नेपाल बैंक र एनआईसी एसिया बैंकले ३.६५ प्रतिशत प्रस्ताव गरेका छन् ।

त्यस्तै व्यक्तिगत मुद्दती खातामा एनआईसी एसिया बैंकको ७.७ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा सोही बैंकको ६.३६ प्रतिशत ब्याज नै सर्वाधिक देखिएको छ । बचत खातामा सबैभन्दा कम ब्याजदर प्रभु बैंक, कृषि विकास बैंक र एभरेष्ट बैंकले ३ प्रतिशत तोकेका छन् । त्यस्तै व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र एनएमबी बैंकको ५ प्रतिशत छ ।

Advertisement

संस्थागत मुद्दतीतर्फ हिमालयन बैंकले सबैभन्दा कम ३.५ प्रतिशत मात्रै तोकेको छ । जेठ महिनाका लागि २० वाणिज्य बैंकमध्ये ७ वटा बैंकले यसपटक ब्याजदरमा कुनै पनि प्रकारका परिवर्तन गरेका छैनन् । यसरी अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरुमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र प्रभु बैंक रहेका छन् ।

बाँकी बैंकहरुले ब्याजदरमा परिवर्तन गरेका छन् । त्यसरी ब्याजदर परिवर्तन गर्ने बैंकहरुमध्ये आठ वटाले साधारण बचत खाताको ब्याजदर घटाएका छन् । यी बैंकहरुमा नबिल बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक छन् । त्यस्तै, नेपाल बैंकले बचत खाताको ब्याजदर बढाउँदा अन्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् ।

त्यस्तै, व्यक्तिगत मुद्दती निक्षेप अन्तर्गत एकवर्षे मुद्दती खाताका लागि ११ बैंकले ब्याजदर घटाएका छन् । यसरी ब्याजदर घटाउने बैंकहरुमा नबिल बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंक रहेका छन् ।

बाँकी सबै बैंकले यस्तो ब्याजदर स्थिर नै राखेका छन् । यसपटक कुनै पनि बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर वृद्धि गरेनन् । उता व्यक्तिगत मुद्दती खाताको ब्याजदर घटाउनेमध्ये राष्ट्रिय वाणिज्य बैंक बाहेक अरु सबै बैंकले संस्थागत मुद्दती निक्षेपमा समेत ब्याजदर घटाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले यस्तो ब्याजदर स्थिर राखेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top