इजरेललाई भारतले दियो किलर ड्रोन र विस्फोटक

३० बैशाख ८१, सोमबार

३१ वैशाख , एजेन्सी ।

हमाससँगको युद्धमा फसेको इजरायललाई अमेरिकाले झट्का दिएको छ । अमेरिकाले रफाह अपरेसन अघि इजरायललाई बम दिन अस्वीकार गरेको छ। तर इजरेलमाथि अमेरिकाले साथ छाडेलगत्तै भारत इजरायलको संकटको समयमा मद्दत गर्न अगाडि आएको छ। भारतीय कम्पनी अडानी डिफेन्सले किलर ड्रोन आपूर्ति गरेपछि भारतको सरकारी रक्षा कम्पनी म्युनिशन इन्डिया लिमिटेडले इजरायललाई विस्फोटक पदार्थ आपूर्तिको ढोका खोलेको छ ।

म्युनिशन इन्डिया लिमिटेडले जनवरी २०२४ मा विष्फोटक पदार्थ निकासी गर्ने अनुमति पाएको थियो। अब यो भारतीय कम्पनीले फेरि अनुमति मागेको छ । वास्तवमा, भारत र इजरायल बीचको रक्षा सम्बन्ध दशकौं पुरानो हो। पाकिस्तानसँगको कारगिल युद्धका क्रममा इजरायलले भारतलाई लेजर बम दिएको थियो ।

Advertisement

गाजामा जारी हिंसालाई मध्यनजर गर्दै इजरायललाई हतियारको आपूर्ति रोक्न विश्वभर माग भइरहेको बेला भारतले यी विस्फोटक पदार्थ आपूर्ति गरेको हो । द वायरको रिपोर्टका अनुसार भारतीय सरकारी कम्पनीलाई इजरायलमा विस्फोटक पदार्थ आपूर्ति गर्न अनुमति दिइएको छ । यो कम्पनी सन् २०२१ मा स्थापना भएको हो।

म्युनिशन इन्डियाले सेना, वायुसेना र अर्धसैनिकले प्रयोग गर्ने विभिन्न प्रकारका विस्फोटक पदार्थ र गोलाबारुद उत्पादन, परीक्षण, अनुसन्धान र बजारीकरण गर्छ। यो कम्पनी भारतको रक्षा मन्त्रालय अन्तर्गत काम गर्छ। धेरै विश्लेषकहरूले भारतले विस्फोटक पदार्थको आपूर्तिको आलोचना गरिरहेका छन् र यसलाई गाजामा प्रयोग गर्न सकिने बताएका छन्।

Advertisement

यसबाहेक भारतीय निजी कम्पनी प्रिमियर एक्स्प्लोसिभ्स लिमिटेडले पनि सन् २०२१ देखि इजरायललाई विस्फोटक पदार्थ आपूर्ति गरिरहेको छ । यसअघि अडानी डिफेन्सले इजरायली मूलको भारतीय निर्मित किलर ड्रोन हर्मिस इजरायलमा निर्यात गरेको थियो। यसलाई इजरायली कम्पनी एल्बिट सिस्टमसँगको सहकार्यमा विकसित गरिएको हो ।

इजरायली कम्पनी एल्बिट सिस्टमको सहयोगमा बनेका यी २० वटा किलर हर्मिस ९०० ड्रोन भारतबाट इजरायलमा निर्यात गरिएको बताइएको छ । यो ड्रोन लामो समयसम्म हावामा रहन्छ र दुश्मनमाथि मिसाइल आक्रमण गर्न सक्षम हुन्छ। पछिल्लो समय भारत अमेरिकी नीतिको विपक्षमा आफूलाई उभ्याउदै आएको छ ।

यसअघि रुबिाट इन्धन खरिदमा अमेरिकाले पटक पटक आग्रह गर्दा पनि भारतले अस्वीकार गर्दै अझ कीर्तिमानी रुपमा इन्धन आयात गरेको थियो । अहिले इजरेललाई दबाब दिने गरी अमेरिकाले बमको आपूर्ति रोकेको अवस्थामा भारतले हतियार र विस्फोटकको निर्यात सुरु गरेको छ ।

भारतले राष्ट्रसंघमा इजरायलविरुद्धको प्रस्तावलाई समर्थन नगरेपनि प्यालेस्टाइनलाई छुट्टै राष्ट्रका रूपमा मान्यता दिने प्रस्तावलाई खुलेर समर्थन गरेको छ । इजरायलले भारतले हमासलाई आतङ्कवादी संगठन घोषणा गरोस् भन्ने चाहन्छ तर नयाँ दिल्लीले अहिलेसम्म त्यसलाई स्वीकार गरेको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top