मुम्बईमा आँधीले होर्डिङ बोर्डलाई, होर्डिङले १४ जनालाई ढाल्यो

१ जेठ ,एजेन्सी ।

भारतको मुम्बईमा भीषण आँधीका कारण होर्डिङ बोर्ड ढल्दा ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ । सोमबार १५ हजार वर्गफिटको होर्डिङ बोर्ड खसेर भएको दुर्घटनामा ७० जनाभन्दा धेरै घाइते भएका छन् । ७० मिटर लामो होर्डिङ बोर्ड पेट्रोल स्टेसन र आसपासमा रहेका घरमा खसेको हो ।

प्रहरीका अनुसार घाटकोपर (ई) क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्प नजिकै राखिएको होर्डिङ सोमबार अपराह्न ४ः३० बजे एक्कासी आएको भीषण हावाहुरीले खसेको हो । वर्षा र हावाहुरी आएपछि पेट्रोल पम्पमा बसेका मानिसको भीडमा होर्डिङ बोर्ड खसेको थियो ।

Advertisement

होर्डिङ बोर्ड पेट्रोल पम्पमा ढलेको र वर्षाका कारण ओत लिएका मानिसहरूलाई लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यस्तै वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बोर्ड खस्दा गाडीहरू च्यापिएका छन् । सोमबार साँझ जिमखाना नजिक भएको यो दुर्घटनापछि राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), दमकल र प्रहरी टोलीलाई तत्काल राहत उपलब्ध गराउन घटनास्थलमा पठाइएको थियो ।

हाल ४३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ । ३१ घाइते अस्पतालबाट डिस्चार्ज भएका छन् । एक जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । मुम्बईका मुख्यमन्त्री एकनाथ शिंदेले दुर्घटनास्थलको निरीक्षण गरेका छन् । उनले अस्पतालमा उपचार गराइरहेकाहरुसंग पनि भेट गरेका छन् ।

मुख्यमंत्रीले घटनामा फसेकाहरुको उद्यार गर्नु आफ्नो पहिलो प्राथमिकता भएको जनाएका छन् । साथै उनले मुंबईमा जति पनि होर्डिंग छ, तिनको स्पेशल स्ट्रक्चरल अडिट गरिने पनि बताएका छन् । यो दुर्घटनाका लागि जिम्मेवार रहेकाविरुद्ध हत्या आरोपमा मुद्या चलाइने पनि उनले बताएका छन् । मृतकका परिवारलाई तत्काल ६ लाख रुपैया दिइने पनि उनले बताएका छन् । आँधीको असर सडक, हवाई र रेल मार्ग पनि परेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top