हतियार लिएर युक्रेन पुगे ब्लिन्केन

१ जेठ , एजेन्सी ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर युक्रेन पुगेका छन् । युक्रेनले खार्किभमा रुसको ठूलो आक्रमको सामना गरिरहेको समयमा सहायता प्याकेजबाट यी हतियार आइपुगेका छन् । युक्रेनमा विदेशमन्त्री ब्लिन्केनले राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

ब्लिन्केनले उनीहरूलाई युक्रेनलाई अमेरिकाले सहयोग गर्ने आश्वासन दिने अमेरिकी अधिकारीहरूले जनाएका छन् । तीन साताअघि अमेरिकाले युक्रेनका लागि संसदमा ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो । विगत एक वर्षदेखि यो प्याकेजलाई लिएर संसदमा विवाद चलिरहेको थियो ।

Advertisement

अमेरिकी अधिकारीहरूले युक्रेनले एयर डिफेन्स इन्टरसेप्टर, तोप र एटीएसीएम्एस लामो दूरीको सटीक स्ट्राइक मिसाइलहरू प्राप्त गर्न थालेको जनाएका छन् । अमेरिकी विदेशमन्त्री हतियार लिएर युक्रेन पुग्दा यता राष्ट्रपति जो बाइडेनले चिनियाँ स्वामित्वमा रहेको जग्गा बेच्न आदेश दिएका छन् ।

अमेरिकी न्यूक्लियर मिसाइल बेसको नजिक जासुसी हुन सक्ने विषयलाई चासो दिँदै चिनियाँ स्वामित्वमा रहेको क्रिप्टो करेन्सीको खानी रहेको जमिन बेच्न यसका साझेदारलाई बाइडेनले आदेश दिएका हुन् । चिनियाँ नागरिकको मुख्य स्वामित्व रहेको माइनवान पार्टनर्स नामको सो कम्पनीलाई आफ्नो सम्पति बेच्नका लागि ह्वाइट हाउसले १२० दिनको समय दिएको बताइएको छ ।

Advertisement

उक्त स्थानमा क्रिप्टो माइनिङ अपरेसन भइरहेको छ । सो खानी उओमिङमा रहेको एयर फोर्स बेसबाट एक माइलभन्दा कम अर्थात् एक दशमलव ६ किमीको दूरीमा रहेको छ । जहाँ इन्टरकन्टिनेन्टल बलिस्टीक मिसाइल थन्क्याइने गरेको जनाइएको छ । माइनवानले सो जमिन २०२२ मा किनेको र त्यसपछि त्यहाँ क्रिप्टोकरेन्सी खानीका लागि इक्विपमेन्ट जोडेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top