१ जेठ ,एजेन्सी ।
भारतको राजधानी दिल्लीमा फेरि एक पटक बमले उडाइदिने धम्की आएको छ । यस पटक दिल्लीमा रहेका विद्यालयहरुमा बमको धमाका गर्ने चेतावनी आएको थियो । त्यस लगत्तै फेरि दिल्लीका अस्पतालहरुमा पनि बम आक्रमणको चेतावनी दिइएको छ । ईमेलमार्फत बमले उडाउने धम्की प्राप्त भएको दिल्ली पुलिसले जनाएको छ ।
यसअघि पनि कयौं पटक दिल्लीमा स्कुलहरु, अस्पतालहरु, एयरपोर्ट र उत्तर–रेलवेको सीपीआरओ बिल्डिंगलाई पनि बमले उडाउने धम्की आएको थियो । अहिले फेरि दिल्लीस्थिति दीप चंद बंधु अस्पताल, जीटीबी अस्पताल, दादा देव अस्पताल, हेडगेवार अस्पताल र अन्यसहित कयौं अस्पतालहरुमा बम आक्रमणको धम्की दिइएको ईमेल प्राप्त भएको छ ।
यसबारे अनुशन्धान जारी रहेको दिल्ली दमकल विभागले बताएको छ । गत आइतबार पनि दिल्लीका २० भन्दा धेरै अस्पतालहरु, आईजीआई एयरपोर्ट समेत उत्तर–रेलवेको सीपीआरओ बिल्डिंगलाई बमले उडाउने धम्की आएको थियो । अज्ञात समूहले सबै ठाउँमा ईमेल गर यहां बम राखिएको भन्दै सूचना दिएको थियो ।
दिल्ली पुलिसका एक वरिष्ठ अधिकारी भन्छन्, दिउँसो करिब ३ बजेर ४ मिनेटमा दिल्लीका २० अस्पतालहरुको अलावा आईजीआई र उत्तर रेलवेको सीपीआरओको कार्यालयलाई पनि बमले उडाउने एक ईमेल प्राप्त भएको छ । ईमेल [email protected] बाट पठाइएको छ ।
शुरुआतमा संजय गांधी अस्पताल र बुराडी सरकारी अस्पताल प्रशासनले सो ईमेल देखेर पुलिसलाई खबर गरेका थिए । यसअघि गत ३ मे मा पनि दिल्लीको नांगलोई इलाकामा बम भएको सूचनाले हंगामा मच्चिएको थियो । पुलिस मुख्यालयमा ईमेलमार्फत बमको धम्की दिइएको थियो । पुलिसले अनुशन्धान पश्चात यो ईमेल पठाउनेबारे पत्ता लगाएको थियो । ईमेल एक नाबालिगले पठाएको खुलेको थियो ।