टी–२० विश्वकप खेलिने स्टेडियमहरु कस्ता छन् ?

१ जेठ , एजेन्सी ।
आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी महिना जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । क्रिकेट विश्वमा सबैभन्दा लोकप्रिय र धेरै हेरिने खेलहरू मध्ये एक हो। विश्वका २० टोलीले विश्वकपमा पहिलो पटक भाग लिनेछन् ।

यस प्रतियोगिताको तालिका, ढाँचा, सहभागी टोलीहरूको सूची, लोगो र स्थान सहितको पूर्ण विवरणहरू सार्वजनिक भइसकेका छन् ।यस पटकको विश्वकपका खेलहरु १० स्थानका १० स्टेडियममा हुनेछन् ।

जसमा
सेन्ट भिन्सेन्ट र ग्रेनेडाइन्स, अर्नोस्किन पार्क, ओभल

Advertisement

ट्रिनिडाड र टोबागो, भेल स्टेडियम

संयुक्तराज्य अमेरिका, ग्रान्ड प्रेरी स्टेडियम (टेक्सास)

Advertisement

संयुक्तराज्य अमेरिका, केन्द्रीय ब्रोवार्ड पार्क (फ्लोरिडा)

संयुक्तराज्य अमेरिका, नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (न्यूयोर्क)

बार्बाडोस, केन्सिङ्टन, ओभल

सेन्ट लुसिया ,ड्यारेन सामी क्रिकेट मैदान

डोमिनिका, विन्डसर पार्क

गुयाना, प्रोभिडेन्स स्टेडियम

एन्टिगुवा र बारबुडा ,सर भिभियन रिचर्ड्स स्टेडियम रहेका छन् । विश्व क्रिकेटमा भर्खरै अगाडि आउँदै गरेको राष्ट्र हो, अमेरिका । उसले विश्वकप आयोजनाका लागि क्रिकेटका नयाँ पूर्वाधारहरु पनि धमाधम तयार पार्दैछ । विश्वकपलाई नै ध्यानमा राखी न्युयोर्कमा निर्माण गरिएको नयाँ नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियमले विश्वको ध्यान खिचेको छ ।

अन्तर्राष्ट्रिय स्तरको उक्त क्रिकेट स्टेडियम ३४ हजार दर्शक क्षमताको रहेको छ । उक्त रंगशालामा आगामी विश्वकपका आठवटा खेल खेलाउने कार्यक्रम रहेको छ । विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको खेल पनि जुन ९ तारिखमा सोही रंगशालामा खेलाइने कार्यक्रम रहेको छ ।

उक्त रंगशालामा विभिन्न वर्गका दर्शकको लागि छुट्टाछुट्टै क्षेत्र र सिटको ब्यवस्था मिलाइएको छ । विशिष्ठ अतिथिहरुका लागि सुविधा सम्पन्न क्याबिनको ब्यवस्था पनि गरिएको छ । उक्त रंगशालामा भारत र पाकिस्तानबिचको खेलका अतिरिक्त अन्य सात पनि खेलाइने छ । श्रीलंका र दक्षिण अफ्रिका, भारत र आयरल्यान्ड, क्यानडा र आयरल्यान्ड, नेदरल्यान्ड्स र दक्षिण अफ्रिका, दक्षिण अफ्रिका र बंगलादेश, पाकिस्तान र क्यानडा तथा अमेरिका र भारतबिचको खेल पनि सोही रंगशालामा खेलाइने छ ।

हाल क्रिकेट रंगशाला बनाइएको स्थानमा पहिले फर्मुला वानका खेलहरु हुन्थे । भारतको अहमादाबादमा नरेन्द्र मोदी रंगशाला बनाउने निर्माण कम्पनीले नै न्यु योर्कको क्रिकेट रंगशाला निर्माण गरेको समाचारमा जनाइएको छ । यसका अतिरिक्त लन्डनस्थित टोट्टनहाम हट्सपर फुटबल रंगशाला पनि यही कम्पनीले निर्माण गरेको हो ।

यसको बीचमा बनाइएका पिचहरू फ्लोरिडाबाट ल्याएर रंगशालामा जडान गरिएको थियो । फ्लोरिडामा डिसेम्बरको अन्त्यदेखि यी विशेष पिचहरू तयार भइरहेका थिए। एडिलेड ओभलको दश वर्षको अनुभव यी पिच बनाउन प्रयोग गरिएको छ। मिडिया विज्ञप्ति अनुसार, यी पिचहरू एडिलेड ओभल टर्फ सोलुसन कम्पनी द्वारा विकसित गरिएको हो, जसको नेतृत्व एडिलेड ओभलका प्रख्यात चीफ क्युरेटर डेमियन हगले गरेका छन्।

यसपटकको विश्वकपमा नेपालले समेत १० वर्षपछि दोस्रो पटक सहभागिता जनाउदैछ । यसैले सारा नेपाली समर्थकहरुको ध्यान विश्वकपमा नेपालको खेलमा केन्द्रित हुनेछ । नेपालले समूह चरण पार गर्ने लक्ष्य यो विश्वकपमा बनाएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि रहेको छन् ।

नेपालले आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । उक्त खेल अमेरिकाको टेक्सासस्थित डालास रंगशालामा खेलिने छ । नेपालले दोस्रो खेल जुन १२ तारिखमा श्रीलंकासँग खेल्नेछ । उक्त खेल अमेरिकाको फ्लोरिडामा खेलाइने छ । यसैगरी नेपालले तेस्रो खेल जुन १५ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ । उक्त खेल सेन्ट भिसेन्टमा खेलिने छ ।

चौथो खेल भने नेपालले जुन १७ मा बंगलादेशसँग खेल्नेछ । उक्त खेल पनि सेन्ट भिसेन्टमै खेलिने भएको छ । प्रतियोगिताको अघिल्लो संस्करण अर्थात् आईसीसी पुरुष टी–२० विश्वकप २०२२ अष्ट्रेलियाले आयोजना गरेको थियो। जहाँ फाइनल खेल पाकिस्तान र इंग्ल्याण्डबीच भएको थियो । जोस बटलरको कप्तानीमा रहेको इंग्ल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । इङ्ल्यान्ड दोस्रो पटक च्याम्पियन बनेको थियो, यसअघि सन् २०१० मा इङ्ल्यान्ड च्याम्पियन बनेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top