गले जेलेन्स्की, सेनाको मनोबल कमजोर भएको स्वीकार

६ जेठ,  एजेन्सी ।

रुसी आक्रमण झेलिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अन्ततः गल्दै गएका देखिएका छन् । रुसले युक्रेनी गाउँहरु कब्जा गरेको बताइरहेका बेला उनले रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने आशंका व्यक्त गरेका छन् । जेलेन्स्कीले खार्किभ नजिकका क्षेत्रहरूमा हालैको सफलतापछि रुसले यो कदम चाल्ने दाबी गरेका हुन् ।

रुसी सेनाले युक्रेनको मोर्चालाई कमजोर बनाउने प्रयास गरिरहेको छ । जेलेन्स्कीले युक्रेनी सेनाको मनोबल कमजोर भएको र केही एकाइ पूर्ण रूपमा खाली भएको स्वीकार गरेका छन् । जेलेन्स्की भन्छन– युक्रेनसँग हाल सुरक्षाका लागि चाहिने हतियारमा २५ प्रतिशत मात्र छन् । अमेरिकाले भर्खरै युक्रेनलाई ६१ अर्ब रुपैयाँको सहायता प्याकेज घोषणा गरेको छ, जसमा सैन्य सहायता पनि समावेश छ ।

Advertisement

पछिल्ला केही दिनमा रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभको उत्तरपूर्वी क्षेत्रका धेरै गाउँ कब्जा गरेको दाबी गरेको छ । खार्किभका गभर्नरले पछिल्लो एक सातामा करिब १० हजार मानिसले खार्किभ छाड्नुपरेको बताएका छन् । तर गभर्नरले युक्रेनी सेनाले स्थिति नियन्त्रणमा राखेको दाबी पनि गरेका छन् ।

तर जेलेन्स्की भन्छन– युक्रेनलाई मोर्चामा थप सैनिक चाहिन्छ । यसैबीच जेलेन्स्कीले एक अन्तवार्ताका क्रममा चीन र दक्षिण एसियाली देशहरुलाई आगामी महिना स्विट्जरल्यान्डमा हुने शान्ती सम्मेलनमा सहभागि हुनका लागि अपिल गरेका छन् । खासमा स्विट्जरल्यान्ड सरकारले सो सम्मेलनको अवसर पारेर युक्रेन संकटलाई लिएर एक उच्च स्तरीय शान्ती वार्ताको आयोजना गर्ने घोषणा गरेको छ ।

यो शान्तीवार्ता जुनको मध्यतिर हुने तय छ । यद्यपी यो वार्तामा रुस सामेल हुने छैन । यता चीनले पनि यसमा सहभागिता जनाउनेमा शंसय छ । किनभने चीनले भनेको छ कि शान्ती वार्ताअघि अन्य धेरै कुराहरु मिलाउनु पर्ने छ । यसैलाई लिएर जेलेन्स्की झस्कीएका हुन् । उनी भन्छन्, चीनलाई लाग्दछ कि यदी रुसले युद्ध हार्यो भने यो त अमेरिकाको जित हुनेछ ।’

उनी थप भन्छन्, ’चीनलाई लाग्छ कि यो पश्चिमी देशहरुको जित हुनेछ र चीनले यसमा सन्तुलन खोज्ने प्रयास गरिरहेको छ । यसै कारण हो कि म चाहान्छु कि चीन शान्ती वार्तामा सहभागि होस्’ । यता चीनले भने आफूले रूस–यूक्रेन युद्धमा कसैको पक्ष नलिएको र यो युद्ध रोक्न आफूले मध्यस्थकर्ताको भूमिका निभाउन चाहेको बताउने गरेको छ । चीनका साथै जेलेन्स्कीले दक्षिण एसियाली देशहरुको पनि आलोचना गरे, जसले रूसी हमलाको निन्दा गरेका छैनन् ।

यूक्रेनी राष्ट्रपतिको यो बयान यस्तोबेला आएको हो, जतिबेला रुसी राष्ट्रपति भ्लादिमीर पुटिन चीन भ्रमणमा थिए । यूक्रेनी राष्ट्रपतिले भने, कि उनी स्विट्जरल्यान्डको शान्ती वार्तमा तीन मुद्याहरुमा सहमति बनोस भन्ने चाहान्छन् । जसमा एक हो, ब्लाक सीमा जहाजहरुलाई स्वतन्त्र आवतजावतको सुविधा मिलोस् ताकि वैश्विक खाद्य संकटबाट मुक्ति पाइयोस । र यूक्रेनको अन्न निर्याताको सुविधा पनि कायम होस् । दोस्रो युद्धमा ऊर्जा केन्द्रहरुमा आक्रमण बन्द होस । र तेस्रो यूक्रेनबाट रुस गएका हजारौं बालबालिकाहरु फिर्ता होउन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top