NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

अमेरिका र चीनको बीचमा आएका पंचेन लामा को हुन् ?

आइतवार जेष्ठ ६ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ जेठ, विराटनगर।

अमेरिका र चीनबीचको तनाव कसैबाट लुकेको छैन । आएदिन कुनै न कुनै मुद्दालाई लिएर यी दुईबीच आपसमा टकराब हुने गरेको छ । अहिले फेरि अमेरिकाले चीनमाथि एक तिब्बती आध्यात्मिक नेतालाई लिएर दवाब दिन सुरु गरेको छ । उसले बेइजिंगलाई प्रश्न गरेको छ, साथै जान्न चाहेको छ कि तिब्बती आध्यात्मिक नेता पंचेन लामा कहां छन् ? अमेरिकाले सुदूर हिमाली क्षेत्रबाट पंचेन लामा बेपत्ता भएको २९ वर्षको अवसरमा चीनमाथि निशाना साधेको हो ।

उसले चीनसंग पंचेन लामाको ठेगाना र उनको अवस्थाको बारेमा तुरुन्तै जानकारी दिन आग्रह गरेको छ । तिब्बतीहरु दलाई लामालाई आफ्नो आध्यात्मिक नेताका साथै राजनीतिक नेता पनि मान्दछन् । सन १९९५ मा उनै दलाई लामाले ६ वर्षीय गेंडुन चोएकीय न्यीमालाई ११ औं पंचेन लामाको अवतारका रूपमा मान्यता दिएका थिए ।

LS Auto

यस्तो मान्यता दिइएको मात्रै तीन दिनपछि नै चीनले ति बालक र उनका आमाबुवालाई साथै लैजाने बताएको थियो । त्यसदेखि अहिलेसम्म पंचेनलाई कसैले देखेको छैन । यस्तोमा ती बालकलाई अपहरण गरेको आरोप चीनमाथि लागेको छ । अमेरिकाले यसै आरोपमा चीनलाई बारम्बार खेद्दै आएको छ । पंचेन हराएको २९ वर्षपछि पनि अमेरिकाले चीनसंग उनको बारेमा प्रश्न गर्न र सार्वजनिक गर्न दबाव दिइरहेको छ ।

पंचेन अर्थात न्यीमाको जन्म २५ अप्रिल १९८९ मा तिब्बतमा भएको थियो । अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले एक प्रेस बयानमा शुक्रवार भनेका छन्, गेंडुन चोएकीय न्यीमा वेपत्ता छन् र त्यस दिनदेखि सार्वजनिक रुपमा देखा परेका छैनन् । ‘पंचेन लामा वेपत्ता भएको २९ वर्ष पुरा भएकोमा म्याथ्यूले भने, चीन सरकार तिब्बती समुदायका सदस्यहरुलाई उनीहरुको महत्वपूर्ण धार्मिक व्यक्तिसम्म पुग्नबाट रोकिरहेको छ ।

चीनबाट भागेर आएको एक तिब्बती समूहले भारतमा त्यहाँ एक तिब्बती सरकार नै संचालन गरेको छ । भारतमा निर्वासित सो तिब्बती सरकारको एक बयानका अनुसार १४ मे १९९५ मा दलाई लामाले आधिकारिक रुपमा न्यीमालाई ११ औं पंचेन लामाको रुपमा घोषित गरेका थिए । १७ मे १९९५ मा न्यीमा र उनको पूरै परिवारलाई नै चीनले हिरासतमा लिएको भारतमा निर्वासित तिब्बती सरकारले दाबी गरेको छ ।

जसका कारण न्यीमा ६ वर्षको उमेरमा नै विश्वको सबैभन्दा कम उमेरका राजनीतिक कैदी बनेका छन् । भारतमा रहेका तिब्बतीहरु र अमेरिकाले पनि चीनमाथि अर्को पनि आरोप लगाएका छन् । उनीहरुका अनुसार बेइजिंगले अर्का एक भिक्षुलाई पंचेन लामाको रुपमा स्थापित गर्न सुरु गरेको छ । जसलाई दलाई लामाले मान्यता दिएका छैनन । यता लामो समयदेखि तिब्बतीहरुले र अमेरिकाले दलाई लामाले घोषित गरेका पंचेन लामाको रिहाईका लागि माग गर्दै आएका छन् ।

यता अमेरिकाले तिब्बतीहरुको मानवअधिकार र उनीहरुको विशिष्ट धार्मिक, सांस्कृतिक र भाषिक पहचानको सम्बन्धमा उनीहरुको अधिकार प्रयोगको सधै समर्थन गर्ने बताएको छ । यसैलाई जोड दिदै म्याथ्यु मिलरले भने, सबै धार्मिक समुदायहरुका सदस्यहरुको जस्तै तिब्बतीहरुमा पनि छनौट गर्ने क्षमता हुनुपर्छ । उनी अगाडि भन्छन्, दलाई लामा र पंचेन लामा जस्ता उनीहरुले रोजेका नेताहरुले उनीहरुको आफ्नो मान्यताअनुसार र सरकारी हस्तक्षेपबिना शिक्षित गरियोस् र उनीहरुको सम्मान गरियोस् ।

यसैबीच अमेरिकी विदेश विभागले एक बयान जारी गर्दै भनेको छ, ’हामी चीन सरकारसंग न्यीमाको बारेमा यथासिघ्र जानकारी दिन र उनलाई पीआरसीको अंतर्राष्ट्रिय प्रतिबद्धताहरु अनुरूप आफ्नो मानवाधिकारको सम्पुर्ण रुपले उपयोग गर्न अनुमति दिनका लागि आग्रह गर्दछौं । चीनले तुरुन्तै, बिना शर्त पंचेन लामा, उनका माता–पितालाई आफ्नो कैदबाट रिहा गरोस्, अमेरिकी माग हो यो ।

यता चीनको कम्युनिस्ट पार्टीले पंचेन लामालाई वेपत्ता पारिएको भन्ने र उनको हालको अवस्थाबारे जानकारी दिन गरिएको मागबारे कुनै प्रतिक्रिया दिएको छैन । तर चीनका केही सरकारी स्रोतहरुले भने पंचेन लामाका बारेमा केही जानकारी चुहाउँदै आएका छन् । सन् २०२२ को अप्रिलमा चीनको विदेश मंत्रालयले एक बयानमा भनेको थियो, न्यीमा जब बच्चा थिए, त्यतिबेला उनलाई निशुल्क र अनिवार्य शिक्षा दिइएको थियो । कलेजबाट पास आउट भएपछि अहिले उनी नोकरी गरिरहेका छन् ।

चीनले न्यीमा र उनको परिवार चीनमा सामान्य जीवनयापन गरिरहेको पनि दाबी गर्दै आएको छ र बाँकी दुनियाँले यसबारे चिन्ता लिन नपर्ने पनि बताउँदै आएको छ । तिब्बतबाट निर्वासित भएका केही नेपालमा पनि बसोबास गर्दै छन् । नेपालमा रहेका तिब्बती शरणार्थीहरुका बारेमा पनि बेला बेला अमेरिकाले चासो बढाउने, उनीहरुको अधिकारका बारेमा नेपाल सरकारलाई समेत दबाव दिने गरेको छ । नेपालले एक चीन नीति अंगालेको छ ।

अमेरिकाले तिब्बती शरणार्थीबारे बढी सोधखोज गर्न थालेपछि यता चीनले पनि नेपालसंग पटक पटक स्पष्टीकरण माग्ने गरेको छ ।यस्तै केही समयअघि अमेरिकी सरकारको एक निकायले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा मानवअधिकार हनन, तिब्बती शरणार्थीको स्वतन्त्रता र न्यायालयलगायतका विषयमा गम्भीर प्रश्नहरू उठाइएको थियो ।

अमेरिकी सरकारको ब्युरो अफ डेमोक्रेसी, हुमन राइट्स तथा लेबरले जारी गरेको सन् २०२३ को मानवअधिकार प्रतिवेदनमा तिब्बती समुदायको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्न खोज्नुका साथै सांस्कृतिक महत्त्वको कार्यक्रम मनाउन समेत रोक लगाइएको उल्लेख छ । नेपाल सरकारले तिब्बती समुदायको शान्तिपूर्ण भेला हुने अधिकारलाई सीमित गर्न खोजेको र उनीहरूका राजनीतिक महत्त्वका कार्यक्रमको निगरानी गर्न प्रहरी परिचालन गरेको पनि प्रतिवेदनमा जनाइएको थियो ।

सरकारले तिब्बती शरणार्थीलाई सन् १९९५ देखि नै व्यक्तिगत परिचयपत्र नदिएको, प्रहरी चेकपोस्ट भएका स्थानमा हिँडडुल गर्न मुस्किल पारेको र कागजातको अभावमा उनीहरू विदेश जान सक्ने अवस्थामा पनि नरहेको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएसीआर) लाई उद्धृत गर्दै करिब १२ हजार तिब्बती नेपालमा कागजातविहीन अवस्थामा रहेको जनाइएको छ ।

नेपालमा विदेशीलाई आश्रय वा शरण दिने कानुनी व्यवस्था नभएको उल्लेख गर्दै प्रतिवेदनमा सन् १९९० पछि आएका तिब्बतीलाई शरणार्थीको मान्यता समेत नदिएको जनाइएको छ । यसरी अमेरिकाले निर्वासित तिब्बतीहरु र उनीहरुका गुरु दलाई लामा तथा पंचेन लामाका बारेमा चीनलाई दबाव दिनुका पछाडी वास्तवमै तिब्बती शरणार्थीहरुको हितका लागि हो वा यसको बहानामा अमेरिकाको चीन घेर्ने रणनीति हो ?

के पंचेन लामालाई चीनले वेपत्ता पारेकै हो ? आखिर कहाँ छन् पंचेन लामा ? चौतर्फी दबाव आउँदा पनि पंचेनलाई किन सार्वजनिक गर्दैन चीन ? यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अमेरिका र चीन#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.