×

NEPAL TIMES UPDATES

Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026
Playing
विनाशबाट उठेर पुनर्निर्माण र सम्भावनाको प्रतीक बन्यो ‘बारपाक’|| Nepal Times
May 16, 2026
Playing
जापानमा ६.७ म्याग्नीच्यूडको भूकम्प, इरानी दाबीमा युएईको खण्डन|| Nepal Times
May 16, 2026
Playing
जेनजी आन्दो लन दमन गर्नेमाथि कारबाही गर्ने बाटो कहिले खुल्छ ? || Nepal Times
May 16, 2026

अमेरिका र चीनको बीचमा आएका पंचेन लामा को हुन् ?

६ जेष्ठ २०८१

६ जेठ, विराटनगर।

अमेरिका र चीनबीचको तनाव कसैबाट लुकेको छैन । आएदिन कुनै न कुनै मुद्दालाई लिएर यी दुईबीच आपसमा टकराब हुने गरेको छ । अहिले फेरि अमेरिकाले चीनमाथि एक तिब्बती आध्यात्मिक नेतालाई लिएर दवाब दिन सुरु गरेको छ । उसले बेइजिंगलाई प्रश्न गरेको छ, साथै जान्न चाहेको छ कि तिब्बती आध्यात्मिक नेता पंचेन लामा कहां छन् ? अमेरिकाले सुदूर हिमाली क्षेत्रबाट पंचेन लामा बेपत्ता भएको २९ वर्षको अवसरमा चीनमाथि निशाना साधेको हो ।

Advertisement
Advertisement

उसले चीनसंग पंचेन लामाको ठेगाना र उनको अवस्थाको बारेमा तुरुन्तै जानकारी दिन आग्रह गरेको छ । तिब्बतीहरु दलाई लामालाई आफ्नो आध्यात्मिक नेताका साथै राजनीतिक नेता पनि मान्दछन् । सन १९९५ मा उनै दलाई लामाले ६ वर्षीय गेंडुन चोएकीय न्यीमालाई ११ औं पंचेन लामाको अवतारका रूपमा मान्यता दिएका थिए ।

यस्तो मान्यता दिइएको मात्रै तीन दिनपछि नै चीनले ति बालक र उनका आमाबुवालाई साथै लैजाने बताएको थियो । त्यसदेखि अहिलेसम्म पंचेनलाई कसैले देखेको छैन । यस्तोमा ती बालकलाई अपहरण गरेको आरोप चीनमाथि लागेको छ । अमेरिकाले यसै आरोपमा चीनलाई बारम्बार खेद्दै आएको छ । पंचेन हराएको २९ वर्षपछि पनि अमेरिकाले चीनसंग उनको बारेमा प्रश्न गर्न र सार्वजनिक गर्न दबाव दिइरहेको छ ।

पंचेन अर्थात न्यीमाको जन्म २५ अप्रिल १९८९ मा तिब्बतमा भएको थियो । अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले एक प्रेस बयानमा शुक्रवार भनेका छन्, गेंडुन चोएकीय न्यीमा वेपत्ता छन् र त्यस दिनदेखि सार्वजनिक रुपमा देखा परेका छैनन् । ‘पंचेन लामा वेपत्ता भएको २९ वर्ष पुरा भएकोमा म्याथ्यूले भने, चीन सरकार तिब्बती समुदायका सदस्यहरुलाई उनीहरुको महत्वपूर्ण धार्मिक व्यक्तिसम्म पुग्नबाट रोकिरहेको छ ।

चीनबाट भागेर आएको एक तिब्बती समूहले भारतमा त्यहाँ एक तिब्बती सरकार नै संचालन गरेको छ । भारतमा निर्वासित सो तिब्बती सरकारको एक बयानका अनुसार १४ मे १९९५ मा दलाई लामाले आधिकारिक रुपमा न्यीमालाई ११ औं पंचेन लामाको रुपमा घोषित गरेका थिए । १७ मे १९९५ मा न्यीमा र उनको पूरै परिवारलाई नै चीनले हिरासतमा लिएको भारतमा निर्वासित तिब्बती सरकारले दाबी गरेको छ ।

जसका कारण न्यीमा ६ वर्षको उमेरमा नै विश्वको सबैभन्दा कम उमेरका राजनीतिक कैदी बनेका छन् । भारतमा रहेका तिब्बतीहरु र अमेरिकाले पनि चीनमाथि अर्को पनि आरोप लगाएका छन् । उनीहरुका अनुसार बेइजिंगले अर्का एक भिक्षुलाई पंचेन लामाको रुपमा स्थापित गर्न सुरु गरेको छ । जसलाई दलाई लामाले मान्यता दिएका छैनन । यता लामो समयदेखि तिब्बतीहरुले र अमेरिकाले दलाई लामाले घोषित गरेका पंचेन लामाको रिहाईका लागि माग गर्दै आएका छन् ।

यता अमेरिकाले तिब्बतीहरुको मानवअधिकार र उनीहरुको विशिष्ट धार्मिक, सांस्कृतिक र भाषिक पहचानको सम्बन्धमा उनीहरुको अधिकार प्रयोगको सधै समर्थन गर्ने बताएको छ । यसैलाई जोड दिदै म्याथ्यु मिलरले भने, सबै धार्मिक समुदायहरुका सदस्यहरुको जस्तै तिब्बतीहरुमा पनि छनौट गर्ने क्षमता हुनुपर्छ । उनी अगाडि भन्छन्, दलाई लामा र पंचेन लामा जस्ता उनीहरुले रोजेका नेताहरुले उनीहरुको आफ्नो मान्यताअनुसार र सरकारी हस्तक्षेपबिना शिक्षित गरियोस् र उनीहरुको सम्मान गरियोस् ।

यसैबीच अमेरिकी विदेश विभागले एक बयान जारी गर्दै भनेको छ, ’हामी चीन सरकारसंग न्यीमाको बारेमा यथासिघ्र जानकारी दिन र उनलाई पीआरसीको अंतर्राष्ट्रिय प्रतिबद्धताहरु अनुरूप आफ्नो मानवाधिकारको सम्पुर्ण रुपले उपयोग गर्न अनुमति दिनका लागि आग्रह गर्दछौं । चीनले तुरुन्तै, बिना शर्त पंचेन लामा, उनका माता–पितालाई आफ्नो कैदबाट रिहा गरोस्, अमेरिकी माग हो यो ।

यता चीनको कम्युनिस्ट पार्टीले पंचेन लामालाई वेपत्ता पारिएको भन्ने र उनको हालको अवस्थाबारे जानकारी दिन गरिएको मागबारे कुनै प्रतिक्रिया दिएको छैन । तर चीनका केही सरकारी स्रोतहरुले भने पंचेन लामाका बारेमा केही जानकारी चुहाउँदै आएका छन् । सन् २०२२ को अप्रिलमा चीनको विदेश मंत्रालयले एक बयानमा भनेको थियो, न्यीमा जब बच्चा थिए, त्यतिबेला उनलाई निशुल्क र अनिवार्य शिक्षा दिइएको थियो । कलेजबाट पास आउट भएपछि अहिले उनी नोकरी गरिरहेका छन् ।

चीनले न्यीमा र उनको परिवार चीनमा सामान्य जीवनयापन गरिरहेको पनि दाबी गर्दै आएको छ र बाँकी दुनियाँले यसबारे चिन्ता लिन नपर्ने पनि बताउँदै आएको छ । तिब्बतबाट निर्वासित भएका केही नेपालमा पनि बसोबास गर्दै छन् । नेपालमा रहेका तिब्बती शरणार्थीहरुका बारेमा पनि बेला बेला अमेरिकाले चासो बढाउने, उनीहरुको अधिकारका बारेमा नेपाल सरकारलाई समेत दबाव दिने गरेको छ । नेपालले एक चीन नीति अंगालेको छ ।

अमेरिकाले तिब्बती शरणार्थीबारे बढी सोधखोज गर्न थालेपछि यता चीनले पनि नेपालसंग पटक पटक स्पष्टीकरण माग्ने गरेको छ ।यस्तै केही समयअघि अमेरिकी सरकारको एक निकायले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा मानवअधिकार हनन, तिब्बती शरणार्थीको स्वतन्त्रता र न्यायालयलगायतका विषयमा गम्भीर प्रश्नहरू उठाइएको थियो ।

अमेरिकी सरकारको ब्युरो अफ डेमोक्रेसी, हुमन राइट्स तथा लेबरले जारी गरेको सन् २०२३ को मानवअधिकार प्रतिवेदनमा तिब्बती समुदायको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्न खोज्नुका साथै सांस्कृतिक महत्त्वको कार्यक्रम मनाउन समेत रोक लगाइएको उल्लेख छ । नेपाल सरकारले तिब्बती समुदायको शान्तिपूर्ण भेला हुने अधिकारलाई सीमित गर्न खोजेको र उनीहरूका राजनीतिक महत्त्वका कार्यक्रमको निगरानी गर्न प्रहरी परिचालन गरेको पनि प्रतिवेदनमा जनाइएको थियो ।

सरकारले तिब्बती शरणार्थीलाई सन् १९९५ देखि नै व्यक्तिगत परिचयपत्र नदिएको, प्रहरी चेकपोस्ट भएका स्थानमा हिँडडुल गर्न मुस्किल पारेको र कागजातको अभावमा उनीहरू विदेश जान सक्ने अवस्थामा पनि नरहेको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएसीआर) लाई उद्धृत गर्दै करिब १२ हजार तिब्बती नेपालमा कागजातविहीन अवस्थामा रहेको जनाइएको छ ।

नेपालमा विदेशीलाई आश्रय वा शरण दिने कानुनी व्यवस्था नभएको उल्लेख गर्दै प्रतिवेदनमा सन् १९९० पछि आएका तिब्बतीलाई शरणार्थीको मान्यता समेत नदिएको जनाइएको छ । यसरी अमेरिकाले निर्वासित तिब्बतीहरु र उनीहरुका गुरु दलाई लामा तथा पंचेन लामाका बारेमा चीनलाई दबाव दिनुका पछाडी वास्तवमै तिब्बती शरणार्थीहरुको हितका लागि हो वा यसको बहानामा अमेरिकाको चीन घेर्ने रणनीति हो ?

Advertisement
Advertisement

के पंचेन लामालाई चीनले वेपत्ता पारेकै हो ? आखिर कहाँ छन् पंचेन लामा ? चौतर्फी दबाव आउँदा पनि पंचेनलाई किन सार्वजनिक गर्दैन चीन ? यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top