हेलिकोप्टर दुर्घटनामा अस्ताएका इरानी राष्ट्रपति को थिए ?

७ वैशाख ,एजेन्सी ।

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका बेला उक्त हेलिकोप्टर दुर्घटना भएको थियो । त्यसमा सवार सबैको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको बीबीसीले उल्लेख गरेको छ । रइसीको मृत्युबारे हमासले आधिकारिक प्रतिक्रिया जनाएको छ ।

हमासले भनेको छ, “अल्लाहको मर्जिका साथ हाम्रो समवेदना इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनाइ, इरान सरकार र इरानका जनतामा रहेको छ ।” दुःख र समस्याको स्थितिमा हमास इरानको साथमा रहेको उसले जनाएको छ । “दुर्घटनामा इरानका ती नेताको ज्यान गएको छ, जसले इरानको हितका लागि लामो लडाईं लडे । र, हाम्रो लडाईंमा पनि पूरा सहयोग दिए,” हमासले भनेको छ । यहुदीको ‘अत्याचार’विरुद्धमा प्यालेस्टाइन र प्यालेस्टाइन लडाईंमा उनले आफूहरूलाई सदैव साथ दिएको हमासले स्मरण गरेको छ ।

“हामीलाई भरोसा छ कि इरानका जनता यो दुःखद् दुर्घटनाबाट बाहिर निस्कन सफल हुनेछन्,” हमासले अगाडि भनेको छ, “इरानका जनतामा यसखालको दुर्घटना सामना गरेको पुरानो इतिहास रहेको छ ।” इब्राहिम रइसी एक धार्मिक ‘स्कलर’बाट वकिल र इरानको उच्च पदमा पुगे । रइसी इरानको दोस्रो नम्बरका धार्मिक नेता थिए । शिया धर्मगुरुको वरीयताक्रममा उनी अयातोल्लाह खामेनीभन्दा एक तह मुनि मानिन्थे ।

उनको जन्म सन् १९६० मा पूर्वी इरानको पवित्र सहर मशहदमा भएको थियो । शिया मुसलमानको पवित्र मानिने मस्जिद सोही सहरमा छ । उनी कम उमेरमै उच्च पदमा पुगेका थिए । रइसीका पिता एक मौलवी (मुसलमान शिक्षक÷ज्ञाता) थिए । रइसी पाँच वर्षको हुँदा उनका पिताको मृत्यु भएको थियो । उनले बाबुको पदचाप पछ्याउँदै १५ वर्षको उमेरमा कोम सहरस्थित एक शिया संस्थानमा पढाइ सुरु गरेका थिए ।

आफ्नो विद्यार्थीकालमा पश्चिमाको समर्थनमा रहेका मोहम्मद रेजा शाहविरुद्धका प्रदर्शनमा उनले भाग लिएका थिए । पछि आयोतोल्ला रुहोल्ला खामेनीले इस्लामिक क्रान्तिमार्फत १९७९ मा शाहलाई सत्ताबाट हटाएका थिए । २० वर्षको उमेरमा उनी तेहराननजिकको कराजका महाअभियोजक नियुक्त भएका थिए । १९८९ बाट १९९४ सम्म उनी सोही पदमा रहे । उनी सन् २००४ देखि १० वर्षसम्म न्यायिक प्राधिकरणका डिपुटी चिफ रहेका थिए ।

२०१४ मा उनी इरानका महाअभियोजक बनेका थिए । तत्कालीन समयमा इरानी न्यायपालिकाको प्रमुख रहेका रइसीको राजनीतिक विचार अति कट्टर मानिन्थ्यो । उनी २०२१ जुनमा उदारवादी हसन रुहानीको स्थानमा इस्लामिक रिपब्लिक इरानको राष्ट्रपति बनेका थिए । उनले चुनावका क्रममा रुहानीको पालामा भएको भ्रष्टाचार र आर्थिक संकटलाई सम्बोधन गर्न आफू उत्तम विकल्प भएको जिकिर गरेका थिए ।

उनलाई हुज्जातुलइस्लाम अर्थात् इस्लामको प्रमाणको धार्मिक पदवी पनि दिइएको थियो । उनी २५ वर्षको हुँदा इरानको डेपुटी प्रोसिक्युटर बनेका थिए । पछि न्यायाधिश बने र १९८८ मा खुफिया ट्रिब्युनलमा सामेल भए, जसलाई डेथ कमिटीको नामले समेत चिनिन्थ्यो । यसअन्तर्गत उनले हजारौँ राजनीतिक कैदीमाथि दोस्रोपटक मुद्दा चलाए, जो पहिलेदेखि नै जेलजीवन बिताइरहेका थिए ।

ती राजनीतिक कैदीमा ज्यादा इरानका वामपन्थी र विपक्षी मुजाहिद्धिन एक खल्का वा पिपुल्स मुजाहिद्धिन अर्गनाइजेसन अफ इरानका सदस्य थिए । त्यसमार्फत कति राजनीतिक कार्यकर्तालाई मृत्युदण्ड दिइयो भन्ने यकिन छैन । तर, करिब पाँच हजार महिला र पुरुषलाई मृत्युदण्ड दिइएको अधिकारकर्मीको भनाइ छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top