उत्तर कोरियाको रकेट पड्कियो

१५ जेठ , एजेन्सी ।

उत्तर कोरियाको सैन्य जासुस भूउपग्रह बोकेको रकेट प्रक्षेपण हुने बित्तिकै पड्किएको छ । सोमबार रकेट प्रक्षेपण भएलगत्तै पड्किएको भन्दै सरकारी सञ्चार माध्यमले समाचार लेखेका छन् । यसलाई अमेरिका र दक्षिण कोरियाको निगरानी गर्न धेरै वटा भूउपग्रह सञ्चालन गर्ने त्यहाँका नेता किम जोङ उनको सपना तत्कालका लागि तुहिएको छ ।

यो उत्तर कोरियाको दोस्रो सैन्य जासुस भूउपग्रह थियो । दक्षिण कोरिया, चीन र जापानका नेताहरू सोलमा चार वर्षभन्दा बढी समययताको पहिलो त्रिपक्षीय वार्ताका लागि सोलमा भेटेको केही घण्टामै उत्तर कोरियाले सो भूउपग्रह प्रक्षेपण गरेको थियो । प्रमुख मित्रदेश र आर्थिक साझेदार चीन संलग्न रहेको कार्यक्रमलगत्तै उत्तर कोरियाले विरलै यस्तो कदम चाल्ने गरेको छ ।

Advertisement

संयुक्त राष्ट्र संघले उत्तर कोरियाले भूउपग्रह प्रक्षेपणमा रोक लगाएको छ । तर प्रतिबन्ध उल्लंघन गर्दै उत्तर कोरियाले प्रक्षेपण गरेपछि छिमेकी देशहरू रिसाएका थिए । पछिल्लो जासुसी भूउपग्रह प्रक्षेपण गर्नेबारे उत्तर कोरिया आफैले यो जानकारी जापानलाई दिएको थियो । यसको पुष्टि गर्दै जापान कोस्ट गार्डले उत्तर कोरियाले मे २८ देखि जुन ४ सम्ममा भूउपग्रह प्रक्षेपण गर्ने जनाएको थियो ।

तर, उत्तर कोरियाले यो प्रक्षेपणको मिति भने दिएको थिएन । जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिका, दक्षिण कोरिया र अन्य देशलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका थिए । यी देशहरूले यो प्रक्षेपण स्थगित गर्ने प्रयास गर्नुपर्ने उनले बताएका थिए । उत्तरको उक्त जासूसी भूउपग्रह बोकेको रकेट पड्किएको हो ।

यस वर्षको सुरुमा उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले सन् २०२४ मा ३ वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको घोषणा गरेका थिए । यसअघि नोभेम्बरमा उत्तर कोरियाले पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो । यो प्रक्षेपण तेस्रो प्रयासमा सफल भयो । त्यसपछि उत्तर कोरियाले यो भूउपग्रहमार्फत अमेरिका र दक्षिण कोरियाको सैन्य गतिविधिमाथि नजर राख्न सक्ने बताइएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top