Nepal Times
Nepal Times
3
Shares

किशोरी र शिक्षिकाले लिए ३ दिने महिनावारी स्वच्छता सम्बन्धि तालिम

किशोरी र शिक्षिकाले लिए ३ दिने महिनावारी स्वच्छता सम्बन्धि तालिम

१५ जेठ , काठमाण्डौ ।

महोत्तरी जिल्लाको सम्सी गाँउपालिकामा १७० जना किशोरीहरु र १० जना शिक्षिकाहरुलाई लक्षित गरि ३ दिने महिनावारी स्वच्छता सम्बन्धित तालिम सम्पन्न भएको छ। वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति नेपालको साझेदारीमा संचालित महिनावारी स्वच्छता व्यबस्थापन सम्बन्धित ३ महिने कार्यक्रम अन्तरगत किशोरीहरूलाई महिनावारी स्वच्छता व्यवस्थापनमा तालिमका साथै पुनः प्रयोग गर्न मिल्ने घरेलु सेनेटरी प्याडहरू बनाउन पनि तालिम दिइएको छ ।

 

सबै सहभागीहरूलाई महिनावारी स्वच्छता व्यवस्थापन किट प्रदान गरियो जसमा २ प्याड होल्डरहरू, २ प्यान्टि, ७ नेपकिन, १ साबुन बार, १ रुमाल, २ जिप लक झोला र १ ड्रस्ट्रिङ झोला उनिहरूको प्रयोगको लागि दिइएको टोलीकी प्रतिनिधि प्रतिक्षा वस्तीले जानकारी दिइन ।

 

 

महिनावारी स्वास्थ्य सम्बन्धी शिक्षालाई प्याड उत्पादनमा व्यावहारिक सीप तालिमको संयोजन गरी महिनावारी सम्बन्धी बहुआयामिक चुनौतीहरूको सामना गर्न कार्यक्रम डिजाइन गरिएको थियो ।

यसका साथै वल्र्ड भिजनले अभिभावक र किशोरकिशोरीहरू बीच अन्तरक्रियात्मक संवाद सत्र सञ्चालन गरेको वस्तीले जानकारी दिएकी छन् । सोक्रममा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य लगायतका विषयमा अभिभावक र किशोरकिशोरीहरू बीचको अन्तरक्रियामा छलफल गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.