टी–२० विश्वकपमा आतंककारी हमलाको धम्की

१७ जेठ ८१, शुक्रबार

१८ जेठ, एजेन्सी ।

अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको सुरुवात हुन् केही दिन मात्रै बाँकी रहेको अवस्थामा भारत र पाकिस्तानबिचको खेलका क्रममा आतंककारी हमलाको धम्की आएपछि न्युयोर्कमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा न्यु योर्कको आइसनहोवर पार्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिँदैछ ।

आतङ्ककारी आक्रमण धम्की आएपछि सुरक्षा व्यवस्था निकै कडा बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।केही समय अघि नै आतंकवादी संगठन आईएसआईएस खोरासनले एक भिडियो सार्वजनिक गर्दै भारत र पाकिस्तानबिचको खेलका क्रममा आक्रमणको चेतावनी दिएको थियो । उक्त भिडियोमा खेलका क्रममा ‘लोन उल्फ’ आक्रमण गर्ने धम्की दिइएको छ ।

Advertisement

‘लोन उल्फ’ आक्रमण भनेको कुनै एक व्यक्तिलाई प्रयोग गरेर गरिने आतङ्ककारी आक्रमण हो । न्यु योर्कका गभर्नर क्याथी होचलका अनुसार, विश्वकपका क्रममा कुनै गम्भीर खतराको सङ्केत देखिएको छैन । उनका अनुसार सुरक्षा व्यवस्थालाई भने निकै कडा पारिएको छ । यसअघि ट्रनिडाड एण्ड टोबागोका प्रधानमन्त्री कीथ राउलीका अनुसार आतंककारीहरुले धेरै देशलाई भिडियो सन्देश पठाएका थिए ।

जुन भिडियो सन्देश आयोजक वेस्टइन्डिजलाई पनि प्राप्त भएको उनले बताएका थिए । टी–२० विश्वकप वेस्टइन्डिज र अमेरिकामा २ देखि २९ जुनसम्म हुने कार्यतालिका रहेको छ। यो विश्वकपमा नेपालको पनि सहभागिता रहेको छ। नेपालका लिग चरणका खेल अमेरिका र वेस्टइन्डिजमा हुनेछन् ।

Advertisement

यसअघि सन् २००९ मा श्रीलङ्काली टोली तीन टेस्ट र पाँचवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाकिस्तान भ्रमणमा गएको बेला गद्दाफी स्टेडियम नजिकै श्रीलङ्काली खेलाडी सवार बसमा आतंककारी आक्रमण भएको थियो । त्यतिबेला १२ जनाको समूहले श्रीलङ्काली खेलाडी सवार बसमा गोली चलाएका थिए । त्यो हमलामा परेर श्रीलङ्काली टोलीका कप्तान माहेला जयाबद्र्धने, कुमार सांगाकार लगायतका सात जना चर्चित खेलाडी घाइते भएका थिए ।

पाकिस्तानका ६ सुरक्षाकर्मी र दुईजना सर्वसाधारणको मृत्यु पनि भएको थियो । यस्तै सन् २००२ मा न्युजिल्यान्डको क्रिकेट टोली पाकिस्तान भ्रमणमा गएको बेला न्युजिल्यान्डका खेलाडीलाई स्टेडियमसम्म पुर्याउन होटल अगाडि रोकिएको बसमा भयानक विस्फोट भएको थियो । जसमा नजिकै रहेका १२ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top