Nepal Times
Nepal Times
3
Shares

नेपालको अमेरिकासँगको वार्मअप रद्द

नेपालको अमेरिकासँगको वार्मअप रद्द

१८ वैशाख,एजेन्सी ।
आइसिसी टी–२० विश्वकप अघि नेपालले अमेरिकासँग खेल्ने अन्तिम अभ्यास खेल रद्द भएको छ । आइसीसीले तय गरेको नेपाल र अमेरिका बीचको बिहीबारको खेल खराब मौसमका कारण खेल रद्द भएको हो डालासको ग्रान्ड प्रिएरीमा टस समेत भएको थियो । घरेलु टोली अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो ।

त्यस पछि भारी वर्षा सुरु भयो र खेल स्थगन गरियो । झन्डै ४५ मिनेट पछि वर्षा रोकिएपछि पिचको कभर पनि हटाइएको थियो । तर पुनः वर्षा सुरु भएपछि खेल रोकिएको थियो । अभ्यास म्याचमा नेपाल यस अगाडि क्यानडा सँग पराजित भएको थियो । दोस्रो पटक आइसीसी विश्व कप खेल्दै गरेको नेपालले समूह चरणको पहिलो खेल जुन ४ तारिख यसै मैदानमा नेदरल्याण्डसँग खेल्ने छ ।

नेपालले दोस्रो खेल जुन १२ तारिख फ्लोरिडामा श्रीलङ्का सँग खेल्ने छ । नेपालले समूह चरणमा बङ्गलादेश र दक्षिण अफ्रिका सँग वेष्टइन्डिजमा खेल्ने छ । विश्व कपको तयारीका लागि नेपाली टोली दुई साता अघि नै अमेरिका गएको थियो । नेपालले विश्वकपमा समूह चरण पार गर्ने लक्ष्य बनाएको छ । यसअघि पहिलो पटक सहभागिता जनाएको सन् २०१४को विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

समूह चरण पार गर्न नेपालले कम्तिमा ३ खेल जित्नैपर्ने हुन्छ । यसैबीच टी–२० विश्वकप क्रिकेटको शुक्रबार सम्पन्न अभ्यास खेलमा वेस्ट इन्डिजले ९ सदस्यीय अस्ट्रेलियन टोलीलाई ३५ रनले हराएको छ । टी–२० विश्वकप सुरु हुनुअघि वेस्ट इन्डिज र अस्ट्रेलिया दुबैले खेलेको यो अन्तिम अभ्यास खेल हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय २२ रनमात्र बनाउन सक्यो । खेलाडी अभावका कारण दोस्रो अभ्यास खेलमा पनि अस्ट्रेलियन टोली केवल नौ खेलाडीसहित मैदानमा ओर्लिएको थियो ।

फिल्डिङका क्रममा भने अस्ट्रेलियाले प्रशिक्षकसहित प्रशिक्षण टोलीका अन्य सदस्यलाई पनि प्रयोग गरेको थियो । हालै भारतमा सम्पन्न इन्डियन प्रिमियर लिग सकिएपछि अस्ट्रेलियाले आफ्ना केही खेलाडीलाई आराम दिएको छ । त्यसलै पहिलो अभ्यास खेलमा पनि अस्ट्रेलिया नौ खेलाडीसहित ब्याटिङमा ओर्लिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.