निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप

१८ जेठ ८१, शनिबार

जेठ १९ , काठमाण्डौ।

कीर्तिमानी हिमाली आरोही निर्मल पुर्जा (निम्स) एकपछि अर्को गर्दै विवादमा तानिएका छन् । केही दिनअघिमात्रै उनी सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटिएको विषयमा विवादीत बनेका थिए । उनले सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटिएको बताएका थिए । तर सरकारले उनले झुटो बोलेको बताएको थियो ।

अहिले फेरि नेपाली मूलका विवादास्पद बेलायती पर्वतारोही पुर्जामाथि गम्भीर यौन दुर्व्यवहारको आरोपहरू लागेका छन् । उनी विरुद्ध विभिन्न महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । शुक्रबार प्रकाशित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’मा ती महिलाले पुर्जाले आफ्नो असहमति हुँदाहुँदै यौन दुर्व्यवहार गरेको दाबी गरेका छन् ।

द न्युयोर्क टाइम्सका अनुसार पूर्वमिस फिनल्यान्ड लोता हिन्स्टाले २०२३ मार्च ३० मा काठमाडौँ आएका बेला पुर्जाले एक होटलमा आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । यसअघि डिसेम्बरमा प्रकाशित आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले पुर्जाको नाम नलिई एक जना चर्चित आरोहीले आफ्नो सहमतिबिना चुम्बन गरेको उल्लेख गरेकी थिइन् ।

शुक्रबार प्रकाशित न्युयोर्क टाइम्समा भने उनले ती व्यक्ति पुर्जा नै भएको बताएकी हुन् । पुर्जाले कफी पिउने बहानामा आफ्नो कोठासम्म लिएर गएको र यौन दुर्व्यवहार गरेको उनको आरोप छ । पुर्जा पूर्वबेलायती सेना तथा बलियो व्यक्ति भएकाले उनका अगाडि आफ्नो केही नलागेको हिन्स्टाको भनाइ छ । यस विषयमा पुर्जाले प्रतिक्रिया दिन नचाहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

तर उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुटा र अपमानजनक भएको’ बताएको पत्रिकाले लेखेको छ । क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिबिना पटकपटक चुम्बन गरेको आरोप लगाएकी छन् । विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका पुर्जाले दुर्व्यवहार गरेको उनको दाबी छ ।

उनको आरोपको पनि पुर्जाका वकिलले भने खण्डन गरेका छन् । यस्तै सन् २००२ मा पहिलो अमेरिकी महिला सगरमाथा आरोही टोलीको नेतृत्व गरेकी एलिसन लेविन पनि आरोहणका बेला गाइडबाट मौखिक दुर्व्यवहार र धम्कीको सामना गर्नुपरेको भनेकी छन् । त्यसबेला मौसमका कारण उनी नेतृत्वको टोली बीचबाटै फर्किनु परेको थियो । पछि २०२० मा उनी फेरि नेपाल आएर सगरमाथा आरोहरण गरेकी थिइन् ।

उनी भन्छिन्, ‘हिमालमा सबैभन्दा चुनौतिपूर्ण, डर र चिन्दा लाग्दो अवस्था मान्छेबाटै पैदा हुन्थ्यो, पर्यावरणबाट होइन ।’ ‘वातावरणमा धेरै जोखिम निहित हुने भइहाल्यो, तर जब तपाईं निजी सम्बन्धबाट पनि जोखिम थप्नुहुन्छ, त्यो झनै डरलाग्दो हुन्छ ।’ निम्सले आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्छन् । समाजिक सञ्जालमा उनले महिलालाई हिमाल चढ्न प्रोत्साहित गर्दै स्ट्याटस पनि पोष्ट गर्छन् ।

उनले कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्यालाई समेत गाइड गरेका छन् । निम्सबारे अनलाइन भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्ल्क्सिले पनि डकुमेन्ट्री बनाएको थियो । यसअघि पनि पुर्जाको नागरिकता र शंकास्पद आगलागीका बदमासीबारे श्रृंखलाबद्ध समाचार प्रकाशित भएका थिए ।

उनको दोहोरो नागरिकताबारे प्रमाणसहित समाचार प्रकाशित भएपछि उनले नेपाली नागरिकता त्यागेका थिए । यस्तै कपनमा रहेको उनको कम्पनीको कार्यालय रहेको घरमा भएको शङ्कास्पद आगलागीबारे समेत श्रृंखलाबद्ध समाचार प्रकाशित भएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सो आगलागीबारे अनुसन्धान गरे पनि अझै निष्कर्षमा पुगेको छैन । घर धनीसँगको क्षतिपूर्तिको कानूनी लडाइँ अझै जारी छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top