NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप

शनिबार जेष्ठ १९ , २०८१
Reading Time: 1 min read
A A
कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक गरे धौलागिरिकाे सफल आरोहण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

जेठ १९ , काठमाण्डौ।

कीर्तिमानी हिमाली आरोही निर्मल पुर्जा (निम्स) एकपछि अर्को गर्दै विवादमा तानिएका छन् । केही दिनअघिमात्रै उनी सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटिएको विषयमा विवादीत बनेका थिए । उनले सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटिएको बताएका थिए । तर सरकारले उनले झुटो बोलेको बताएको थियो ।

अहिले फेरि नेपाली मूलका विवादास्पद बेलायती पर्वतारोही पुर्जामाथि गम्भीर यौन दुर्व्यवहारको आरोपहरू लागेका छन् । उनी विरुद्ध विभिन्न महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । शुक्रबार प्रकाशित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’मा ती महिलाले पुर्जाले आफ्नो असहमति हुँदाहुँदै यौन दुर्व्यवहार गरेको दाबी गरेका छन् ।

LS Auto

द न्युयोर्क टाइम्सका अनुसार पूर्वमिस फिनल्यान्ड लोता हिन्स्टाले २०२३ मार्च ३० मा काठमाडौँ आएका बेला पुर्जाले एक होटलमा आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । यसअघि डिसेम्बरमा प्रकाशित आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले पुर्जाको नाम नलिई एक जना चर्चित आरोहीले आफ्नो सहमतिबिना चुम्बन गरेको उल्लेख गरेकी थिइन् ।

शुक्रबार प्रकाशित न्युयोर्क टाइम्समा भने उनले ती व्यक्ति पुर्जा नै भएको बताएकी हुन् । पुर्जाले कफी पिउने बहानामा आफ्नो कोठासम्म लिएर गएको र यौन दुर्व्यवहार गरेको उनको आरोप छ । पुर्जा पूर्वबेलायती सेना तथा बलियो व्यक्ति भएकाले उनका अगाडि आफ्नो केही नलागेको हिन्स्टाको भनाइ छ । यस विषयमा पुर्जाले प्रतिक्रिया दिन नचाहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

तर उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुटा र अपमानजनक भएको’ बताएको पत्रिकाले लेखेको छ । क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिबिना पटकपटक चुम्बन गरेको आरोप लगाएकी छन् । विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका पुर्जाले दुर्व्यवहार गरेको उनको दाबी छ ।

उनको आरोपको पनि पुर्जाका वकिलले भने खण्डन गरेका छन् । यस्तै सन् २००२ मा पहिलो अमेरिकी महिला सगरमाथा आरोही टोलीको नेतृत्व गरेकी एलिसन लेविन पनि आरोहणका बेला गाइडबाट मौखिक दुर्व्यवहार र धम्कीको सामना गर्नुपरेको भनेकी छन् । त्यसबेला मौसमका कारण उनी नेतृत्वको टोली बीचबाटै फर्किनु परेको थियो । पछि २०२० मा उनी फेरि नेपाल आएर सगरमाथा आरोहरण गरेकी थिइन् ।

उनी भन्छिन्, ‘हिमालमा सबैभन्दा चुनौतिपूर्ण, डर र चिन्दा लाग्दो अवस्था मान्छेबाटै पैदा हुन्थ्यो, पर्यावरणबाट होइन ।’ ‘वातावरणमा धेरै जोखिम निहित हुने भइहाल्यो, तर जब तपाईं निजी सम्बन्धबाट पनि जोखिम थप्नुहुन्छ, त्यो झनै डरलाग्दो हुन्छ ।’ निम्सले आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्छन् । समाजिक सञ्जालमा उनले महिलालाई हिमाल चढ्न प्रोत्साहित गर्दै स्ट्याटस पनि पोष्ट गर्छन् ।

उनले कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्यालाई समेत गाइड गरेका छन् । निम्सबारे अनलाइन भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्ल्क्सिले पनि डकुमेन्ट्री बनाएको थियो । यसअघि पनि पुर्जाको नागरिकता र शंकास्पद आगलागीका बदमासीबारे श्रृंखलाबद्ध समाचार प्रकाशित भएका थिए ।

उनको दोहोरो नागरिकताबारे प्रमाणसहित समाचार प्रकाशित भएपछि उनले नेपाली नागरिकता त्यागेका थिए । यस्तै कपनमा रहेको उनको कम्पनीको कार्यालय रहेको घरमा भएको शङ्कास्पद आगलागीबारे समेत श्रृंखलाबद्ध समाचार प्रकाशित भएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सो आगलागीबारे अनुसन्धान गरे पनि अझै निष्कर्षमा पुगेको छैन । घर धनीसँगको क्षतिपूर्तिको कानूनी लडाइँ अझै जारी छ ।

Tags: #कीर्तिमानी आरोही निर्मल पुर्जा#यौन दुर्व्यवहारको आरोप

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.