जहाँ पुगेनन् कोही, त्यहाँ पुग्यो चीन, कहिले सिक्छ नेपाल?

२० जेठ , एजेन्सी ।

चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । बीबीसीका अनुसार यो चन्द्रमाको क्षेत्र हो, जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् । चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) ले विज्ञप्ति जारी गरी भनेको छ– बेइजिङको समयानुसार बिहान ६ः२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुवनजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।

चीनले मे ३ मा यो अभियान सुरु गरेको थियो । यस अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउनु हो । यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टान संकलन गर्न सक्छ । चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा ठूलो क्रेटर छ, जहाँ यो गाडी अवतरण भएको छ । यो अभियानअघि धेरै कठिनाइ थिए । चन्द्रमाभन्दा पर पुगेपछि अन्तरिक्ष यानसँग सम्पर्क गर्न गाह्रो हुन्छ ।

Advertisement

चीन चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गराउन सफल विश्वको पहिलो देश बनेको छ । चीनले सन् २०१९ मा चाङ–ई–४ अन्तरिक्ष यान यहाँ अवतरण गरेको थियो । यसैबीच नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत छन सोङले चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलोपटक सफलतापूर्वक अन्तरिक्ष यान अवतरण गरेको खुसीयालीलाई नेपालसँग जोडेका छन् ।

नेपालीले आशा गुमाइसके भनेर टिप्पणी गर्नेहरूलाई नेपालीले चीनले जस्तै कामद्वारा जवाफ दिनुपर्ने उनले संकेत गरेका छन् । बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा सफल अवतरण गरेको छ ।

Advertisement

सीएनएनले चीनको यो दुर्लभ सफलताको समाचार बनाएपछि राजदूत छन सोङले भनेका छन्, ‘हामीले के पाठ सिक्न सकिन्छ भने जब मानिसहरूले तपाइँको खिल्ली उडाउँछन्, गाली गर्छन्, तपाइँ केवल साहसी हुन आवश्यक छ, तपाइँको सीमा–कमजोरीलाई उनीहरूको जंगली कल्पना भन्दा बाहिर धकेल्नुपर्छ।’

नेपाललाई जोड्दै उनी अगाडि भन्छन्, ‘नेपालको साथ पनि त्यस्तै हो, जब मानिसहरूले नेपाल आशाहीन भन्छन्, हामीले उनीहरूलाई एकपछि अर्को क्रमभङ्ग र गेमचेञ्जर दिनुपर्छ । यात्रा सुरु गरौं, र सकारात्मक र रचनात्मक होऔं । किनभने नेपाल पनि यसको हकदार छ ।’

नेपालले भने भारतसँगको सहयोगमा सेटेलाइट प्रक्षेपण गर्ने समझदारी गरेको छ । काठमाडौंमा गएको पुषमा भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा आयोजित नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालमा बनेको सेटेलाइटलाई प्रक्षेपण गर्ने विषयमा सहमति भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top