२० जेठ , काठमाण्डौ ।
दाङमा आन्दोलनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्दै घेराउ गर्दा प्रहरीले उनीहरुमाथि अश्रुग्यास प्रहार गरेको हो । सोक्रममा स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप समेत भएको थियो ।
झडपमा चार जना घाइते भएका छन् । घाइतेलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ । आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै मोही पीडित किसानहरू तालाबन्दी कार्यक्रममा उत्रिएका हुन् । सरकारले पटकपटक आफूहरूसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेकाकारण दवावस्वरूप तालाबन्दी गर्नु परेको गुठीपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।
तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीहरूले घेरेका छन् । जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले अप्रिय घटना हुन नदिन १० राउन्ड अश्रुग्याँस प्रहार गरेको बताए । उनले अहिले स्थति नियन्त्रणमा रहेको बताए ।
सरकारले आफूहरुसँग पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप तालाबन्दी गर्नुपरेको गुठी पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए । स्वर्गद्वारी गुठी पीडित किसानहरूको विषय प्रतिनिधिसभा बैठकमा पनि उठेको छ ।