Nepal Times
Nepal Times
3
Shares

३०६ यात्रु बोकेको भिस्तारामा बम, कस्तो छ सुरक्षा तयारी ?

३०६ यात्रु बोकेको भिस्तारामा बम, कस्तो छ सुरक्षा तयारी ?

२० जेठ , एजेन्सी ।

फ्रान्सको राजधानी पेरिसबाट ३०६ यात्रु बोकेर भारतको मुम्बई आउँदै गरेको भिस्ताराको विमानमा बमको धम्की आएको छ । यो धम्कीलगत्तै विमान आउनुअघि मुम्बई एयरपोर्टमा आपत्काल घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्राप्त जानकारीअनुसार विमानको एयरसिकनेस झोलामा एउटा नोट फेला परेको छ ।

जसमा बम विस्फोटको धम्की छ । यो विमान पेरिसको चार्ल्स डी गौले एयरपोर्टबाट उडेको थियो । विस्तारा एयरलाइन्सका प्रवक्ताले भने, ‘सुरक्षामा समस्या आएको छ । विस्तारा उडान यूकेओ२४ का कर्मचारीले यो जानकारी दिएका छन्। यो विमान जुन २ मा पेरिसबाट मुम्बई पुग्ने कार्यक्रम छ ।

प्रोटोकलअनुसार सम्बन्धित निकायलाई जानकारी गराइएको छ । विमान छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । हामीले सुरक्षा निकायसँग सहकार्य गरिरहेका छौँ।’ यसअघि पनि पटक पटक भारतको आन्तरिक वा बाह्य उडानमा बमको धम्की दिइएको थियो ।

यसअघि चेन्नईबाट मुम्बईका लागि उडेको इन्डिगोको फ्लाइटमा बमको धम्की आएपछि आपत्कालीन अवतरण गरिएको थियो । त्यसमा १७२ यात्रु थिए । इन्डिगो एयरलाइन्सलाई बमको धम्कीे पटक पटक आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.