×

NEPAL TIMES UPDATES

Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026

नेपालमा कुन देशबाट कति पर्यटक भित्रिए ?

२० जेष्ठ २०८१

२० जेठ , काठमाण्डौ ।

सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ। सन् २०२४ जनवरीबाट मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको बोर्डले जनाएको छ। यस्तै २०२४ को मे महिनामा मात्रै ९० हजार २ सय ११ पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ।

Advertisement
Advertisement

यस्तै जनवरीमा ७९,१००, फेब्रुअरीमा ९७,४२६, मार्चमा १,२८,१६७ र अप्रिलमा १,११,३७६ पर्यटक आएका थिए। नेपाल आउने पर्यटकमध्ये भारतीय पहिलो स्थानमा छन्। पछिल्लो पाँच महिना भारतबाट मात्र १ लाख ४८ हजार ८ सय ६१ पर्यटक नेपाल आएका छन्। मे २०२४ मा मात्र भारतबाट ३८ हजार २ सय ८८ नेपाल आएका छन्।

दोस्रो स्थानमा चिनियाँ छन्। पाँच महिनामा चीनबाट ४६ हजार ६ सय ७१ आएका छन्। मेमा मात्र ८ हजार ३ सय ८१ चिनियाँ नेपाल आएको आँकडा छ। जुन अघिल्लो वर्षको तुलनामा ७९.६ प्रतिशत धेरै हो। अमेरिकाबाट पाँच महिनामा ४५ हजार ३ सय ७३ पर्यटक नेपाल आएको तथ्यांक छ। मे २०२४ मा अमेरिकाबाट ८ हजार ५ सय २७ नेपाल आएका छन्।

अघिल्लो वर्ष यसै महिना अमेरिकाबाट ८ हजार ४ सय ५४ आएका थिए। २०२४ मेमा बंगलादेशबाट अघिल्लो वर्षको तुलनामा ५९.८ प्रतिशत धेरै पर्यटक आएका छन्। त्यहाँबाट कुल ३ हजार ४ सय ५८ नेपाल भ्रमणमा आएको तथ्यांक छ। बेलायतबाट यो महिनामात्र २ हजार ८ सय २ जना नेपाल आएका छन्।

थाइल्यान्ड, म्यानमारजस्ता मुलुकबाट भने नेपालले अपेक्षित पर्यटक भित्र्याउन सकेको छैन। कोभिड अघि २०१९ को मेमा ७८ हजार ३२९ पर्यटक भित्रिएका थिए। २०२० मेमा ३१, २०२१ मेमा १ हजार ५ सय ३१, २०२२ मेमा ५४ हजार ९३ र २०२३ मा मेमा ७७ हजार ७०३ पर्यटक नेपाल भित्रिएका थिए। कोभिड पछि २०२४ मा संख्या बढेको छ।

सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ गृहकार्य भइरहेको बताएका छन् । आइतवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री तामाङले साहसिक पर्यटकलाई आकर्षित गर्ने सोच बनाएको बताएका छन् ।

Advertisement

त्यस्तै धार्मिक तथा सांस्कृतिक पर्यटकलाई पनि आर्कषित गर्ने सरकारको सोच रहेको उनले बताएका छन् । उनले पर्यटकहरुको वृद्धि गर्न हवाई सेवालाई सुलभ, सरल र प्रभावकारी बनाउनुपर्ने अवस्था रहेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यान रहेको बताएका छन् ।

भर्खरको समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top