२० जेठ , एजेन्सी ।
अडाणी ग्रुपका अध्यक्ष गौतम अडाणी एसियाकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । अडानीले भारतका मुकेश अम्बानीलाई पछि पार्दै १६ महिनापछि पुनःएशियाको धनाढ्य बन्न सफल भएका हुन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको ताजा आँकडा अनुसार गौतम अडानी विश्व धनाढ्यको सूचीमा ११ औं स्थानमा पुगेको छन् ।
अडानी ग्रुपको सेयरमूल्यमा आएको उछालका कारण उनको सम्पत्ति वृद्धि भएको हो । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भने सूचीको १२ औं स्थामा झरेका छन् । गौतम अडानीको कुल सम्पत्ति यो वर्ष २६.८ बिलियन डलर बढेर १११ बिलियन डलर पुगेको छ ।
उता मुकेश अम्बानीको सम्पत्ति पनि १२.७ बिलियन डलर बढेर १०९ बिलियन डलर पुगेको छ । गौतम अडानीका लागि सन् २०२३ खराब रह्यो । अमेरिकी सर्ट सेलर कम्पनी हिन्डनबर्गले अडाणी ग्रुपले सेयरमा चलखेल गरेको प्रतिवेदन सार्वजनिक गरेपछि अडानीको सम्पत्तिमा तीव्र गिरावट आएको थियो ।
जसका कारण उनी विश्वको धनाढ्यको शीर्ष १० स्थानबाट ३० औं स्थानसम्म झरेका थिए । ब्लुमबर्गको रिपोर्टका अनुसार विश्वको सबैभन्दा धनी व्यक्तिको स्थान भने फ्रान्सेली अर्बपति बनार्ड अर्नल्र्डले ओगटेका छन् ।