NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

रघुवीरले ओलीलाई बजेट कम भयो भनेर पोल सुनाएपछि

आइतवार जेष्ठ २० , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
रघुवीरले ओलीलाई बजेट कम भयो भनेर पोल सुनाएपछि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० जेठ , काठमाण्डौ ।

प्रतिनिधि सभामा आजदेखि आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमाथि छलफल सुरु भएको छ । अर्थमन्त्री वर्षमान पुनले आव २०८१–८२ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सो क्रममा उनले सीमित साधन स्रोतलाई जिम्मेवारीपूर्वक विनियोजन गर्ने प्रयत्न आफूले गरेको बताए ।

उनले बजेट बनाउँदै गर्दा स्रोतको निकै संकुचनको अवस्था रहेको पनि उल्लेख गरे । अर्थतन्त्र लयमा फर्किँदै गएको भए पनि अहिलेसम्म पूरै लयमा आइनसकेको र सरकारले मेहेनत गरिरहेको उनले बताए । मन्त्री पुनले निजी क्षेत्रको मनोबल उच्च हुने गरी आफूले बजेट ल्याएको दाबी गरे । बजेट अघि निजी क्षेत्रले मनोबल उकास्न सक्छ कि सक्दैन भन्दै खबरदारी र सुझाव दिने काम गरिरहेको उनले स्मरण गरे ।

LS Auto

अर्थमन्त्रीले आफूले मेहेनतका साथ बजेट ल्याएको बताइरहँदा यता सत्ता साझेदार सबैभन्दा ठूलो दल नेकपा एमालेले नै यसमा असन्तुष्टि जनाएको छ । एमाले अध्यक्ष केपी ओलीले नै बजेट अर्थमन्त्रीको हो कि उनको दलको भन्दै प्रश्न गरेका छन् । ओलीले सरकारले ल्याएको बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएजस्तो देखिएको टिप्पणी गरेका छन् ।

शनिबार एमाले संसदीय दलको बैठकमा ओलीले बजेटमाथि असन्तुष्टि पोखेका हुन् । सरकारमा सहभागी दलहरुसँग परामर्श नगरि बजेट आएको उनले यो अर्थमन्त्रीको बजेट हो ? भन्दै प्रश्न गरे । बजेटको निर्माण प्रक्रियामा नै कमी रह्यो, जसले गर्दा त्यो कमी नरहनु पर्दथ्यो, रहन जाँदा यसमा गम्भीर त्रुटीहरु रहे,’ ओलीले भने,’ हामीले समाजवाद निर्माणको बाटो लिएका छौं ।

त्यसका लागि समाजवाद निर्माणका आधारहरु तयार गर्ने, समाजवाद उन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरु, ती कुराहरु बजेटले स्पष्ट ढंगले समाउनु पर्दथ्यो । अलि अन्योलग्रस्त देखिन्छ ।’ तर माओवादी नेताहरु भने ओलीको भनाइलाई स्वीकार गर्न तयार छैनन् । माओवादी सचिव देवेन्द्र पौडेल सल्लाहमै बजेट आएको दाबी गर्छन् ।

पौडेल सल्लाह नगरी आएको भए भौतिक मन्त्रालयमा सबैभन्दा धेरै बजेट विनियोजन कसरी सम्भव भएको भन्दै प्रश्न गर्छन् । ओलीले रकम बाँडफाँटमा बजेट एकातिर ढल्किएको जस्तो आरोप लगाइरहँदा पौडेल भौतिक मन्त्रालयले गतवर्षभन्दा दोब्बर बजेट पाएको र उक्त मन्त्रालयको नेतृत्व गर्दै एमाले सरकारमा सहभागी भएको बताउँछन् ।

१ खर्ब १३ अर्ब रुपैयाँको सिलिङ पाएको मन्त्रालयले १ खर्ब ५० अर्ब रुपैयाँको बजेट पाएको छ । यातायात मन्त्री महासेठले आफ्नै क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढीको बजेट हालेका छन् । तर सिलिङभन्दा बढी बजेट पाउँदा पनि उनी खुसी छैनन् । उनले १ खर्ब ५५ अर्ब रुपैयाँ मागेका थिए । करिब ५ अर्ब रुपैयाँ कटौती भएको छ ।

उनले मागे जति बजेट नपाएको गुनासो एमाले अध्यक्ष ओलीसँग गरेका थिए । उनले एमालेले अघि सारेका ५ अर्ब जतिका कार्यक्रमको बजेट काटिदिएपछि ओलीसँग गुनासो गरेका हुन् । सरकारको नेतृत्व गरेका पार्टीका सचिव महासेठले गुनासो गरेपछि ओलीले त्यसलाई सार्वजनिक रुपमा अभिव्यक्त गरेका हुन सक्ने माओवादी नेताहरुको भनाइ छ ।

ओलीले चाहेका केही योजना छुटेका कारण पनि उनी रिसाएको हुन सक्ने माओवादी नेताहरु बताउँछन् । ओलीले ब्यक्तिगत रुपमा बजेट माओवादीतर्फ झुकेको टिप्पणी गरेपनि एमालेकै उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले भने बजेट संन्तुलित रुपमा आएको बताएका छन् ।

बजेटमाथिको छलफलमा भाग लिँदै पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याएको बताए । उनले २० खर्बको हाराहारीमा बजेट आउने बाहिर आशका र अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरु पनि सन्तुलित आकारको बजेट आएको दाबी गरेका छन् ।

Tags: #ओलीलाई बजेट कम भयो#रघुवीर

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्पलाई पाकिस्तानको माया, अमेरिकामा विद्यार्थीलाई भिसा दिन फेरि सुरु || Nepal Times

World News: ट्रम्पलाई पाकिस्तानको माया, अमेरिकामा विद्यार्थीलाई भिसा दिन फेरि सुरु || Nepal Times

00:13:09

World News: किमका हजारौं सेना कुस्र्क जाँदै, इरानी परमाणुमा ट्रम्पले सैन्य हस्तक्षेप गर्ने

00:11:46

World News: Israelमा Pakistanले परमाणु ह*म*ला नगर्ने ,खनिजमा Chinaको हात माथि || Nepal Times

00:11:46

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

00:07:05

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

00:12:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.