४ मंसिर , काठमाण्डौ।
अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा ।
बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो ।

यो सन् २०२१ को अक्टोबरयताकै उच्च दर रहेको उल्लेख ।
अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) का अनुसार सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा ०.२ प्रतिशत विन्दुले बढेको हो ।
अर्थशास्त्रीहरूले बेरोजगारी दर ४.७ प्रतिशतमै स्थिर रहने अनुमान गरे पनि तथ्यांक त्यसविपरीत आएको उल्लेख ।
सेप्टेम्बरदेखि अक्टोबरसम्म रोजगारीमा रहेका व्यक्तिको संख्या ४३ हजार ५०० ले घटेको छ भने बेरोजगारको संख्या १७ हजार ८०० ले बढेको छ ।
युवामा बेरोजगारीको अवस्था झन् चुनौतीपूर्ण द ।
१५ देखि २४ वर्ष उमेर समूहको बेरोजगारी दर ११.१ प्रतिशतबाट बढेर ११.३ प्रतिशत पुगेको छ ।
यस्तै, रोजगारीमा रहेको जनसंख्याको अनुपात घटेर ६३.३ प्रतिशतमा झरेको छ भने श्रमशक्ति सहभागिता दर ६६.६ प्रतिशतमा पुगेको उल्लेख ।
आगामी वर्षमा बेरोजगारी दर क्रमशः बढ्न सक्ने रिजर्भ बैंक अफ अस्ट्रेलियाको प्रक्षेपण ।



