सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा

४ मंसिर २०८३, शुक्रबार
Share this
651shares

४ मंसिर , काठमाण्डौ।     

Advertisement

चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश ।

यससँगै सुदूरपश्चिम लगातार तीन संस्करण फाइनल पुग्ने पहिलो टोली बन्यो ।

Advertisement

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले सात विकेट गुमाएर पूरा ग¥यो ।

रोमाञ्चक खेलमा सुदूरपश्चिमलाई जित दिलाउन थरिन्दु रथनायकेले अविजित ५३ रन बनाए ।

उनले ४२ बलमा सात चौका प्रहार गरे ।

अन्तिम दुई बलमा दुई रन आवश्यक हुँदा थरिन्दुले चौका प्रहार गर्दै टोलीलाई फाइनल पु¥याए ।

ओपनर विनोद भण्डारीले २३ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

चितवनका रञ्जित कुमारले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।

चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रनको योगदान दिए पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले तीन तथा थरिन्दुले दुई विकेट लिए ।

अब सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने ।

यसअघिका दुई संस्करणमा फाइनल पुगेर उपविजेतामा सीमित भएको सुदूरपश्चिम यसपटक पहिलो उपाधिको खोजीमा ।

पहिलो पटक क्वालिफायर २ पुगेको चितवन भने प्रतियोगिताबाट बाहिरियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top