ओलीविरुद्ध खुलेर उत्रिए बालेन, १० हजार करोड लुकाएको आरोप

२० जेठ ८१, सोमबार

२१ जेठ,काठमाण्डौ  ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केही दिनदेखि वाकयुद्ध जारी छ । खासगरी महानगरभित्रका सडकलाई लिएर यतिबेला बालेन भर्सेस एमालेको स्थिति देखिएको छ । केही दिनअघि मात्रै बालेनले एक ट्रक धुलो सडक डिभिजन कार्यालय अगाडि थुपार्दै एमाले नेता समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा रघुवीर महासेठलाई सामाजिक संजालबाटै कलंकीदेखि महाराजगंजसम्म रिंगरोड विस्तारमा ढिलाई गरे हरेक दिन उनलाई पायक पर्ने ठाउँमा यस्तै उपहार पठाउने भन्दै चुनौती दिएका थिए ।

जसलाई महासेठले हाँसेर स्वीकारे पनि उनका अध्यक्षले भने आपत्ति जनाए । ओलीले शनिबार पार्टीको युवा संगठन, राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै बालेनले आफ्नो घरको फोहोर छिमेकीको घरअघि फालेको भन्ने आशयको अभिब्यक्ति दिए । त्यस्ता प्रकारका क्रियाकलाप स्वतन्त्र र सभ्य समाजमा हुन नहुने ओलीको भनाइ छ ।

Advertisement

यसो त पछिल्लो समय एमाले अध्यक्ष ओलीले निरन्तर बालेनलक्षित फायर खोल्दै आएका छन् । केही समयअघि एक कार्यक्रममा गरिबको बस्ती भत्काएको भन्दै उनले बालेनको चर्को आलोचना गरेका थिए । यस्तै उनले गत साउनमा पनि एक कार्यक्रमा भनेका थिए, ‘राजनीतिमा लागेका नेता अलि बढी बिग्रिए, बिग्रन्छन् । किनभने, एकजना नेता नेता हुनुभन्दा अगाडि र्याप गाउँथे ।

कस्तो र्याप गाउँथे भने नेताजति सबै चोर हुन्, चोर हुन भनेर र्याप गाउँथे, पछि नेता भएपछि त्यो र्याप नमिलेजस्तो लाग्ने ।” बालेनले पनि नयाँ पुराना सबै नेता चोर हुन्, सिंहदरबारमा आगो लगाइन्छ जस्ता स्टाटसहरु सामाजिक संजालमा राख्दै आएका छन् । सर्वोच्च अदालतले गिरीबन्धु जग्गा प्रकरणमा गरेको फैसलाको पूर्णपाठ आइसकेपछि पनि बालेनले यसमा ओलीलाई निशाना बनाएका थिए ।

Advertisement

अहिले फेरि बालेनले ओलीमाथि गिरीबन्धु प्रकरणलाई नै जोडेर कटाक्ष गरेका छन् । फुटपाथ विस्तार गर्न भत्काएको न्यूरोड सडक विभागले टाल्न थालेपछि बालेनले ओलीमाथि आक्रोश पोखेका छन् । उनले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको आरोप लगाएका छन् ।

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नामै तोकेर लेखेका छन्, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू! झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ ।

गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ मेयर बालेनले ’यही १० हजार करोडको काण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा काठमाडौं महानगरपालिकाले बनाउन लागेको फुटपाथ फेरि सडकमा परिणत गर्न थालेको आरोप लगाएका छन् ।

‘अब बल्ल देश बन्ने भएछ! आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं। अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो,’ उनले भनेका छन् ।

काठमाडौं महानगपालिकाले जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउन सुरू गरेको थियो । काठमाडौं महानगरले क्षेत्राधिकारभन्दा बाहिर गएर सडक साँघु¥याउन थालेको भन्दै सडक डिभिजन काठमाडौंले दुई दिनभित्र पूर्वअवस्थामा फर्काउन अन्यथा कारबाही गर्ने चेतावनी दिएको थियो । महानगरले सडक नटालेपछि सडक डिभिजन काठमाडौंले सोमबार बिहानबाट सडक टाल्न थालेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top