Nepal Times
Nepal Times
3
Shares

ओपेकको तेल उत्पादन कटौती यथावत,कस्तो असर गर्छ ?

ओपेकको तेल उत्पादन कटौती यथावत,कस्तो असर गर्छ ?

२१ जेठ, एजेन्सी ।

पेट्रोलियम उत्पादक तथा निर्यातकर्ता देशहरु र यसका साझेदारहरुको संस्था, ओपेक प्लसले तेल उत्पादन कटौती सन् २०२५ सम्मका लागि लम्बाउने सम्झौता गरेको छ । ओपेक प्लसले सन् २०२५ सम्म दैनिक २.२ मिलियन ब्यारेल कच्चा तेल स्वेच्छाकारी रुपमा कटौती गर्ने सम्झौता गरेको हो । गत वर्षको डिसेम्बरमा भएको सम्झौता यो महिनामा समाप्त हुँदैछ ।

सन् २०२२ र २३ मा दैनिक ३.६६ मिलियन ब्यारेल तेलको उत्पादन कटौती गर्ने सम्झौता भएको थियो । ओपेक प्लसले सन् २०२५ मा सदस्य र गैर–सदस्यका लागि उत्पादनको आवश्यकता समेत सार्वजनिक गरेको छ । जुन यस वर्षको जस्तै रहेको छ । युएईको उत्पादन कोटा प्रतिदिन ३ लाख ब्यारेलले बढाइएको छ ।

आपेक प्लसले गरेको विश्वको कच्चा तेलको कुल आपुर्तिको ५.७ प्रतिशत कटौती र मध्य–पूर्वमा जारी तनावका बाबजुत कच्चा तेलको मूल्य गत अप्रिलमा कायम ५ महिनाकै उच्च विन्दुमा अहिले १० प्रतिशतले घटिसकेको छ । गत शुक्रबार ब्रेन्ट क्रुड आयल प्रतिब्यारेल ८२ डलरमा कारोबार भएको थियो । जुन अप्रिलको प्रतिब्यारेल ९१ भन्दा कम हो ।

त्यस्तै वेष्ट टेक्सस इन्टरमिडियट क्रुडको मूल्य पनि ८७ डलर प्रतिब्यारेलबाट घटेर ७८ डलर प्रतिब्यारेल कायम भएको छ । अमेरिकाले रेकर्डस्तरमा गरेको तेलको उत्पादन वृद्धि र चीनमा घट्दो मागका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आईरहेको छ । चीन विश्वको सबैभन्दा ठूलो तेलक आयातकर्ता देश हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.