×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

टी २० विश्वकपमा अफगान र दक्षिण अफ्रिकाको विजयी सुरुवात ,नेपालले के गर्ला ?

२२ जेष्ठ २०८१

२२ जेठ, एजेन्सी ।

टी–२० विश्वकप–२०२४ को समूह ‘सी’मा रहेको अफगानिस्तान र समूह डीमा रहेको दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेका छन् । आफ्नो पहिलो खेलमा युगान्डाविरुद्ध १२५ रनको सानदार जित निकाल्दै अफगानिस्तानले विजयी सुरुवात गरेको हो । अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा मात्रै ५८ रन बनाएर अलआउट भयो ।

Advertisement
Advertisement

युगान्डाका रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् । युगान्डालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले ५ विकेट लिए । यस्तै, नवीन उलहक र कप्तान राशिद खानले दुई÷दुई तथा मुजिब उर रहमानले एक विकेट लिए ।

यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । ओपनरद्वय रहमानुल्लाह र इब्राहिम जद्रानले अर्धशतकीय पारीमा अफगानिस्तानले ठूलो स्कोर बनाएको हो । गुर्बाजले ७६ र इब्राहिमले ७० रन बनाए । ओपनरबाहेकका ब्याटरले भने राम्रो गर्न सकेनन् ।

मोहम्द नाबी १४ रनमा अविजित रहनुबाहेक अन्यले भने दोहोरो अंक जोड्न सकेनन् । युगान्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले २÷२ र अलेपेश रमजानीले एक विकेट लिए । यस्तै समूह डीमा रहेको दक्षिण अफ्रिकाले पनि विजयी सुरुवात गरेको छ । न्यूयोर्कमा भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंका माथि ६ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको हो ।

ब्याटिङका लागि केही असहज रहेको पिचमा खेलाईएको खेलमा श्रीलंकाले दिएको मात्र ७८ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेटायो । झिनो लक्ष्य रहेपनि ब्याटिङ गर्न दक्षिण अफ्रिकी ब्याटरहरुलाई समस्या उत्पन्न भएको थियो । तर अन्त्यमा दक्षिण अफ्रिकाले सहजै लक्ष्य भेटायो ।

जितमा दक्षिण अफ्रिकाका लागि क्विन्टन डीककले २७ बलमा २० रन बनाए । यस्तै हेनरीक क्लासेन २२ बल खेल्दै १९ रनमा अविजित रहे । ट्रिस्टन स्टब्सले २८ बलमा १३ रन बनाएर आउट भए । कप्तान एइडन मारक्रमले १२ रन जोडे । श्रीलंकाका लागि वानिन्दु हसरंगाले २ तथा दसुन शनाका र नुवान थुसराले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा समेटिएको थियो । कुशल मेण्डिसले ३० बल खेल्दै सर्वाधिक १९ रन बनाए । एन्जेलो म्याथ्युजले १६ तथा कामिन्दु मेण्डिसले १६ रन जोडे । दक्षिण अफ्रिकाका एनरिक नोर्टजे एक्लैले ४ विकेट लिए । केशव महाराज र कागिशो रबाडाले २–२ विकेट लिँदा १ विकेट ओटनिल बार्टमनको नाममा रह्यो ।

दक्षिण अफ्रिका र श्रीलंका बाहेक यस समूहमा नेपाल, नेदरल्याण्ड्स र बंगलादेश रहेका छन् । नेपालले मंगलबार बेलुका नेदरल्याण्ड्सको सामना गर्दै १० वर्षपछि टि–२० विश्वकपमा पुनरागमन गर्नेछ । यसैबीच दोस्रो पटक टी २० विश्वकममा सहभागिता जनाएको नेपालले आज नेदरल्यान्ड्सँग खेल्दै २०२४ आइसीसी टि२० विश्वकपको यात्रा सुरु गर्दैछ ।

Advertisement

खेल नेपाल समय अनुसार आज राति ९ः१५ बजे सुरु हुनेछ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन् । नेपाली क्रिकेट टोलीले अघिल्लो चरणको आशा कायम राख्नका लागि आजको खेल जित्नु पर्ने हुन्छ । त्यस्तै दबावमा नेदरल्याण्ड्स पनि रहेको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top