×

NEPAL TIMES UPDATES

Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026

नेपालको विश्वकप यात्रा कहाँसम्म पुग्ला ?

२१ जेष्ठ २०८१

२१ जेठ, विराटनगर।

अमेरिका र वेष्टइण्डिजले संयुक्तरुपमा आयोजना गरेको आइसीसी टी–२० विश्वकप क्रिकेट शनिवारदेखि सुरु भएको छ । दुवै सहआयोजकले विजयी सुरुवात पनि गरिसकेका छन् । अमेरिकाले क्यानडालाई र वेष्टइण्डिजले पिएनजीलाई हराउँदा यता नामिबियाले पनि विजयी सुरुवात गरेको छ । नामिबियाले सुपर ओभरमा ओमानलाई हराएको हो ।

अबको केही बेरमा समूह डी को पहिलो खेलमा श्रीलंका र दक्षिण अफ्रिका खेल्दैछन् । अहिले सवा ८ बजे खेल सुरु हुनेछ । दोस्रो पटक टी–२० विश्वकपमा सहभागी भएको नेपालले भने मंगलबारबाट यो यात्रा सुरु गर्ने छ । मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।

यो समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश छन् । आइसीसीको टी–२० वरियतामा दक्षिण अफ्रिका सातौँ, श्रीलङ्का आठौँ, बङ्गलादेश नवौँ स्थानमा छन् । नेदरल्यान्ड्स १५औँ स्थानमा रहँदा नेपाल १७ औँ स्थानमा छ । पाँच टीममध्ये दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश टेस्ट मान्यता प्राप्त राष्ट्र हुन् । नेदरल्यान्ड्स भने एसोसिएट राष्ट्रको सूचीमा शीर्ष स्थानमा छ । त्यसैले तुलनात्मकरुपमा नेपाल रहेको समूहलाई डेथ समूह मानिएको छ ।

बलिया प्रतिस्पर्धीहरू रहेकाले यो समूह अन्तर्गतका हरेक खेल नेपालका लागि चुनौतीपूर्ण हुनसक्छ । यद्यपी नेपालले पनि विश्वकपमा विजय हासिल गर्ने गरी उच्च मनोबलका साथ सहभागी हुने कप्तान रोहित पौडेलले बाचा गरेका छन् । नेपाली टोलीको कुरा गर्नुपर्दा कुशल भुर्तेल र आशिफ शेख नेपाली टोलीका खम्बाका रूपमा छन् । उनीहरूको प्रदर्शनले नै टोलीले आधार तय गर्ने खेल विश्लेषकहरूको भनाइ पाइन्छ ।

त्यसमा अनिल शाहले पनि राम्रो साथ दिन खोजेको देखिएको छ । अभ्यास खेलमा भइरहेको प्रयास हेर्दा प्रशिक्षक मोन्टी देसाईले यी तिनैजनालाई सुरुमै मैदानमा उतार्न पनि सक्नेछन् । तर दीपेन्द्र सिंह ऐरी टोलीमा फर्किएमा अनिलको स्थान निश्चित देखिँदैन । पछिल्लो समय अभ्यास खेलमा देखाएको प्रदर्शनलाई नियाल्ने हो भने ओपनरहरूको प्रदर्शन स्थिर हुन सकेको छैन । जुन प्रशिक्षक मोन्टीको लागि चिन्ताको विषय हुन सक्छ ।

नेपाललाई सधैँ टाउको दुखाई बन्दै आएको छ, ओपनिङ पार्टनरसिप । यदि ओपनिङ पार्टनरसिप मजबुद हुन सक्यो भने मध्यम क्रममा आउने व्याटरलाई प्रेसरभन्दा माथि उठेर खेल्न सजिलो हुन्छ । अहिले नेपालको ओपनिङ कुशल भुर्तेल र आसिफ शेखले गर्दा आएका छन् । एकाधबाहेक अधिकांश खेलमा नेपालको ओपनिङ राम्रो हुन सकेको छैन ।

एसीसी प्रिमियर कपमा हङकङ, युएई र साउदी अरेबियाविरुद्ध लगातार शून्य रनमा नेपालले पहिलो विकेट गुमाएको थियो । विश्वकपअघि ओपनिङसँगै नेपालका ब्याटिङ खासै चल्न सकेको छैन । हालैको कुरा गर्दा पनि कुशलले क्यानडासँगको अभ्यास खेलमा १० रन मात्र बनाएका थिए । आशिफले २२ रन बनाए । अफिसियल वार्म अप खेलमा अनिल शाहले धैर्यतापूर्वक खेल्दै ४७ रन बनाएका थिए ।

खेल अगाडि कुशल भुर्तेलको फर्म राम्रो देखिएको छैन । नेपाली टोलीको मुख्य चिन्ता यसैमा छ । तर कप्तान रोहित पौडेल भन्छनः “जे जस्तो भए पनि विश्वकप अघि ओपनिङ ब्याटिङमा कुनै परिवर्तन गरिनेछैन।” यस्तै दीपेन्द्र सिंह ऐरी खेलेमा कप्तान रोहित पौडेल तेस्रो नम्बरमा आउने पक्का जस्तै छ । मध्यक्रममा सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुलशन झा छन् ।

तर अमेरिका प्रवेश गरेपछिको अभ्यास खेलहरूमा मध्य क्रमका खेलाडीहरूको प्रदर्शन ‘वाह’ भन्न लायकको नदेखिनुलाई चिन्ताको विषयका रूपमा हेरिएको छ । स्थानीय टोलीहरूसँग पनि नेपालको प्रदर्शन त्यस्तो उम्दा देखिएको छैन् ।विश्वकपका लागि अमेरिका उड्नु अगाडि नेपालमा खेलिएको वेस्ट इन्डिज ‘ए’ सँगको शृङ्खलामा खेलाडीहरूले दबाब झेलेको आभास मिलेको थियो ।

त्यहाँ एक्लै सङ्घर्ष गरेर शतक प्रहार गरेका कप्तान रोहितको ब्याट त्यसपछि भने खासै चल्न सकेको छैन् । नेपाली टोलीमा पक्का अलराउन्डरका रूपमा दीपेन्द्र सिंह ऐरी, गुलशन झा र कुशल मल्ल छन् । दीपेन्द्र टोलीका मुख्य खेलाडी हुन् । बलिङ, ब्याटिङ र फिल्डिङमा उनी चुस्त छन् । उनको प्रदर्शनमा नेपाली टोलीको नतिजामा फरक पर्ने देखिन्छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा घाइते भएका दीपेन्द्र नेदरल्यान्ड्ससँगको खेलमा उत्रने सम्भावना लगभग तय छ । सोमपाल कामी र करण केसी बलिङ अलराउन्डर हुन् । सोमपालले त १० औँ नम्बरमा ब्याटिङ गरेर कीर्तिमान नै बनाएका थिए । तर त्यो सन् २०१५ को कुरा हो । गुलशनको प्रदर्शनमा एक हदसम्म एकरूपता देखिएको छ । उनको दायाँ हाते मिडियम पेश र बायाँ हाते ब्याटिङले टिममा सन्तुलन बनाउन मद्धत पुग्नेछ ।

अर्को डेथ ओभर बलिङ पनि नेपालको टाउको दुखाई बन्दै आएको छ । डेथ ओभर स्पेशलिष्ट अभिनास बोहरा लगातार महँगो साबित हुँदा डेथ ओभरको बागडोर कसले सम्हाल्ने भन्नेमा चिन्ता थपिएको छ । क्यानडाविरुद्धको वार्मअप खेलमा पछिल्लो ३ ओभरमा नेपालले ५५ रन खर्चिएको थियो । फास्ट बलरको रूपमा रहेका सोमपाल कामी र करण केसी पनि डेथ ओभरमा चल्न सकेका छैन् ।

उनीहरूको बलले डेथ ओभरमा लाइन, लेन्थ र भेरियसन पाउन सकिरहेका छैनन् । एक समय बलिङ नै नेपाली टोलीको प्रमुख हतियार रहने गरेकोमा अहिले ब्याटिङ मजबुत हुन थालेको देखि सकिएको छ । तर बलिङ र फिल्डिङ क्षेत्र कमजोर नै भयो भन्ने पनि होइन । अझै पनि करण केसी र सोमपाल कामीसँग बलिङमा त्यो धार कायम नै छ । तर यो विश्वकप हो । उनीहरूले यो स्तरमा प्रदर्शन दिन अहिलेको भन्दा अझै राम्रो खेल्नु जरुरी देखिन्छ ।

नभए विश्वकपमा सहभागिता विर्सनलायक अवस्थामा पुग्दछ । एसिया कपमा भारतका विरुद्ध जस्तो नेपालले प्रर्दशन गर्याे त्यसमा अझ सुधारिएको प्रर्दशन गर्नसके कप्तान पौडेलको वचन पूरा गर्न मद्धत गर्नेछ । सन्दीप लामिछानेको अनुपस्थितिमा ललित नारायण राजवंशी र सागर ढकालले स्पिन आक्रमणको जिम्मा लिनेछन् । त्यसमा दीपेन्द्र र कुशल मल्लको साथ हुनेछ ।

कामचलाउ स्थितिमा कप्तान रोहित पौडेल र कुशल भुर्तेल पनि तयार छन् । ‘डेथ ओवर स्पेशलिस्ट’ अभिनाश बोहोराको बलिङको धार कस्तो हुन्छ भन्ने कुरालाई समेत धेरैले उत्सुकताका साथ पर्खिरहेका छन् । रन बढी बेहोर्ने भएकोले बेला बेला समर्थकहरूको आलोचनाको सिकार हुने गरेको ‘योर्कर किङ’ बोहोराले क्यानडासँगको ‘वार्म अप’ मा ‘लेन्थ’ समातेको महसुस भएको छ ।

तीव्र गतिमा कमल सिंह ऐरीको लागि यो प्रतियोगिता परीक्षा हुनेछ । कमल युवा छन् भने विपक्षीको लागि उनीहरूको बलिङ आक्रमण नौलो हुने हुँदा प्रशिक्षक मोन्टीले आवश्यक स्थितिमा मात्र उनलाई प्रयोग गर्न सक्नेछन् । कमल जस्तै प्रतिश जिसीले पहिलो रोजाइमा पर्नका लागि प्रतीक्षा गर्नुपर्ने हुनसक्छ । नेपालका यी खेलाडिहरुले आफ्नै समूहमा बलिया प्रतिस्पर्धिहरुको सामना गर्नु पर्ने छ ।

समूह डीमा पाँच राष्ट्रमध्ये बलियो राष्ट्र दक्षिण अफ्रिका हो । दक्षिण अफ्रिकाले एडेन माक्ररमको कप्तानीमा टोलीलाई मैदानमा उतारेको छ । दक्षिण अफ्रिकालाई उपाधि दाबेदारको रूपमा पनि हेरिएको छ । उसले लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । नेपालले पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै छ । हालसम्म टी–२० विश्वकपको सबै संस्करणमा सहभागी भएको दक्षिण अफ्रिका २००९ र २०१४ मा भएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

यो पटक दक्षिण अफ्रिका समूह चरणमा शत प्रतिशत नतिजा निकाल्दै सुपर ८ मा पुग्ने सम्भावना देखिन्छ । दक्षिण अफ्रिकाको टोलीमा अनुभवी ब्याटर क्विन्टन डी कक, एडेन मार्करामदेखि बलिङतर्फ कागिसो रबाडाजस्ता विश्व स्तरीय खेलाडी समावेश छन् ।सोही समूहमा रहेका श्रीलङ्का र बङ्गलादेशको पछिल्लो समयको प्रदर्शन भने खासै राम्रो हुन सकेको छैन । टी–२० विश्वकपमा नेपालले बङ्गलादेशसँग दोस्रो पटक खेल्दै छ ।

२०१४ मा भएको टी–२० विश्वकपमा नेपाल बङ्गलादेशसँग ८ विकेटले पराजित भएको थियो । नेपालले श्रीलङ्कासँग पनि पहिलो पटक खेल्न लागेको हो । नेदरल्यान्ड्स नेपालको प्रतिस्पर्धी हो । यी दुई टोलीबिचको खेलमा मिश्रित नतिजा आउने गरेको छ । नेपालमा गत फेब्रुअरीमा भएको आइसिसी विश्वकप लिग–२ मा एकएक खेल जित्दा टी–२० सिरिजमा भने नेदरल्यान्ड्सले दुई र नेपालले एक खेल जितेका थिए ।

२०२२ मा भएको टी–२० विश्वकपमा नेपालबाहेकका सबै टोली सुपर १२ बाट बाहिरिएका हुन् । अब मंगलबार नेपालले पहिलो खेल अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी भ्यु क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग खेल्नेछ । दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा हुनेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ । वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्नेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्समाथि जित निकाल्दै मनोबल उच्च बनाउन चाहन्छ ।

पछिल्लो समय टेस्ट राष्ट्रलाई समेत पराजित गरेको नेदरल्यान्ड्स पनि नेपाललाई पराजित गर्दै सुखद सुरुआत गर्ने दाउमा छ । ५ टीम रहेको समूह डीबाट शीर्ष दुई टोली सुपर ८ मा प्रवेश गर्नेछन् । सुपर ८ मा पुग्ने सम्भावना कायमै राख्न कम्तीमा दुई खेलमा जित अनिवार्य हुन्छ । दुई जितपछि पनि अन्य टीमको नतिजाले अर्को चरणको टुङ्गो लाग्नेछ ।

यसैबीच खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले सामाजिक संजालमा एउटा भिडियो सन्देश जारी गर्दै टी–२० विश्वकप क्रिकेटलाई उत्सवका रूपमा मनाउन आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले खेलाडीहरूको साथमा पूरा नेपाली तथा सरकार रहेको पनि बताएका छन् । उनले उच्च मनोबलका साथ विश्वकप खेल्न खेलाडीहरूलाई आग्रह गरेका छन् ।

नेपालले विश्वकपमा सहभागिता जनाएको बारेमा र अब कस्तो प्रदर्शन गर्नुपर्छ भन्ने बारेमा तपाइँका टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

 

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top