चिलिमेबाट ६ जनाको जिवितै उद्धार अन्तिम चरणमा, नेपालले माग्यो ३ अर्ब क्षतिपूर्ति

२५ भदौ ८३, बिहीबार
Share this
816shares

२५ भदौ , काठमाण्डौ ।

Advertisement

भोटेकोशीको बाढीपछि ६ जना फसेको भनिएको चिलिमे जलविद्युत आयोजनामा आज विहान साढे ५ बजेबाट खोजी र उद्धार कार्यसुरु भएको छ । सुरुङस्थलमा खटिएका प्रतिनिधिसभा सदस्य सागर ढकालका अनुशार चिलिमेमा‌ बिहान करिब ५.३० बाट काम शुरु भएको छ।

सबै कोणबाट आज राम्रो प्रगति हुनुपर्ने समेत उनले बताएका छन् ।‌ पुल्चोक क्यापसमा २४ घण्टा भित्रै बनेको लेदो तान्ने मेसिन पनि नजिक आइपुगेको र आज गाडी नै शुरुङको मुखमा मुख नजिक पुग्ने समेत उनले जानकारी दिएका छन्। उनले लेखेका छन्, सबैको सहयोग छ,सबै लागेका छौँ।  यो‌ संभवत अन्तिम जिवित उद्दार हुन सक्छ।

Advertisement

ढकालले उद्धार र खोजी कार्यमा खटिएका नेपाली सेना र भारतीय सेनाबीच प्राविधिक रुपमा केही असमझदारी भएको तर पछि समाधान भएको समेत उनले बताएका छन् । यस्तै आयोजनास्थलमै खटिएका अर्का इन्जिनियर तथा प्रतिनिधिसभा सदस्य श्रीराम न्योपानेले समेत उद्धार प्रयास र संभावना बारे जानकारी दिएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, हिजो अस्थायी सडकलाई सुरुङको मुखसम्म पु¥याई एक्साभेटर र विल लोडर मार्फत रातको समयमा सञ्चालन गरेर २४ सै घण्टा सुरुङ भित्रको लेदो बाहिर निकाल्ने योजना थियो। तर विद्युत जडानमा भएको ढिलाइसँगै पहिरो, दलदल र ब्लास्टिङ सम्बन्धी गतिविधिका कारण सडक विस्तारको कार्य सुरुङको मुखसम्म पुग्न सकेन। आज थप २ वटा एक्स्साभेटर साइटमा पुगेको र सडक सुरुङको मुखको करिव ४० मिटर नजिक पुगेकोले उद्दार कार्य तिव्र गतिमा अघि बढ्ने विस्वास गरेको छु।

Advertisement

यद्यपि नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले म्यानुअली लेदो पन्छाउने तथा आवश्यक ब्लास्टिङ र सडक विस्तारको कामलाई निरन्तरता दिइरहेको छ। उनले सामाजिक संजालमा थप लेखेका छन्, हिजो विभिन्न निकायबीच धुन्चेमा भएको छलफलमा सिडिओ, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर, नेपाली सेना, सागर ढकाल र म सहितको बैठक बस्यो। सुरुङको बाहिरपट्टि सडक निर्माण प्रयोजनका लागि ब्लास्टिङ गर्दा झन् जोखिम बढ्न सक्ने तथा सुरुङभित्र ठूलो परिमाणमा पानी ट्रयाप भएर प्रेसरमा रहेको हुनसक्ने र काम जोखिमपुर्ण हुन सक्ने विषयमा चिन्ता र चासो व्यक्त गरियो।

एनले भनेका छन्, सुरुङ भित्र प्रति सेकेन्ड करिब ९ लिटर सिपेज पानी आइरहेको आधारमा २४ हजार घनमिटर पानी प्रेसरमा ट्रयाप भएर बसेको हुनसक्ने र काम गर्न जोखिम छ भन्ने विद्युत प्राधिकरणका इन्जिनियरको तर्क प्रति पनि मेरो प्राविधिक विमति रह्यो। ब्लास्टिङ गतिविधि र उद्धार तथा लेदो पन्छाउने कामलाई निरन्तरता दिँदै अगाडि बढ्न कुनै जोखिम नरहने स्पष्ट धारणा प्रस्तुत गर्ने अवसर मलाई प्राप्त भयो।

डिजाइन, ड्रवीङ र धरातलीय अवस्थालाई हेर्दा बाढीको समयमा तीव्र वेगमा पसेको लेदो, माटो, ढुंगा, गिट्टी, बालुवा आदिले पावर हाउस भित्रको हावालाई माथिल्लो भागतर्फ धकेलेको हुन्छ। डिजाइन अनुसार पावरहाउस भित्र पानी र लेदोले आफ्नो स्तर कायम गरेपछि माथिल्लो भागमा बढीमा ८ मिटर सम्मको खाली स्थान रहन सक्ने समेत उनले बताएका छन् ।

६० × २० × २५ मिटर आकारको पावर हाउसलाई आधार मान्दा माथिल्लो भागको खाली स्थान, हावाको दवाब र सिपेजको सम्भावित प्रवेश क्षेत्रलाई समेत विचार गर्दा २४ हजार घनमिटर पानी ट्रयाप भएर बस्ने सम्भावना प्राविधिक रुपमा देखिदैन। उनले अन्त्यमा भनेका छन् ।

फेरि दोहो¥याउन चाहन्छु—आशा जीवित छ। पवर हाउसकोको माथिल्लो भाग मानिसका लागि सम्भावित सुरक्षित स्थान रहेको छ। त्यहाँ ९२ वटा ठूला ब्याट्री , तलपट्टि भान्छा, चामल, दाल, चिनी, चियापत्ती लगायतका खाद्य सामग्री तथा करिब १,००० लिटर क्षमताको खानेपानी ट्यांकी रहेको जानकारी प्राप्त भएको छ।

बाढीका कारण माथिल्लो भागमा ट्रयाप भएको हावा (अक्सिजन) अवस्था कायम रहेको भए ६ जना मानिस लामो समयसम्म जीवित रहन सक्ने सम्भावनालाई नकार्न हुँदैन भन्ने मेरो विश्वास छ। ३–४ हप्तासम्म जीवित रहन सक्ने सम्भावना समेत मेरो प्राविधिक विश्लेषणमा देखिन्छ– यद्यपि यसको यथार्थ पुष्टि उद्धार कार्य सकिएपछि मात्र हुनेछ।

त्यसैले अहिलेको आवश्यकता एउटै हो– उद्धारको आशा नमारौँ। प्राविधिक विवेक नछोडौँ। उद्धारको गति नरोकौँ। जबकि जीवन सम्भावनामा छ, प्रयास अन्तिम क्षणसम्म जारी राखौँ। चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोली करिब १४० मिटरभित्र प्रवेश गरेर खोजी गरिरहेको छ भने एभीएटीए ड्रोनबाट समेत करिब ४० मिटर क्षेत्रसम्म खोजी गरिएको सेनाले जनाएको छ ।

हालसम्म त्यहाँबाट भने कोही फेला परेका छैनन् ।टनेलसम्म हेभी इक्वीपमेन्ट पु¥याउन पहुँचमार्ग निर्माणलाई पनि तीव्रता दिइएको छ । चट्टानी भूभागको करिब २५ मिटर क्षेत्र ब्लास्टिङ गरेर हटाउनुपर्ने अवस्था रहेकाले टोली सो क्षेत्रमा पुग्न बाँकी करिब ५० मिटर बाटो निर्माणमा केन्द्रित छ । अबको २ दिनभित्र त्याहा उद्धार अभियान सक्ने योजना छ । त्याहा ६ जना फसिरहेको अनुमान छ।

यसैबीच नेपालले जलवायु परिवर्तनले गर्दा रसुवा बाढी आएको भन्दै ३ अर्बभन्दा बढी (दुई करोड अमेरिकी डलर) क्षतिपूर्ति मागेको छ। नेपालले गत हप्ता संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचनाअन्तर्गतको फन्ड फर रेस्पोन्डिङ टू लस एन्ड ड्यामेज (हानि तथा नोक्सानी कोष) लाई पत्र पठाएको थियो।

पत्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गरेका छन्। नेपालले कोषसँग तीन अर्ब रुपैयाँ भन्दाबढी रकम माग गरेको परराष्ट्र मन्त्री शिशिर खनालले एउटा पडकास्टमा बताएका हुन्। ‘तत्काललाई २० मिलियन डलरको दाबा गरेका छौं । यो प्रारम्भिक माग मात्र हो,’ पत्रकार सुधीर शर्मासँगको अन्तर्वार्तामा खनालले भने, ‘विपद्पछिको क्षति मूल्यांकन गरेर विश्व सामु हाम्रो कुरा राख्नेछौं ।’

नेपाल हरितगृह ग्यास एकदमै न्यून उत्सर्जन गर्ने देशमा पर्दछ । नेपालले क्षति मात्र होइन जलवायु सन्तुलनमा पु¥याएको योगदानका लागि पनि कोषबाट रकम पाउनु पर्ने विज्ञहरू बताउँछन्। हानि तथा नोक्सानी कोषको अन्तर्राष्ट्रिय बोर्डले कोष सम्बन्धी निर्णय गर्दछ।

रसुवा बाढी र योगदान दुबै हिसाबले हेर्दा नेपालले कोषबाट रकम नपाउने पर्ने कारण नभएको वातावरणविद्हरू बताउँछन्। १० भदौमा आएको रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो क्षति गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top