२५ भदौ , काठमाण्डौ ।
एप्पलद्वारा आफ्नो इतिहासकै पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक ।
सन् २००७ मा पहिलो आईफोन सार्वजनिक भएयता कम्पनीले गरेको सबैभन्दा ठूलो डिजाइन परिवर्तनका रूपमा नयाँ फोल्डेबल आईफोनलाई प्रस्तुत गरियो ।


बन्द अवस्थामा सामान्य स्मार्टफोनजस्तै प्रयोग गर्न सकिने नयाँ आईफोन खोल्दा ठूलो स्क्रिनमा परिणत हुने ।
यसमा बाहिरी भागमा ५.४ इन्चको डिस्प्ले र फोन खोलेपछि ७.६ इन्चको फोल्डेबल डिस्प्ले उपलब्ध ।
दुवै स्क्रिनमा एप्पलका विभिन्न सुविधा तथा मल्टिटास्किङ विकल्प प्रयोग गर्न सकिने कम्पनीको भनाइ ।

फोनमा नयाँ पुस्ताको एप्पल चिप, डुअल ब्याट्री आर्किटेक्चर तथा सुधारिएको थर्मल व्यवस्थापन प्रणाली प्रयोग ।
फोल्डेबल स्क्रिनअनुकूल बनाइएको आईओएसले एकैपटक विभिन्न एप सञ्चालन गर्न सहज बनाउने एप्पलको दाबी ।

क्यामेरातर्फ ४८ मेगापिक्सेलका मुख्य र अल्ट्रावाइड क्यामेरा राखिएका छन् भने फोल्डेबल डिजाइनका कारण बाहिरी स्क्रिनमा फोटोको लाइभ प्रिभ्यू हेर्न, पछाडिको क्यामेराबाट सेल्फी खिच्न तथा फोनलाई आफैं उभ्याएर फोटो–भिडियो बनाउन सकिने सुविधा ।
अमेरिकी बजारमा सुरुवाती मूल्य १ हजार ९९९ अमेरिकी डलर तोकिएको नयाँ फोल्डेबल आईफोनको प्रि–अर्डर अक्टोबर १६ बाट र बिक्री अक्टोबर २३ देखि सुरु हुने




