विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई शुभकामना दिन हिरोको मोटर साइकल ¥याली

२१ जेठ ८१, मंगलबार

२२ जेठ, विराटनगर।हिरो मोटरसाइकल को नेपालका लागि आधिकारिक विक्रेता सीजीमोटर्सले आईसीसी टी–२० विश्वकपमा भागलिइ रहेको नेपाली क्रिकेट टिमलाई शुभकामना स्वरुप नेपालका विभिन्न स्थानमा मोटरसाईकल ¥याली सम्पन्नगरेको छ । नेपाल र नेपालीको सानलाई टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपाली खेलाडीको हौसला बढाउन मोटरसाईकल ¥याली निकालिएको हो ।

शुभकामना ¥याली काठमाडौं लगायत देशका बिभिन्न स्थानहरुमा सम्पन्नभयो । सोहीअनुसार विराटनगर विक्रेतालक्ष्मी ट्रेडिङ हाउस (प्रा.) लि. ले पनि आज मोटरसाईकल ¥याली निकाल्यो । मुनालपथ स्थित शोरुमबाट निकालिएको शुभकामना ¥याली बरगाछी, तीनपैनी, रोडशेष चोकबाट धरान रोड हुँदै पुनःमुनालपथमै पुगेर सम्पन्नभएको थियो ।

Advertisement

¥यालीमा सहभागीहरुले खेलाडिको हौसला स्वरुपचियर अप नेपाल लेखेको टिसर्ट लगाई राष्ट्रिय झण्डा बोकेकाथिए । शुभकामना¥यालीले खेलकुदमार्फत नेपाल र नेपालीहरुको सानलाई विश्वभरी पु¥याउनमद्दत पुग्ने कम्पनीको विश्वास छ । ¥यालीमा३० जनाभन्दा बढी राइडर सहभागीथिए ।

Advertisement

सहभागी सबै मोटरसाइकल तथा स्कुटरहरु हिरो ब्राण्डका थिए। हिरो मोटरसाइकल तथा स्कुटर उत्पादनगर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हो। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन् ।नेपालमा सबैभन्दा बढी बिक्रिहुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायमगर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top