×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बालेनको काँधमा कांग्रेसको बन्दुक, निशानामा एमाले

२४ जेष्ठ २०८१

२४ जेठ ,  काठमाण्डौ।
काठमाडौं महानगरपालिका र संघीय सरकार बीच न्युरोडको सडकलाई काटेर फुटपाथ विस्तार गर्ने र नगर्ने भन्ने विवादलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजनीतिक हतियार बनाएको छ । बालेनले सुरु गरेको न्यूरोडमा सडक काटेर फुटपाथ विस्तार गर्ने कामको समर्थन गर्दै नेपाली कांग्रेसका सांसदहरुले बालेनको काँधमा बन्दुक राखेर एमालेलाई निशाना बनाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बालेनलाई काम गर्न दिन र उनको अधिकार क्षेत्रमाथि नपस्न संघीय सरकारलाई आग्रह गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महानगरको अधिकारक्षेत्र प्रयोग गर्न दिन आग्रह गरे । उनले न्युरोडमा नागरिकको सुविधाका लागि लागि सडक पेटी बढाउन जरुरी रहेको पनि उल्लेख गरे ।

Advertisement

“संघ र स्थानीय तहको विवादमा संयमित संघ हुनुपर्छ । बालेनले जे गरेका थिए ठिक गरेका थिए । उनलाई काम गर्न दिनुपर्छ । यसमा हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ,” उनले भने । साथै, उनले बालेनसँग भिडेर बस्ने काम बन्द गर्न एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरे । “काठमाडौंको मेयरसँग भिड्न परे उपमेयरलाई भन्दा हुन्छ नि । त्यही तहमा रहेको पार्टीमा प्रतिनिधिलाई भन्नुपर्छ नि । मेयर साब शैली भएन, जेल बसेको नेताको आदर भएन भनेर,” उनले भनेका छन् ।

यस्तै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौँ महानगरपालिकाबिचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकार र महानगरपालिकाबिच देखिएको सडक भत्काउने र बनाउने ‘गाईजात्रा’ले सरकारमाथि नै गम्भीर प्रश्न उठेको भन्दै त्यसलाई समन्वय गरेर सरकारको दायित्व पूरा गर्न आग्रह गरे ।

उनले भने,‘हालै संघीय सरकार र महानगरपालिकाबिच देखिएको सडक भत्काउने र बनाउने गाईजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ । त्यसैले तत्काल समन्वय होस् । सरकारी पक्षले अहङ्कार र झगडिया मानसिकता नबनाओस् । यसलाई समन्वय गरेर सरकारले आफ्नो दायित्व पूरा गरोस् ।’ यसैगरी नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले बालेन शाहलाई काम गर्न दिन माग गरिन् ।

सांसद सेजुवालले केहि दिन अघिदेखि काठमाडौँ महानगरपालिका र सङ्घीय सरकारबिच विवाद चुलिएको बताउँदै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार अनुसार काम गर्न दिन आग्रह गरिन् । सांसद सेजुवालले भनिन्– ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ कि हामी खारेज गरौँ । स्थानीय तहबारे यो संविधानमा जुन परिकल्पना गरेको छ, खारेज गरौँ, होइन भने बालेनलाई काम गर्न किन नदिने ? त्यो न्यूरोडदेखि लिएर वसन्तपुर, ठमेलमा किन गाडी गुड्ने सहर चाहियो र ? किन रोड चाहियो ? फराकिलो बनाउनका लागि, फुटपाथका व्यापारीहरूलाई, श्रमजीवी व्यापारीहरूलाई गरी खान नदिने ? बालेनको जुन उद्देश्य भिजन थियो त्यसलाई म समर्थन गर्दछु ।

किनभने २०७४ सालमा निर्वाचित पहिलो सदस्य पनि हुँ म ।’ बैठकमा उनले भनिन्– ‘म फेरि पनि आग्रह गर्न चाहन्छु, सङ्घीय सरकारको भौतिक मन्त्रालयसँग यदि पैसा बढी छ भने कर्णालीमा मृत्यु मार्गको रूपमा रहेका जुन राजमार्ग छ, त्यसमा पैसा लगानी गरोस् । हैन भने बालेनसँग, काठमाडौँ महानगरसँग स्रोत साधन छ, उहाँहरूलाई काम गर्ने वातावरण दिऔँ ।’

महानगरले एकतर्फी निर्णय गर्दै न्यूरोडको सडकको केही भागलाई काटेर फुटपाथ विस्तार गर्न थालेपछि भौतिक पुर्वाधार मन्त्रालय अन्र्तगतको सडक विभागले पत्र नै काटेर तत्काल काम रोकी पूर्ववत अवस्थामा ल्याउन भनेको थियो । तर महानगरले काम रोकेपनि काटिएको सडक मर्मत नगरेपछि विभागले न्यूरोडको सडक पूर्ववत अवस्थामा ल्याइसकेको छ ।

यही विषयलाई लिएर बालेनले सामाजिक संजालमार्फत एमालेका अध्यक्ष केपी शर्मामाथि गिरीबन्धुको विषयलाई जोडेर पेचिलो टिप्पणी गरेपछि एमाले सचिव योगेश भट्टराईले संसदबाटै बालेनलाई आफ्नो पद र मर्यादा नभुल्न चेतावनी दिएका छन् । यसअघि बालेनले एमालेका सचिव समेत रहेका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई एक ट्रक धुलो उपहार पठाएका थिए ।

Advertisement

भर्खरको समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

सम्बन्धित खबरहरु

Scroll to Top