पश्चिमालाई पुटिनको पाठः हतियारको बदला हतियार

२४ जेठ , काठमाण्डौ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशमा आक्रमण गर्ने योजना बनाएका देशहरुलाई मस्कोले हतियारहरु दिन सक्ने चेतवानी दिएका छन् । पुटिनले युक्रेनलाई पश्चिामा देशहरुले लामो दुरीको हतियारहरु पठाएकोप्रति आलोचना गर्दै यस्तो बताएका हुन् । संयुक्त राज्य अमेरिका लगायतका धेरै देशहरुले युक्रेनलाई रुसभित्रका टार्गेट आक्रमण गर्न अनुमति दिइसकेका छन् ।

यस्तो कार्यले गम्भीर समस्या निम्त्याउन सक्ने पुटिनले विदेशी पत्रकारहरुसंगको अन्तक्रियामा भनेका छन् । यदी कसैले हाम्रो भूभागमा आक्रमण गरी हाम्रालागि समस्या खडा गर्न युद्धक्षेत्रमा त्यस्ता हतियारहरु उपलब्ध गराउन सम्भव छ भन्ने सोच्दछ भने हामीसंग पनि विश्वका संवेदनशील क्षेत्रमा आक्रमण गर्न सोही वर्गका हतियारहरु उपलब्ध गराउने अधिकार किन छैन ? रुसी राष्ट्रपतिले भने, अर्थात प्रतिक्रिया असम्मत हुन सक्छ । हामी यसको बारेमा सोच्दैछौं । उनले मस्कोले कुन कुन देशलाई हतियार आपूर्ती गर्न सक्छ भन्नेबारेमा भने केही पनि खुलाएनन् ।

Advertisement

पुटिनले जर्मनीतर्फ संकेत गर्दै चेतावनी पनि दिए । जर्मनीले हालै युक्रेनलाई लामो दूरीका जर्मन निर्मित हतियारहरुद्वारा रुसभित्रका टार्गेटहरुमा प्रहार गर्न स्वीकृति दिएको थियो । यदि उनीहरु रुसी भूमिमा प्रहार गर्न त्यहाँ धेरै मिसाइलहरु हुनेछन् भने यसले निश्चितरुपमा रुस–जर्मनी सम्बन्धलाई बिगार्छ, पुटिनले भने । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रुसका टार्गेटहरुमा प्रहार गर्न अमेरिकामा बनेका हतियारहरु प्रयोग गर्न अनुमति दिएका छन् ।

तर युक्रेनले ती हतियारहरु खार्किभक्षेत्र नजिक मात्र प्रयोग गर्न पाउँछ । ह्वाइट हाउसले युक्रेनले रुसको भूमिमा लामो दूरीका एटीएसीएमएस मिसाइल प्रयोग गर्न नसक्ने स्पष्ट पारेको छ । यद्यपी युक्रेनले हालैका दिनहरुमा रुसभित्र आक्रमण गर्न अमेरिकी हतियारहरु प्रयोग गरेको एक अमेरिकी सिनेटर तथा पश्चिमी अधिकारीले बुधबार एपीलाई बताएका छन् ।

Advertisement

युक्रेनको उत्तरी सिमानामा रुसी आक्रमणपछि खार्किभको उत्तरपूर्वी भागमा तिब्ररुपमा युद्ध जारी छ । युक्रेनको दोस्रो सहर खार्किभ सीमाबाट ३० किलोमिटर मात्रै टाढा छ । यसबीच बेलायतका विदेशमन्त्री लर्ड क्यामरुपले बेलायती हतियार कसरी प्रयोग गर्ने भन्ने निर्णय युक्रेनले नै गर्ने र रुसी भूमिमा प्रहार गर्ने अधिकार उसंग रहेको बताएका छन् ।

यता युक्रेनले भने उत्तर कोरीयाली क्षेप्यास्त्रहरु युक्रेनी भूभागभित्र प्रयोग भइरहेको बताएको छ । पश्चिमी गुप्तचर एजेन्सीहरुले युद्धमा रुसले इरानमा बनेका ड्रोनहरु प्रयोग गरिरहेको बताएका छन् । रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि फुल स्केलमा आक्रमण सुरु गरेको थियो ।

पुटिनले वार्षिक सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरममा विदेशी पत्रकारहरुसंग कुरा गरेका थिए । सोक्रममा मस्कोले कहिल्यै पनि आणविक हतियार प्रयोग गर्दैन भन्ने सोच्नु पश्चिमा देशहरुको गलत सोचाइ भएको पनि उनले चेतावनी दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top